अधिकांस पालिका सभा सम्पन्न: बांकेको खजुराको बजेट डालोमा

११ असार, नेपालगञ्ज/ असार १० गते भित्र सम्पन्न गरिसक्नुपर्ने गाउं तथा नगर सभा देशैभरीका पालिकाहरुले हिजो बिहिबार सांझ सम्म गरी आर्थिक बर्ष २०७७/ ०७८ को बजेट र त्योसंग सम्वन्धीत आर्थिक बिधेयकहरु पारीत गरी पालिका स्तरीय सभाहरु सौहाद वातारणमा सम्पन्न गरेका छन ।

बांकेका ८ वटा पालिका मध्य बिहिबार नै खजुरा, बैजनाथ, जानकी, डुडुवा, नरैनापुर र राप्तीसोनारीले आर्थिक बर्ष २०७८/०७९ को बजेट पारित सहित गाउंसभा सम्पन्न गरेका छन । बिगतका भन्दा केही कम बजेट साथ थप केही अनुभव र आवश्यक्ताका आधारमा आन्तरीक स्रोत, प्रदेश र संघिय सरकारहरुबाट स–शर्त र बिशेष अनुदान प्राप्त गर्न सकिने आधार सहित बजेट पारित गरेका छन ।

खजुरागाउंपालिकाले आर्थिक बर्ष २०७८/०७९का लागि ७५ करोड, ९३ लाख ४० हजारको बजेट पारित गरेको छ । गाउंसभामा प्रस्तुत उक्त बजेटका केही शिर्षकमा सामान्य हेरफेर सहित बजेट पारित गरेको छ । गतको बर्षमा बजेटमा ८८ करोड २० लाख ३ हजार ७ सय ३७ रुपैया ७५ पैसा बजेट छुटयाइएकोमा उक्त बजेटका शिर्षकमा आवश्यक्ताको आधारमा केही संशोधन सहित ९० प्रतिशत बजेट खर्च भएको छ ।

गत बर्षको भन्दा यस बर्ष झण्डै १४ करोड कम बजेट पाति गरेको नगरउन्मुख खजुरा गाउंपालिकाले यस बर्ष पनि भौतिक बिकासका साथ साथै शिक्षा, स्वास्थ्य, सञ्चार लगायत मानव बिकासमा पनि बजेटमा प्रथामिकतामा राखेको छ ।

खजुरा गाउंपालिकाका सबै वडामा ६० लाखको सिलिंग बजेर राखेर वडामा आवश्यक बिभिन्न आयोजनाहरु स्थानिय आवश्यक्ताको आधारमा प्रथामिक्तामा राखेर आयोजनाहरु सम्पन्न गर्ने गरि बजेट पारित गरिएको छ ।

बिहिबार सम्पन्न गाउंसभाको अध्यक्षता पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले गर्नुभएको थियो भने बजेट र आर्थिक बिधेयक उपप्रमुख एकमायां बिकले डालोमा बजेट बोकेर सभाहल प्रबेश गरि प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी खजुरा गाउँपालिकाको नवौं गाउँसभामा बुधबार अध्यक्ष किस्मतकुमार कक्षपतिले आर्थिक वर्ष २०७८/०७९ को प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको थियो । अध्यक्ष कक्षपतिले प्रस्तुत गरेको नीति कार्यक्रममा सभा सदस्य कान्तुराम गौतम, देउमाया थापा, भागीरथ सुनार, डिल्लीप्रसाद रेग्मी, हजुरा बलमे छलफलमा भाग लिँदै सुझाव पेश गरेसंगै नीति कार्यक्रम सर्वसम्मतले पारित भएको हो ।

अध्यक्ष कक्षपतिले खजुरा समुन्नति मूल आधार उच्च सीपमुलक मानव संसाधनको विकास भएको भन्दै नागरिकको जीवनस्तरमा परिवर्तन गर्न उत्पादन सहयोगी भौतिक पूर्वाधारको विकास गर्ने, कृषि क्षेत्रको व्यवसायिककरण आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व बढाउँदै बहुआयामिक कृषि क्षेत्र विकासको नीति लिने, गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित हुने गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने, समावेशी र सन्तुलित विकास प्रवद्र्धन गर्ने, आधारभूत शिक्षालाई थप सुदृढ र गुणस्तर बनाउनेमा जोड दिएको सभामा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

त्यसैगरी वातावरण संरक्षण र विपत व्यवस्थापनका लागि पूर्व तयारी र विपतको न्यूनीकरण गर्नुका साथै हाल भएको कोभिड १९ को रोगथाम र नियन्त्रण गर्ने, पर्यटन क्षेत्रको विकासको लागि अध्ययन गर्ने र पर्यटन प्रवद्र्धन गर्ने, चुस्तदुरुस्त सुशासनको प्रत्याभूति दिनका लागि जनप्रतिनिधि र कर्मचारीलाई नागरिकप्रति उतरदायी र जवाफदेही बनाउने, पारदर्शिता अपनाउने कुरामा विशेष जोड दिइएको छ ।

नागरिकलाई उद्यमशील र सीपमुलक बनाई रोजगारीको अधिकतम अवसर सृजना गरी गरिबी न्यूनीकरण गर्ने, गाउँपालिकाको सिफारिशमा उद्यम गर्ने युवालाई १० देखि १५ लाख विना धितो ऋण वितीय संस्थामार्फत उपलब्ध गराउने लगायतका महत्वपूर्ण कार्यक्रम समेटिएको छ ।

त्यसैगरी बांकेकै डुडुवा गाउंपालिकाले ७० बुंदे आथिएक नीति तथा कार्यक्रम सहित बिगतको भन्दा केही कम ६८ करोड ६३ लाख ११ हजारको बजेट पारित गरेको छ । त्यसैगरि नेपालगञ्ज उपमहानगरपालिकाले २३ वटै वडामा १/ १ करोडको सिलिंग बजेट २३ वटै वडामा २८ करोड सहित जम्मा १ अरब ५४ करोड ७७ लाखको बजेट पारित गरेको जानकारी दिएका छन ।