नेपालगञ्जको निर्मला कुर्मि घटना सिआईबि टोली द्वारा छानबीन


१४ पुस, नेपालगञ्ज/  निकै बिवादास्पद र सेटिंडको चर्चा समेत बटुल्दै गईरहेको नेपालगञ्जको निर्मला कुर्मिको बेपत्ता र निजको सम्पती जग्गा घोटाला घटनामा नेपाल प्रहरीको बिशेष टोली सिआईबिले छानबीन गरिरहेको पाइएको छ ।

नेपालगञ्जको परसपुर निवासी बिधुवा निर्मला कुर्मिको २ भाई छोराको २ हप्ताको अन्तरालमा शंकास्पल तरिकाले मृत्युभएपछी निजको जग्गा हत्याउने उदेश्यले भए गरेका बारदात तथा घटनाहरुको बिषयमा नेपाल प्रहरीले केही लामो समय देखी छानबीन तथा अनुसन्धान गरिरहेको छ ।

पहिल्य जिल्ला प्रहरी कार्यालय बांकेले जिल्ला सरकारी वकीलको कार्यालय मार्फत निर्मला कुर्मिको अपहरण, शरीर बन्धक तथा हत्या सम्वन्धी मुद्दा दर्ता गरि मिसिल तयार गरेको घटनामा निर्मलाको मृत्यु जग्गा भएको ठहर सहित बांके जिल्ला सरकारी वकीलको कार्यालयले थप अनुसन्धान गर्न प्रहरीलाई लिखित निर्देशन दिएको थियो ।

यसै बीचमा केस कमजोर बनाउन, अदालत समक्ष पेश नगर्न र सेटिंग र शक्तीको दुरुपयोग गरिएको आशंका सहितका बिभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछी प्रहरी प्रधान कार्यालयले सिआइबीको एक दक्ष अनुसन्धान अधिकृतको नेतृत्वमा टोली खटाएर बिगत केही दिन देखी सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको छ ।
अनुसन्धान टिममा सिआइबीमा कार्यरत प्रहरी नायब उपरिक्षक मदनजित महरा, प्रहरी नायब निरिक्षक दुर्गा योञ्जन सहभागी टिमले सूक्ष्म तरिकाले घटनाको सत्य तथ्यको आधार पहिल्याउदै छानबीन गरिरहेको बताइएको छ ।

छानबीनको क्रममा घटनामा निर्मला कुर्मिको २ भाई छोारहरुको शंकास्पद तरिकाले भएको मृत्यू देखी निर्मला कुर्मि संग सम्वन्धीत बारदात, निजको सम्पती रमेश थापाको श्रीमती रत्नदेबी थापाको नाममा के कसरी गएको सम्मको अनुसन्धान गरिरहेको छ ।

निर्मलाको जग्गा जिल्ला प्रशासनमा सुरक्षाका निम्ती राखिएकोमा के कसरी ब्यक्तीको हातमा लालपुर्जा गयो ? मालपोत बांकेका कर्मचारीहरुले बांकेको साईगाउं स्थित मिलमा जग्गा पासका लागी डोर पास गएको २ जना सुब्बाले जानकारी गराईसक्नुभएको छ ।

उक्त घटनाका केही मुख्य अभियुक्तहरुले मालपोतमा नै जग्गा पास गरेको बयान दिएको र मालपोतमा डोर पासको निम्ती अभियुक्तहरुले दिएको निबेदन, तोक आदेश समेत गायब पारिएको र जग्गाको नामसारी गर्दा साक्षी बसेका ब्यक्तीहरुले आफुहरु मालपोत कार्यालय नगएको पेटबोली लिखित बयान दिएपछी सिबिआई टोली निर्मलाको जग्गा के–कसरी लिइएको हो भन्ने बिषयमा अध्ययन अनुसन्धान गरिरहेको पाइएको छ ।