तनहुँको बन्दीपुरमा जिप भिरबाट खस्दा ६ जनाको मृत्यु, ८ जना घाईते

Photo : File

१ माघ, नेपालगञ्ज/  तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका डानम्बर ६ धरमपानी, बाक्से भन्ने ठाउँमा भीरबाट जिप खसेर दुर्घटना हुदा ९ महिनाकी बालिका सहित ६ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार दुर्घटनामा मृत्यु हुनेहरु सबै बन्दीपुर गाउँपालिका वडनम्बर ६ कै रहनुभएको छ । शुक्रबार राती तनहुको सारङघाटबाट धरमपानी बाक्से जादै गरेको ग१ज ६५५५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिव एक सय मिटर तल भीरबाट खसेर दुर्घटना भएको र उक्त दुर्घटनामा ४ जनाको घटनास्थलमै र २ जनाको उपचारका लागि बन्दीपुर अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको हो ।

बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाका अनुसार मृत्यु हुनुहुनेहरुमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरि बहादुर न्यौपान, ४८ वर्षीय सुशीला देवी न्यौपाने, ४८ वर्षीय सन्त बहादुर गुरुङ र ५० वर्षीय विमाया गुरुङ रहनुभएको छ । घाइते ८ जनाको थप उपचारका लागि चितवन रिफर गरिएको छ ।