प्रचण्ड र भवानी राणा दवारा नेपालगञ्जमा सञ्चालित प्रदेश महोत्सवको उदघाटन


११ माघ, नेपालगञ्ज/ नेकपा माओबादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले एतिहासिक शहर नेपालगञ्जलाई औधोगिक एवम ब्यापारीक हबको रुप विकास र विस्तार गर्न अब बन्ने सरकारले ध्यान पु–याउने बताउनु भएको छ ।

जता गयो उतैको आवश्यक्ता र परिस्थिती अनुसार भाषण गर्ने परिचित राजनितिक नेता मध्यका प्रचण्डले आफैले गरेको बाचात्मम भाषणको रुपमा बिगतमा नेपालगञ्जमा बोलेका कुरा पालन नगरेकोमा नेपालगञ्जमा बिहिबार निकै सभ्य भाषामा मञ्चबाटै आलोचनात्कम बिरोध सहन गर्ने क्रममा नेपालगञ्जमा प्रदेशको राजधानी स्थापित गर्न सक्दो सहयोग गर्ने आश्वासन दिन पछी पर्नुभएन ।


बिहिबार देखी नेपालगञ्जमा सुरु भएको प्रदेश महोत्सव उदघाटन गर्न प्रमुख अतिथिको रुपमा नेपालगञ्ज आउनु भएका प्रचण्डले महोत्सवको उदघाटन गदै आफनो बिचार ब्यक्त गर्ने क्रममा प्रदेशको राजधानी बनाउने बिषयमा आफनो छुटटै धारणा रहेको सार्वजनिक गर्नुभयो ।
प्रचण्डले प्रदेश राजधानीको बिषयलाई लिएर सबै क्षेत्र र तहका जनताहरु सम्बेदनशिल भएर आ–आफनो ठाउंमा राख्न दवाब दिइरहेकोमा प्रदेशका मुख्य शहरहरुमा मन्त्रालयहरु बांंड–फांड गरेर सदरमुकामका नाममा एकिकृत लाई बिकेन्द्रीकरण गरेर समानुपातीक रुपमा कार्यालयहरु स्थापना गर्ने आफनो बिचार र जनताको मागका बिषयमा सम्वन्धीत पार्टीहरुसंग छलफल गरेर निकास निकाल्ने आश्वासन महोत्सव उदघाटनमा उपस्थित जनता बीच राख्नु भएको छ ।


प्रचण्डले स्थानिय निर्वाचनको क्रममा नेपाली कांग्रेसका ततकालीन सभापती एवम पूर्व प्रधाममन्त्री शुशिल कोइरालाको निधन पछी बांके जिल्लाको अभिभावक आफुभएको र जनताको चाहना र भावनाको प्रतिनिधित्व गर्ने दिएको आश्वासनको झलको गराउदै एतिहासिक शहर नेपालगञ्जबाट प्रदेशको राजधानी अन्ययत्र राख्ने कार्यको ब्यापारी तथा जनप्रतिनिधिीहरुले जमे बिरोध गरेका थिए ।
त्यसैगरी महोत्सव उदघाटनको बिशिष्ट अतिथिको रुपमा बिचार ब्यक्त गदै उद्योग बाणिज्य संघका अध्यक्ष भवानी राणाले आफनो कर्मथलोको रुपमा रहेको नेपालगञ्जको इतिहासिक परिबेश र महत्वको जनकारी गराउदै नेपालगञ्जको सर्वागिन विकासका लागी राजनितिक नेतृत्वलाई ध्यान दिन आग्रह गर्नुभयो ।


नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा भएको उदघाटन सत्रमा बांके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य इस्तियाक राई, जिल्ला प्रशासन कार्यालय बांकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष एवम महोत्सव कार्यान्वयन समितिका सदस्य अब्दुल वाहिद मन्सुरी लगायतले महोत्सवको सफलताको शुभकामना बिचार ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम स्थलमा हेलीकोप्टरबाट पुष्प बर्षा, उदघाटन अघि नगरमा बिभिन्न झांकी तथा सडक –याली निकाली नगरका बिभिन्न भाग परिक्रमा गरिएको थियो । हेलेकोप्टरमा आउनुभएका प्रचण्ड बिहिबार नै कठमाण्डौं फकिनु भएको छ ।