गण्डकीमा ३२ जना थपिए, हाल सम्म ७२० जना कोरोना संक्रमित

१० असार, नेपालगञ्ज/ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ । पोखरा स्थित गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार बिहानै बिज्ञप्ती प्रकाशित गरि प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा बुधबार थप ३२ जना नयाँ संक्रमितहरु फेला परेको र ति सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको जानकारी दिएको छ ।

गण्डकी प्रदेश अन्तरगतका ८ जिल्लामा कोरोना भाइरस संक्रमण भएका ३२ जनामा लम्जुङका ५, पर्बतका १, स्याङ्जाका ७, कास्कीका ५, गोरखाका १, तनहुँका १ र नवलपुरका ३ जना रहनुभएको छ ।
हाल सम्म कोरोना संक्रमण भएका तर अन्य दिर्घरोगी नभएका ब्यक्तीहरुको नेपालमा मृत्यू दर नगन्य मात्रामा रहेको छ ।

सम्बन्धित शीर्षक