प्राथमिक तहका १३ हजार ९३ शिक्षकका लागि पनि खुल्यो विज्ञापन

१४ पुस, नेपालगञ्ज/  शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि बुधबार विज्ञापन गरेको छ । आयोगले प्राथमिक तहका लागी १३ हजार ९३ पदमा विज्ञापन गरेको छ ।

आगामी माघ १३ गते सम्म ५ सय रुपैयाँ राजश्व सहित दरखास्त बुझाउन सकिने छ भने त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइन मार्फत् पनी बुझाउन सकिने छ । यसअघि आयोगले माध्यमिक तह र निम्नमाध्यमिक तहमा पनि विज्ञापन खुलाइसकेको छ ।

बिज्ञापन हेर्न यहां क्लिक्स गर्नुहोस……