गैरकानुनी रुपमा सञ्चालित पेट्रोल पम्पहरुबाट नेपालगञ्जबासीहरुको जन-जिवन खतरामा

 नेपालगञ्ज/ नेपालगञ्जको मुख्य बजार क्षेत्रमा कानुन बिपरित सञ्चालनमा रहेका बारुद रुपी अती प्रज्वलनशिल प्रेट्रोल र डिजल बिक्रेता पम्पहरुका कारण नेपालगञ्जबासीहरु असुरक्षितरुपमा बसोबास गरिरहेका छन ।

आवश्यक सुरुक्षा उपायहरु समेत नअपनाएर नेपालगञ्जको मुख्य शहरमा मनपरी पेट्रोलियम पदार्थ बिक्री–वितरण गरिरहेकाले नेपालगञ्जको मुख्य बजार क्षेत्र र यहां बस्ने जनधनमा ठुलो खतरा बढदै गईरहेको छ ।

नियम बिपरित सञ्चालनकमा रहेका पेट्रोल पम्पहरु नजिकै रहेका नियमनकारी निकायहरु त्यसको गन्ध सुग्धै बस्नाले सर्वसाधरणहरु आफनो जनधनको ठुलो जोखिम मोलेर बस्न बाध्य छन । पेट्रोलियम पदार्थ बिक्री–बितरणमा पनि एकाधिकार र सिण्डीकेट कायम गरेको नेपाल सरकारको स्वामित्वमा रहेको आयल निगम आफैले बनाएका ऐन नियमको प्रभावकारी रुपमा कार्यन्वयन तथा त्यसको अनुगमन नगर्दा नेपालगञ्जको मुख्य बजार क्षेत्रमा रहेका पेट्रोल पम्पहरुबाट नेपालगञ्जबासीको जनजिवन खतरामा पारिरहेको छ ।

नेपालगञ्जको मुख्य बजार क्षेत्र रहेको पुष्पलाल चौकमा रहेको नेपाल आयल निगमको अधिकृत बिक्रेता रहेको बागेश्वरी आयल ट्रेडर्स पेट्रोल तथा डिजेल पम्प, प्रमोद जलालको नाममा रहि ठेक्कामा सञ्चालन हुदै आएको सुर्खेतरोड धम्बोजी स्थित भेरी पेट्रोल पम्प नेपालगञ्जको विपी चौकमा सञ्चालित मंयक पेट्रोल तथा डिजेल पम्पहरु, नेपालगञ्ज मेडिकल कलेजसगै कुसुम फिलिङ्ग सेन्टर, पुष्पलाल चौक स्थित आनन्द आयल स्टोर्स लगायतका बजार क्षेत्रमा रहेका पेट्रोल पम्पहरु अति सम्बेदनशिल क्षेत्र घना बस्तीमा सञ्चालीत छन ।

नेपालगञ्ज मेडिकल कलेज सगै छेउमा रहेको कुसुम फिलिङ्ग सेन्टर, पेट्रोल पम्प ।

पेट्रोल पम्पहरुमा सामान्य हावाको घनत्वबाट समेत आगलागी भएर जनधनको ठुलो क्षती हुन सक्ने जोखिमलाई ति कुनै पनि पम्पहरुले सामन्य सुरक्षा तरिका समेत नअपनाएर निर्धक्क साथ पम्पहरुबाट पेट्रोलियम पदार्थ बितरण गरिरहेका छन ।

नियमनकारी निकायहरु जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला अनुगमन टोली, उपभोक्ताबादीहरु र स्थानिय बासिन्दाले पनि कुनै चासो नदेखाएको सम्वन्धीत केही पेट्रोल पम्पका केही जानकारहरुले बताउनु भएको छ ।

पुष्पलाल चौकमा रहेको नेपाल आयल निगमको अधिकृत बिक्रेता रहेको बागेश्वरी आयल ट्रेडर्स पेट्रोल तथा डिजेल पम्प ।

सम्वन्धीत आयल निगमका केही ब्यक्तीहरुले पुरानो कमिशन सेट्रिगलाई निरन्तरता दिदै पम्पमा जाने तेलको गन्ध सुग्दै बसेको स्थानिय बासिन्दाले आरोप लगाउदै आएका छन भने मानव सुरक्षा लगायतका बिषयलाई लिएर हाल सम्म कसैले पनि अनुगमन नगरेको बताउनु भएको छ ।
केही पेट्रोल पम्पहरुमा २० बर्ष भन्दा पुराना टयांकीहरु प्रयोग भईरहेको घना बस्तीमा मनपरि सञ्चालन भइरहेकोमा त्यसको बिकल्पमा आएको ऐन नियम तथा बिनियमको प्रभावकारी रुपमा कार्यन्वयन नभइरहेको बताउनु भएको छ ।

आयल निगमको बिक्रेता विनियमावलीको २०७३ को छैठौ संसोधनको दफा ३ मा पुराना असुरक्षीत पम्पहरु नमुना पम्पमा परिवर्तन गर्नुपर्ने र नगरेमा स्वत खारेज हुने उल्लेख छ ………

नेपालमा तराई क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरु नमुना पेट्रोल पम्पमा सञ्चालित हुनुपर्ने र नभएमा नागरिक सुरक्षा लगायतका कारणले बन्द गर्नुपर्ने आफनै विनियमको आयल निगमले कार्यन्वयन गरेको छैन ।

मिडियामा पेट्रोल पम्पहरुको आलोचनात्मक समाचार आएमा मिडियामा निस्केको छ हजुर माथी सम्म मिलाउनु पर्छ भन्दै पहिल्यको भन्दा बढी नजराना लिएर मिलाउनुपर्ने बाध्यता रहेको पिडित ब्यक्तीहरुले जानकारी दिनुभएको छ ।

आयल निगम स्रोतले भने पेट्रोल पम्प अनुगमन गर्न गएमा पेट्रोल ब्यवसायीहरुको संस्था मार्फत दवाब आउने देखी टंयाकर ब्यवसायीका नाममा समेत बेलाबखत बिभिन्न दवाब सहनु पर्ने बाध्यता रहेको बताएको छ ।

यता नागरिक सक्बेदनशिलताको बिषयमा स्थानिय निकायहरुले पनि आफनै कार्य प्रणाली अनुसार ऐन, नियम तथा मापदण्ड तोकेर अनुगमन तथा काबाहीको दायरामा ल्याउने अधिकार दिइएको छ तर त्यसको स्थानिय निकायहरुले पनि बेवास्ता गदै आएका छन ।

तराईमा सञ्चालित सबै पेट्रोल पम्पहरु नमुना प्रेट्रोल पम्पमा परिवर्तन गर्नुपर्ने आयल निगमको बिक्रेता विनियमावलीको २०७३ को छैठौ संसोधनमा उल्लेख गरिएको छ :-