सावधान ! कतै तपाईका छोराछोरी निर्घात कुटपिट गर्ने स्कुल जिभिएनमा त छैनन ?

 

४ चैत्र, नेपालगञ्ज/  आफना बालबालिकालाई नेपालगञ्जका निजि बिद्यालयमा पढाउने अभिभावहरुका छोरोछोरीलाई प्रयोग गरेर कथित केही निजि बिद्यालयले बिभिन्न बिलका नाम रकम असुली देखी कुटपिट सम्मका घटनाहरु अभिभवकहरुले स्यमले बाध्यताबस बिस्तारै पर्दाफास गर्दै अगाढी आउन थालेका छन ।

नेपालगञ्जको बिपि चौक नजिकै सुर्खेतरोडको पुर्वपटटी रहेको केही बर्ष आगो लागेर जिर्ण बनेको भवनलाई टालटुल पारेर बनाइएको घरमा बिद्यार्थीहरुको जिवन दाउमा राखेर सञ्चालनमा रहेको जिभिएन कलेजमा अनावश्यकरुपमा बिद्यार्थीहरु कुटने पनि नामले परिचित हुन थालेको छ ।

नेपालगञ्जको बिद्यार्थी कुटने नामले परिचित जिभिएन कलेजमा कार्यरत विद्यालयको डिआई नामले पोस्टीने दीपक थापा नाम गरेका ब्यक्तीले बिहानको अध्यारो छिचोलेर बिद्यालय आउदा टर्चको लागी मोबाईल बिद्यालय ल्याएको निउमा एक बिद्यार्थी लाई रगताम्य र नाकबाट रगत बग्ने गरि कुटेको पिडित विद्यार्थी र अभिभावकले बताउनु भएको छ । निधारमा दाग नै बस्ने गरि कुटेको समेत देख्न सकिने गरि कुटिएको छ।

कलेजमा मोबाइल ल्याएको भन्दै जिभिएन बिद्यालयका डिआई दिपक थापाले कक्षा ११ मा अध्यनरत बिद्यार्थी दिपक केसीलाई पटक-पटक रगताम्य हुनेगरि कुटेको पाइएपछी बिद्यालयहरुको निरिक्षण तथा अनुगमन गनेर नियामक निकायहरुको मास्केवारी नजरानाले काम नगरेको उक्त घटनाले बोलीरहेको छ ।

उक्त घटनाका सम्वन्धमा पीडित बिद्यार्थीका अनुसार “मोबाईल बोकेको निहुँमा सरले मलाई कुटनु भएको  हो । त्यस दिन विद्यालयमा करिब १३ जना विद्यार्थीले मोबाइल ल्याएका थिए । मलाई किन ल्याएको मोबाइल भनेर सोध्नु भयो  । मैले भने कि बिहान ४ बजे नै घरबाट कलेजको गाडी भेटाउन आउन पर्ने र बाटोमा अँध्यारो हुने हुदा कलेज आउँदा समेत मोबाइल ल्याएको हो भन्दा सरले मलाइ मुक्का र झापडले हान्नु भयो । ”

पीडित बिद्यार्थीले भपे  ” सरले मलाई बेस्सरी कुटेपछी कान सुन्न नसक्ने र स्वास नै फेर्न नसक्ने जस्तो भयो र हल्का घाटि दुखेको कारण घाँटी यता- उता हल्लाउदा फेरि किन घाँटी हल्लाइस भन्दै आउनु भयो र कुट्न सुरु गर्नु भयो । तर, म केही बोलिन । फेरि सर कक्षाको अगाढी जानू भयो र मलाइ हेर्दै आँखा तर्दै आउनु भयो फेरि कुट्नु भयो । यसरि पटक- पटक फर्किदै मलाइ नै पिट्नु भयो ।”

बिद्यार्थीमाथी डनगिरी गर्ने बिद्यालयका कथित डिआई दिपक थापाको सम्पर्कमा आफूले विद्यार्थीलाई कुटेको स्वीकादै आज यस पटक अली बढी भएछ भनेका छन । उनको भनाईबाट पनि के प्रस्ट हुन्छ भने उनि उक्त बिद्यालयमा बिद्यार्थीहरुलाई तह लगाउने नाममा कुटनकै लागि भर्ति गरिएका हुन ।

उनले भने ‘मोबाइल ल्याको र म सङ अलि उत्तेजित ढ्ङ्गले बोल्दा मैले अलि संयमित हुन नसक्दा बढी कुटिएछ तर मेरो नियत यस्तो हैन । समान्य कुटाइ त गरिन्छ बिद्यार्थीलाई तर आज अलि बढि भएछ ।’ क्याम्पसका प्रमुख गणेश भण्डारी दोषीले माथी कारवाही गर्न आफू तयार रहेको भन्दै उनले यसलाई बाहिर नल्याउन आग्रह गरेका छन ।

उक्त घटनाले पढ्नका लागि बिद्यालय गएका विद्यार्थी बिद्यालयमा सुरक्षित छैनन भन्ने झल्झली बोलेको छ । अभिभावक पनि आफ्नो बच्चा लाई भोलि केहि गर्ने होकि भन्ने डरले मिडियामा बोल्दा डराउने गरेका छन ।

बिद्यालयहरुले कथित शिक्षण शुल्कका नाममा वा अन्य कुनै कारण अभिभावक वा बिद्यार्थीलाई शारीरिक वा मानशिक यातना दिएमा अन्य भन्दा थप कानुनी कार्बाही र शुन्य शहनशिलताको निति राज्यले लिएको छ । नियामक निकायहरु भने अनुगमन तथा नियमनको नजराना घुमाउन नसकेको यस्ता घटनाले बेलाबखत उजागर गर्ने गरेको छ ।

यसरी बिद्यार्थी र परिवार नै त्रसित हुने वातावरण बाँकेको नेपालगञ्ज रहेको जिभिन कलेजमा मात्रै नभई यसअघि पटक पटक आर्दश, एबिसि, लगायत केही कथित निजि स्कुलका नाममा बालबालिकाले पिटाई मात्र गोदाई नै बेहोर्नु परेको घटना सार्वजनिक भईसकेका छन ।

मानसिक तथा शारीरिक हिंसा रहित शान्ती क्षेत्र बिद्यालय नारामा घोषणा भएको बषौ भइसकेको छ तर कथित मास्टरहरु भने पढन आएका विद्यार्थीलाइ मनोसामाजिकका साथ आफनो पेशागत योग्यता क्षमता र अनुभवको आधारमा पढाउनु सिकाउनु भन्दा अमानवीय ब्यवहारका साथ कुटेर तह लगाउन सकिन्छ भन्ने मानसिकताबाट माथी उठन नसकेको यस्तो घटना उजागर गदै आएको छ ।

बिद्यार्थीलाई कुटने र कानुनको ठाडो उल्लंघन गर्नेलाई अन्य समाजिक अपराध भन्दा बढी कानुनी सजायको ब्यवस्था र शुन्य सहनशिलता रहेको छ । यस घटनाका सम्वन्धमा सम्वन्धीत निकायले अनुगमनको नजरानालाई कसरी लिन्छ त्यो भने हेर्न कुर्नू नै पर्ने हुन्छ । उक्त घटनाको पहिलो पर्दा इ-सेतोखरी अनलाईनले आफनो समाचारमा उठाएको हो ।