कोहलपुर विद्युतको लापरवाही: १ महिलाको मृत्यु, बानियाभारमा चक्काजाम


२ कार्तिक, कोहलपुर/ कोहलपुर स्थित विद्युत प्राधिकरणका जिम्मेवार कर्मचारीको लापरवाहीका कारण  एक महिलाको अकालमा मृत्यु भन्दै बैजनाथको वानियाभारमा स्थानिय वासिन्दारले विरोध सोरुप चौक जाम गरेका छन।

कोहलपुर देखी करिव ४ किमी उत्तरमा रहेको बानियभार, सुर्खेत रोडमा स्थानिय वासिन्दारले विद्युत प्राधिकरणले पटक-पटक लापरवाही गरी अटेरी गरेका कारण मानिसले ज्यान गुमाउनु पर्ने, अंगभंग हुने र स्थानिय बासिन्दाको घरमा क्षती समेत हुनेक्रम बढेकाले स्थानिय बासिन्दाले विरोध गरेको बताउनु भएको छ ।

हिजो सोमवार साँझ हावाहुरी सहितको बर्षा भएको र सो क्रममा विभिन्न ठाउँमा विद्युतका पोलहरू ढलेका कारण तारहरू भुईमा लत्रीएको जानकारी स्थानिय वासिन्दाले फोन मार्फत जानकारी दिदा पनि विना अनुगमन र ढलेका पोल नउठाइकन मंगलवार विहान कोहलपुर विद्युत सब-स्टेशनले करेन्ट छोडेर मानिसहरु मारेको जनाउँदै स्थानिय वासिन्दाहरु सो स्फुर्त रुपमा सडकमा आएर चक्का जाम गरेर आफनो विरोध जनाएका छन ।

विद्युतको  पोल ढलेको तार ले  बोडी तरकारीको झयाङ्गमा आल्भिएको नदेखेर बोडी टिप्पन गएकी छोरीको घरमा बस्दै आउनु भएकी करीव ४५ बर्षिय इन्द्रमायाँ  कुवँको मृत्यु भएको छ।