दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

 

दुर्घटनाग्रस्त जहाज । फोटो : अनलाइनखवर

१६ जेष्ठ नेपालगञ्ज / आईतबार बिहान ९:५५ बजे पोखराबाट  जोमसोम तर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडानम्बर २ मा पर्ने  मानापाथी हिमालको फेदी जोमसोम भन्दा करिब १६ किमी तल कोवाङग-याकखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

दुर्घटना स्थलको नजिकको पहाडको भिडियो क्लिप्स

 

स्थानीय यार्सागुम्बा संकलक किसान मार्फत दुर्घटनाग्रस्त जहाजको तस्वीर प्राप्त भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभएको छ ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको जानकारी प्राप्त भएको बताउनु भएको छ ।

स्थानीय बासिन्दाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पानुभएको र प्रतिकूल मौसम र कठिन भूगोलका कारण ठूलो हेलिकोप्टर पुग्न नसक्ने भएकाले सानो हेलिकोप्टर दुर्घटनास्थलमा पठाउने तयारी भइरहेको प्रवक्ता नारायण सिलवाल बताउनुभएको छ ।

घटनास्थल पुग्नु भएका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले भने घटना स्थलमा ‘कोही पनि जीवित अवस्थामा नभेटिएको र नेपाली सेना र सशस्त्र प्रहरीको टोली पुगेर शवहरु संकलन गरिरहेको बनाउनु भएको छ ।

जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयरले जनाएको छ ।