सुर्खेत, डडेल्धुरा र ललितपुरबाट नगद सहित ३४ जना जुवाडे पक्राउ

 

नेपालगञ्ज, ४ कात्तिक/  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्बर ६ गोदाम लाईनस्थित सम्राट होटेलमा बुधबार साँझ प्रहरील छापा मारेर तास खेलिरहेको अवस्थामा होटल संचालक सुरेन्द्र शाही सहित ७ जनालाई पक्राउ गरेको छ ।

होटलमा जुवातास खेलिरहेको बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले हाटेल सञ्चाल २९ वर्षीय सुरेन्द्र शाही सहित ७ जनाबाट नगद ७४ हजार ३ सय ७५ रुपैयाँ र १ गडडी तास पनि फेला पारी पक्राउ गरेको छ । पक्राउ परेका ब्यक्तीहरुलाई शिरासतमा लिएर आवश्यक अनुसन्धान भईरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

त्यसैगरी डडेल्धुरा, अमरगढी नगरपालिका वडानम्बर ५ जिलोडा स्थित पदम राज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा सोही नगरपालिका वडानम्बर ४ बस्ने ५० वर्षीय ईन्द्र बहादुर थापा लगायत २२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ओझाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ९ सय ६० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

उता ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडानम्बर २३ हात्तिवन स्थित एक टहरोमा तास खेलिरहेको अवस्थामा मोरङ सानेपोखरी गाउँपालिका वडानम्बर १ घर भएका ४७ वर्षीय निल बहादुर पुलामी मगर लगायत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले पक्राउ परेका ब्यक्तीहरूबाट नगद ८४ हजार ९० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

 

सम्बन्धित शीर्षक