बांके खजुराकी महिलामाथी दुर्व्यवहार गर्ने सुर्खेतका १ जना पुजारी र २ जना धामी पक्राउ

६ पुस, नेपालगञ्ज/ बांके खजुराकी  एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा सुर्खेत प्रहरीले मंगलबार १ जना पुजारी र २ जना धामीलाई पक्राउ गरेको छ ।

सुर्खेत जिल्लाको लेकवेशी नगरपालिका वडानम्बर ४ दशरथपुरमा ज्ञवाली परिवारको कुल पूजामा सहभागी हु गएको समयमा बाँके खजुरा निवासी १ जना महिलामाथि दुर्व्यवहार गरेको आरोपमा ति पुजारी र धामीहरु पक्रउ परेका हुन ।

पक्राउ पर्नेहरुमा सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका वडानम्बर ११ का ६६ वर्षीय भुपेन्द्र ज्ञवाली, वडा नम्बर–७ का ३९ बर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ मिलन ज्ञवालीलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक बहादुर शाहीका अनुसार अहिलेसम्म पीडित पक्षले लिखित उजुरी नदिए पनि उनीहरुलाई सामाजिक अपराध गरेको आरोपमा पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाढी बढाइएको छ। पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्न अदालतबाट अनुमति समेत लिइसकेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभएको छ ।

घटनाका बिषयमा प्रहरीले पिडित महिला पुस ४ आफ्नो कुल पुजा मान्न माइती घर आएको समयमा धामी पुजारीहरुले उहांमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा आएको प्रहरीले देख्यपछी प्रहरीले अनुसन्धान सुरु गरेको र घटनामा संलग्न व्यक्तिहरुको खोजी गरि कार्बाही प्रक्रिया अगाढी बढाईएको जनाएको छ ।

सोमबार साँझ फेसबुकमा सार्वजनिक भएको एक भिडियोमा केही पुरुषले आफूलाई ‘भगवानको अवतारका रुपमा प्रस्तुत गर्दै एक महिलामाथि कुटपिट र दुर्व्यवहार गरेको देखिन्छ ।

५ मिनेट १८ सेकेन्डको उक्त भिडियोमा ती महिला काँपिरहेको देखिन्छ । उहांलाई ‘नराम्रो आत्माबाट बचाएको भन्दै पुरुषहरुले कुटपिट र दुव्र्यवहार गरेको उक्त भिडियो भाइरल भएपछी प्रहरीले एक्सन लिएको हो ।

मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको कर्णाली प्रदेशका प्रमुख नारायण सुवेदीले यो घटनालाई गम्भीर ज्यादती भएकोले ‘यो गम्भीर सामाजिक अपराध हो । यो घटनालाई गम्भीर चासोको रुपमा इन्सेकले हेरिरहेको सुबेदीले बताउनु भएको छ ।