माईती नेपालको मेची महाकाली अभियान: मानव बेचबिखन नेपाली समाज र राष्ट्रका लागी साझा समस्या

१४ फागुन,नेपालगञ्ज/  कोमल मनका धनी नेपाली नारीहरुलाई स्वार्थ युक्त मायां जाल तथा रोजगारीका नाममा बिभिन्न सपना देखाएर बिदेशका बिभिन्न बैध तथा अबैध कोठीमा पु–याएर बेच बिखन गर्ने गरिएकोमा त्यसको बिरुद्ध जनचेतना फैलाउने उदेश्यले आईतबार नेपालगञ्जमा बिशाल –याल तथा आमसभाको आयोजना गरिएको छ ।

मानव बेचबिखन विरुद्ध जनचेतना फैलाउने उद्देश्यले माईती नेपालद्वारा सुरु गरिएको नेपालको पूर्वी सिमाना मेचीको काकडभिट्टा देखी सुदूरपश्चिमको महाकाली,महेन्द्रनगर सम्मका नागरिक बीच जनचेतना फैलाउन ूमेची महाकालीअभियानू सञ्चालन गर्ने क्रममा उक्त टोली आईतबार नेपालगञ्जमा आइपुगेको हो ।

अभियानको उक्त टोली र मानव बेचबिखन बिरुद्धको जिल्ला समन्वय समिति बांकेले नेपालगञ्जमा स्वागतका साथ बिशाल –याली र कोणसभाको आयोजना गरेको छ ।
सुदूरपश्चिम र पूर्वी नेपालबाट एक साथ सुरु गरिएको जनचेतना फैलाउने अभियानका क्रममा सुदुर पश्चिम बाट सहभागी भएकोमाईती नेपालका प्रशासकीय अधिकृत हस्त खड्काले नेतृत्व गरेको अभियान्ताहरुको टोलीे नेपालगञ्ज आईपुगेको हो ।

नेपालगञ्जको सुर्खेतरोड स्थित वीपीचोकबाट शुरु भएको याली धम्बोझी चोक सम्म पुगेको थियो । धम्बोझी चोकमा आयोजना गरिएको कोणसभामा बोल्दै जिल्ला समन्वय समिति बांकेका अध्यक्ष अजय श्रीवास्तवले मानव चेतना र प्रबिधिको विकास सगै नेपाली नारिहरु पनि बिभिन्न जालमा फसेर देश बिदेशमा बेच बिखन भइरहेकोले त्यसलाई रोकथाम गर्न सबै स्थानीय निकायहरुले जनचेतना फैलाउने कार्यक्रम गनुपर्ने बताउनु भयो । श्रीवास्तवले मानव बेचबिखन सबैको साझा समस्या भएको कारण यसको रोकथाम सबैको हातेमालोबाट मात्रै संभव भएको र माईती नेपाल नामक संस्थाको कदम अनुकरणिय रहेको बताउनु भयो ।

नेपालगञ्ज उप–महानगरपालिकाका मेयर धवल शमशेर राणाले एक्काइसों शताब्दीमा पनि मानवले मानवलाई बिभिन्न नाममा शोषण तथा बेच बिखन गर्ने घटना मानवका लागी लाजमर्दो अवस्था रहेकोले यसलाई रोक्न पनि सबै लाग्नुपर्ने बताउनु भयो ।
उप–मेयर उमा थापा मगरले नारिहरुको सम्मान र अस्तित्वसंग मात्र नभएर यो मानव सभ्यतासंग जोडिएको बिषय पनि भएकाले मान्छे ले मान्छेलार्य नजानिदो किसिमले बेच बिखन गर्ने कार्य रोक्न सबै क्षेत्रबाट पहलकदमी जरुरी रहेको बताउनु भयो ।

बांकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले पछील्लो पटक सम्पन्नशाली मुलुकमा रोजगारीको सपना देखाएर मानव बेचबिखन भएका घटना सार्वजनिक भइरहेकाले त्यस तर्फ आफनो समितिले काम गरिरहेको र नेपाल– भारत सिमानामा आपसी समन्वयमा रोेकथामको पहल भइरहेको बताउनु भएको थियो ।

सो कार्यक्रममा माईती नेपालका नेपालगञ्ज स्थित माईती नेपालका प्रमुख केशब कोइराला लगायत    यस क्षेत्रमा कार्य गर्दे आएका बिभिन्न ब्यक्तीहरुले मानव बेचबिखन नेपाली समाज र राष्ट्रका लागी साझा समस्या भएकाले यसका विरुद्धमा सबै एकजुट भएर लाग्नु पर्ने बिचार ब्यक्त गर्नुभएको थियो ।