राष्ट्रिय र प्रतिनिधि सभा सदस्यहरुको आज शपथ, भोलिदेखि संसद् सुरु

२० फागुन,काठमाडौं/ प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको शपथ आज आइतबार हुँदै छ। दुवै संसद्को छुट्टा-छुट्टै बैठक सोमबारबाट प्ररम्भ हुने भएको छ।

आइतबार अपराह्न ४ बजे प्रतिनिधिसभाको हलमा प्रतिनिधिसभाका सांसदले ज्येष्ठ सदस्य महेन्द्रराय यादवबाट र अपराह्न ५ बजे राष्ट्रियसभाका ५६ सांसदले ज्येष्ठ सदस्य तारादेवी भट्टबाट शपथ लिनुहुने कार्यक्रम तय गरिएको छ ।

भोली सोमबार बाट सुरु हुने संसदमा कांगैसले नेपाली कांगैसका सांसद डा.मीनेन्द्र रिजालले कांग्रेसले इतिहासमै सबैभन्दा जिम्मेवार पार्टीका रूपमा प्रमुख प्रतिपक्षीको भूमिका निभाउने बताउनु भएको छ।