एसईई परीक्षा जेष्ठ १३ गते देखि २४ गतेसम्म

२६ फागुन, नेपालगञ्ज/ २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा आगामी जेष्ठ १३ गते देखि २४ गतेसम्म परीक्षा संचालन हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

गत वर्षको एसईई को परिक्षा कोरोनाको कारण स्कुलले नै लिएर आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डमा पठाइएको थियो।
एसईई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीद लगायतका सम्पूर्ण कामको जिम्मा प्रदेश सरकारले पाएपनि कानुन अभावमा अझैसम्म पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्दै आएको बोर्डले जानकारी दिएको छ । गत २६ माघमा बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।