जमुनहामा करीब १५ लाखको लागु औषध सहित माने पक्राउ


८ कार्तिक, नेपालगञ्ज/  नेपाल भारत सिमाक्षेत्र नेपालगञ्जको जमुनहा प्रहरीले आइतवार दिउसो १५ ग्राम लागु औषध खैरो हिरोइन सहित १ जना युवकलाई पक्राउ गरेको छ ।

आइतवार दिउसो करीव १ बजे सिमावर्ती भारतिय बजार जमुनहा बाट जमुनहा नाका भएर नेपालगञ्ज बजार तिर आइरहेका ३४ बर्षिय मान बहादुर रोकालाई आलु चिप्सको पकेट भित्र लुकाई प्लास्टीकले बेरेर राखेको १५ ग्राम हिरोइन सहित पक्राउ गरेको छ ।

मध्यमाञ्चलको  काभ्रेपलाञ्चोक जिल्लाको ततकालिन महादेवस्थान गाविस वडा नम्वर ३ घर भएका मान बहादुर पक्राउ परेको लागु औषध सहित आवश्यक अनुसन्धान सहित कानुनी कार्वाहीकालागि इलाका प्रहरी कार्यालय जमुनहाले जिल्ला प्रहरी कार्यालय बाँकेको कानुनी कार्यन्वय तथा सहायता कक्षलाई बुझाएको छ।
पक्राउ परेको लागु औषध को वजार मुल्य करिब १५ लाख रहेको छ।