निर्मला कुर्मिको घटनामा टुईस्ट ! सरकारी वकीलमार्फत प्रहरीको प्ररारम्भीक अनुसन्धान फाइल फिर्ता

जिल्ला सरकारी वकील कार्यालय, बाँके

 

१२ मंसिर, नेपालगञ्ज / नेपालीमा बुढापाकाहरुको भनाई छ नी ढाट र छल-छाम गरेको  बिषय केही समय त लुकाउन छिपाउन सकिएला ! तर त्यो सधैभरीलाई लुकाउन छिपाउन सकिदैन । समय लाग्छ तर त्यसको समय बेथित हुदै जादां  घटनाको पर्दाफास भएर छोडछ । त्यस्तै हुदै गइको छ बांकेको नेपालगञ्ज स्थित निर्मला कुर्मिको बेपत्ता घटना र निजको करीब ५० करोड भन्दा बढी पर्ने जग्गा घटनामा ।

बांके जिल्लाको नेपालगञ्ज उप–महानगरपालिका वडानम्बर १७ परसपुर निवासी ४९ बर्षिय निर्मला कुर्मि शंकास्पद र रहस्यमय तरिकाले हाल बेपत्ता हनुहुन्छ । यसमा केहीले हत्या गराईएको भनी जिल्ला प्रहरी कार्यालय बांकेमा मुद्धा अनुसन्धानको क्रममा नै छ । यो बिषयमा तुल पक्रेपछी भारतबाट आएका निर्मला संग आफुले बिहे गरेको र हाल काल गतीले मरेको भनी भारतीय अधिकारीहरुको हस्ताक्षर रहेको भनेको मुत्यू दर्ता प्रमाणपत्रको कागजात बिपक्षीहरुले प्रहरी मार्फत पेस गरेको आवस्था छ ।

करोडौंको जग्गा हतियाउने उदेश्यले निर्मलालाई अपहरण गरि मारेको भनी किटानी जाहेरीमा परेका ततकालिन संबिधान सभा सदस्य बादशाह कुर्मि र निर्मलाको घर संगै जोडिएको छ । निर्मलाका श्रीमान महलु कुर्मिको बिक्रम सम्वत २०६२ सालमा मृत्यू भएपछी निर्मला आफना २ जना नाबालकका छोराका साथ नेपालगञ्जको परसपुर स्थित आफनै  पक्की घरमा बस्दै आएकी थिइन ।

निर्मलाको पतीको मुत्यूको केही बर्षपछी सोही ठाउं निवासी रामफेरन धोबीको निर्मलाको घरमा आउने–जाने क्रम बढेपछी निर्मलाको घरसगै जोडिएका बादशाह कुर्मिले चाल पाउछन । निर्मलाको करोडौंको घर–जग्गामा गिद्धे दुष्टि लगाएको हुनसक्ने आशंमा रामफेरन पर्छन र सोही आशंकाका कारण संबिधान सभा सदस्य बादशाह कुर्मिले रामफेरन धोबीले निर्मलाको नामको घरजग्गाको कागजात नागरिकता लिएको थाहपाएपछी बादशाह कुर्मिले रामफेरनको घरमा गएर निर्मलाको घर जग्गाको कागजात र नागरिकता छिनेर नियन्त्रणमा लिएको स्वयम बादशाह कुर्मिले स्वीकानु भएको छ ।

निर्मलाको घरको कागजात बादशाहले नियन्त्रणमा लिएको समयमा नै निर्मलाका २ भाई नाबालक छोराहरु मध्य जेठो छोरा रामसागर बर्माको २०६६ साल मंसिर १६ गते र कान्छो छोरा सुरेश कुमार बर्माको २०६६ साल मंसिर २७ गते अर्थात १० दिनको फरकमा ति नाबालकहरुको स्वास्थ्यमा अचानक समस्या आएर उपचारको लागी नेपालगञ्ज नसिंग होममा लगिएकोमा उपचारकै क्रममा २ भाईको शंकास्पद तरिकाले मुत्यू भएको पाइन्छ । ति बालकहरुलाई खानामा कुनै किसिमको मन्द बिष सेवन गराएको आशंका गरिए पनि बालकको मुत्यू घटनामा कुनै केस दर्ज नभएको र पोष्ट मार्डम पनि नगरिएको अनुसन्धानको क्रममा पाईएको छ ।

बादशाह कुर्मिले आपनो घरसगै जोडिएको निर्मलाको घर/जग्गाको लालपुर्जा र नागरिकता राफेरन धोबीको घरबाट जबरजस्ती आफनो नियन्त्रणमा लिएको तर उक्त घटनामा आफुले निर्मलाको घर जग्गा अरुले खानसक्ने सम्भावना देखेर नियन्त्रणमा लिएर सुरक्षाका निम्ति जिल्ला प्रशासन कार्यालयबांकेलाई बुझाएको बताउनु भएको छ ।

निर्मला श्रीमान महलु कुर्मिको मृत्यु पछी बिक्षिप्त अवस्थामा जिवन गुजरा गरिरहेकोमा २ छोराहरु पनि १० दिनको फरकमा रहस्यमय मुत्यु घटना भएपछी निर्मलामा डर र त्रासको बातावरणमा जिवन गुजरा गरिरहेकोमा आफनो पनि हत्या हुनसक्ने डरत्रास देखाईपछी निर्मला केही समय नेपाल मै रहेको ततकालिन साथी संस्थाको सेल्टरमा बसेर पछी भारत तर्फ गएको घटना अध्ययनको क्रममा  पाईएको छ ।

निर्मला र निर्मलाको छोराहरुको शेख पछी उक्त सम्पती अपुताली परेर नेपाल सरकारको नाममा जाने अवस्था देखेपछी बांकेमा पछील्लो पटक जग्गा माफिया गिरोहको दबदवा गराएका बांकेमा बिभिन्न जग्गा काण्डका कारण जग्गा माफियाको रुपमा चर्चित नेपाल प्रहरीको भगौडा रमेश थापाको समूहले निर्मला कुर्मिको करीब ५० करोडौं भन्दा बढी बराबरको ४ बिघा ८ कटठा जग्गा बिभिन्न प्रपञ्च रचेर अदालतलाई समेत प्रयोग गरेर हडप्न सफल भएको देखिन्छ  ।

श्रीमान तथा छोराहरुको मृत्युपछी आफुलाई पनि मार्ने हुन कि भनी डर त्रासमय पारिएकी निर्मला भारत गएपछी निर्मलाले बादशाहले कागजात लगेको समयमा बिरोध गर्दे निर्मलालाई साथ दिएको बादशाह इतरको गु्रप केही समयपछी निर्मलाको सम्पर्कमा पुगेको देखिन्छ ।

निर्मलाको सम्पकमा पुगेको नेपालगञ्ज परसपुरकै निजामुद्धिन इद्रिसी लगायतको ग्यांगले निर्मला नेपालमा आएमा हत्या हुन सक्ने सम्भावना रहेकोले निर्मलाको श्रीमान र छोराहरुको नाममा रहेका घरजग्गा निर्मलाको नाममा गराउन भनी बिभिन्न निवेदन तथा खाली कागजातहरुमा ल्याप्चे समेत गराएको पाईन्छ ।

निर्मलाको नाममा घर जग्गा गराईसकेपछी निजामुद्धिन सिद्धिकीले निर्मलाले आफुबाट रु ३ लाख सापटी लगेको र उक्त रकम फिर्ता नगरेको भन्दै सावां र ब्याज सहित असुल उपर गरिपाउ भन्दै जिल्ला अदालतमा मुद्धा हालेर मुद्धाको प्रतिउत्तर दिन निर्मला नआएर त्यही पुरानो ल्याप्चेको आधारमा वारिसनामा बनाएर अदालतमा सेटिंग मिलाएर २ कटठा जग्गा र पक्की घर ८ लाखमा लिल्लाम गराएर निजामुद्धिनले आफनो श्रीमती जुबेदा इद्रिसीको नाममा  पास गराएर  ततकालै २० लाखमा बेचेको देखिन्छ ।

घर जग्गा भएको २ कटठा निजामुद्धिन लगेपछी बादशाह कुर्मिका इतर ग्रुप चुप लागेर बसेको र त्यसपछी निर्मलाको नेपालगञ्जको भृकुटीनगरमा रहेको करीब ५० करोड बढी पर्ने ४ बिघा ८ कटठा जग्गामा बादशाह कुर्मि मार्फत रमेश थापा उक्त जग्गा हत्याउन अनेक जालझेल र तिकडम गरेको देखिन्छ ।

निर्मलाको नाममा जग्गा आइसकेपछी निर्मलाले जग्गा बेच्न लागेको र त्यसका लागी सिफारिस चाइएको भन्दै परसपुर स्थित गाबिसको कार्यालयमा निर्मला बिनाको ग्रुप पुगेपछी गाबिसले लामो समय सम्म सिफारिस दिन नमानेको ततकालिन गाबिस कर्मचारीहरुले बताएका छन ।

निर्मलाको भनी औठा छाप लगाएको निवेदन हालेर सम्वधीत निर्मला कुर्मिलाई नल्याएपछी जग्गा बिक्रीको लागी सिफारिस दिन नसकिने बताएपछी करीब १५ दिनपछी ततकालीन बादशाहको समेत धम्की र दवाब आएपछी निर्मलाको जग्गा बिक्रीको लागी गाबिसले सिफारिस दिएको स्रोतले बताएको छ ।

निर्मलाको जग्गाको लालपुर्जा र नागरिकता जिल्ला प्रशासन बांकेमा बादशाह मार्फत राखिएकोमा पछी कुर्मिकै दवाब थेग्न नसकेर ततकालिन सिडियोले फिर्ता गरेको कर्मचारी स्रोतले बताएको छ ।

निर्मलाको जग्गाको लालपुर्जा, नागरिकता र निजामुद्धिन मार्फत खाली कागजातमा लगाएर ल्याईएको ल्याप्चेको दुरुपयोग गदै निर्मलाको नाममा मालपोत कार्यालय बांकेमा जग्गा पासको लागी निवेदन दिएको खुल्न आएको छ ।

पहिलो निवेदनमा निर्मलाको नामको जग्गा बेजिल्ला पास गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पहिला धनगढीमा जग्गा पास गर्ने गरि ब्यवस्था गरिदिन निबेदनमा माग गरिएको थियो । उक्त माग बमोजिम गर्न नसकिने भएकाले हाकिम सापले मान्नु भएन, त्यसपछी बर्दियामा पास गर्ने प्रस्ताब आएकोमा हाकिम सापले त्यस्तो ब्यवस्था नभएको तर डोर पास गर्न सकिने ब्यवस्था भएको बताएपछी डोर पासको लागी निर्मलाको नाममा निवेदन परेको मालपोतका ततकालिन समयमा कार्यरत तथा उक्त घटनाका जानकार ब्यक्तीहरुले बताउनु भएको छ ।

डोर पास अर्थात घरमा नै गएर जग्गा पास गर्ने प्रावधानको दुरुपयोग गर्दै निर्मलाको ल्याप्चे भनिएको निवेदन दिएर त्यसको राजश्व रसिद समेत काटिसकिएको अवस्थामा ततकालिन मालपोत अधिकृतले २ जना सुब्बालाई तोक आदेश गरेको देखिन्छ । ति २ जना सुब्बा बिवादित जग्गा पास घटनामा जान अनकनाई करीब २ हप्ता सम्म नगएपछी हाकिमले तोक लगाएको काममा किन नजाने सेवाग्राहीले राजश्व तिरेर रसिद समेत काटिसकेकाले डोर पास गर्न जान दवाब दिएको नगए यस्ता कर्मचारीलाई त गोलीले उडाउनु पर्छ भन्दै आफनै अगाढी बादशाह कुर्मिले धम्की दिएको पिडित कर्मचारीहरुको अनौचारीक भेटघाटमा बताउनु भएको छ ।

ततकालिन संबिधान सभा सदस्य समेत रहनुभएका बादशाह कुर्मिले निर्मलाको घरजग्गा अरुले खाने सम्भावना छ भन्दै आफैले जिल्ला प्रशासन कार्यालयमा बुझाएको जग्गा पासका लागी भनी पुन: फिर्ता गर्नमा आफै अग्रसर भएर ततकालिन सिडियोलाई तारन्तार फोन गरेको र बारम्बार कोठामा समेत आएको प्रशासन कार्यालयमा ततकालिन कर्मचारीहरुको भनाई रहनु र मालपोतमा गएर कर्मचारीहरुलाई डोर पासका लागी दवाब दिएको कर्मचारीहरुकै भनाई रहेको छ ।

मालपोत बांकेबाट डोर पासका लागी बांकेको साईगाउंको एक घरमा लगेको र उक्त घरमा निर्मला कुर्मि उहां नै हो भनी पहिल्य नै तम-तयारी अवस्थामा राखिएको एक अधबैशे महिलाको हातबाट ल्याप्चे लगाइएको र उक्त समयमा गोली ठोक्ने भनी पहिल्य नै कार्यालयमा नै डरत्रास देखाइएकोले कर्मचारहिरुले कुनै  क्रस कुरा नगरेर जे-जे भन्छन त्यही गरेर आएको र उक्त कुराको जानकारी कार्यालयमा गराएको ति कर्मचारीहरुले हामीसंगको भेटमा बताउनु भएको छ ।

 

जग्गा पास गर्दा कुनै पैसाको लेनदेन नभएको पनि स्रोतले जनाएको छ । निर्मलाको नाममा नागरिकता लिदा जिल्ला प्रशासनमा रहेको ल्याप्चे र मालपोत कार्यालय बांकेको जग्गा पासको लिखतमा ल्पाप्चे क्रस गरेमा जग्गा पास गर्दा उपस्थित बनाईकी ब्यक्ती निर्मला हुन कि होइन भन्ने पनि सत्य तथ्य बाहिर आउन सक्ने ततकालिन कर्मचारी स्रोतले बताएको छ ।

श्रीमान र छोराको नामको जग्गा आफनो बनाउने देखी अडडा अदालतमा आफनो नाममा परेको बिभिन्न लेनदेनको कुनै पनि मुद्धामा समेत उपस्थित नभएकी निर्मला कुर्मिको नामको जग्गा बिक्रीका लागी केही अनहुनी घटनाको आशंकमा ततकालीन परसपुर गाबिसले सिफारिस दिन रोकेकोमा बादशाह कुर्मिकै नाममा दवाब परेपछी निर्मला नभएपनि सिफारिस दिएको बताएका छन ।

निर्मला कुर्मिको बेपत्ता र निर्मलाको ४ बिघा १० कटठा जग्गा र पक्कि घर हडपीएको घटनामा प्रहरीले निर्मलाको कर्तब्य ज्यान मुद्धा अन्तरगत मात्र आवश्यक अनुसन्धानका लागि घटनामा प्रत्यक्ष अप्रत्यक्ष मुछिएका ब्यक्तीहरुलाई आवश्यक मात्रामा पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

यस बीचमा प्रहरीले पक्राउ परेका घटनासंग सम्वन्धीत ब्यक्तीहरुको बयान लिने र अनुसन्धान गर्ने काम गरिरहेको जनाएको छ । घटनामा यस बीच धेरै चलखेल भएका छन जुन घटना मिलेपछी लिनेदिने सम्मका गाई-गुइ गरिएका कुराहरुको जानकारी प्राप्त भएका छन ।

आज भन्दा करीब २० बर्ष अगाढी सम्म कुनै चलअचल सम्पती नभएका पूर्व प्रहरी रमेश थापा संकटकालको समयमा जागिर छोडेर नेपाल–भारत सिमा क्षेत्रमा अबाञ्छीत क्रियाकलापमा संलग्न भएपछी बिस्तारै बांकेका बिभिन्न सार्वजनिक तथा अपुताली जग्गाहरु आफनो नाममा बनाएर अगाढी बढन थालेपछी उक्त अबैध आम्दानीबाट छोरालाई चिकित्सा क्षेत्रमा एमडी, छोरीलाई पनि स्टाफ नर्स देखी पछील्लो पटक कारकादोमा अकुत सम्पती लुकाउन मोटर्स पार्टसको पसल, छोराको नाममा अबैध अस्पताल समेत खोल्नुका साथै खजुरा रोडमा गणेश राइस मिल खरिद देखी प्लाई उड प्याक्टी समेत सञ्चालन गर्दै आएका छन ।

समाज यस्ता अबाञ्छति क्रियाकलाप गर्ने र धनसम्पतीको नाममा अपराध गर्दै जाने ब्यक्तीहरुसंग राज्यका शक्ती केन्द्र रहेका ब्यक्तीहरु पनि सहभागी हुने र कमाउ धन्दामा सहयात्री बनीदिनाले यस्था ब्यक्तीहरुको नै समाजमा बोलावाल रहने र अपराधीहरु समाजमा आफुलाई सिर उठाएर हिडन सक्ने बातावरण नबनाउन नेपाल सरकारले निर्मला कुर्मिको बेपत्ता घटनामा सिरियस किसिमले लिएर अपराधीलाई कानुनी दायरामा ल्याउनु पर्दछ ।

  • यो घटना थाम-थुमको लागी कस्ले के–के भुमिका निभाउदैछन ?
  • यो घटनालाई कसरी समाधान गर्ने बिषयमा सरकारी वकील, सिडियो र सुरक्षा अंग बीच बांके प्रशासन गोप्य बैठक बसेकोमा कस्ले के के भने ?
  • घटना उठान गर्ने मध्यका मोहम्द शेर वागवानलाई रमेश थापाको भाई मार्फत के_ के अफर आएको ?
  • रमेश थापा हिरासतमा रहेपनी उनले त्यहीबाट आफनो मोबाइल मार्फत क-कस्लाई फोन घुमाएर
  • प्रहरीले अनुसन्धान पछी जिल्ला सरकारी वकीलको कार्यालयमा मुद्धा बुझाउदा किन फिता ग-यो ?