बांकेमा मन्त्रालयको लिखित निर्देशन अटेरीको अवस्था ! क्यासिनोको नाममा नेपालगञ्जमा जुवा अडडाहरु सञ्चालनमा

 

 

नेपालगञ्ज/  पश्चिम नेपालको प्राचिन शहर नेपालगञ्जमा पछील्लो केही समय यता गैर–कानुनी जुवा र यौन ब्यवसायका अखडाहरु संस्थागतरुपमा मौलाएर गएको पाइएको छ भने त्यसलाई नियन्त्रण गर्ने निकायहरु ब्यवहारमा रहस्यमय मौन समर्थन देखिएका छन ।

भारतिय प्रर्यटकको नाममा नेपालगञ्जमा निति-नियम र कानुन बिपरित खुलेका क्यासिनोको नाममा अबैध धन्दा देखि गैर कानुनी जुवा अडडाहरु समेत सञ्चालनमा छन  ।

नेपालमा क्यासिनो सञ्चालनका लागी  क्यासिनो सञ्चालन नियमावली २०७०   संसोधन २०७६ छ तर त्यसको पालकहरुले धज्जी उडाएर उठाउने मेलोमेसो बनाएकोले नियमित अनुगमन गरेको देखिदैन ।

 

क्यासिनो सञ्चालन नियमावली २०७०   संसोधन २०७६  र सम्पति शुद्धिकरण तथा आंतककारी कृयाकलापमा तित्तीय सम्वन्धी निवारण सम्वन्धमा क्यासिनो ब्यवसायीलाई निर्देशिका २०७६ जारी गरिएको छ ।

उक्त निर्देशिका र क्यासिनो नियमावली बिपरित नेपाल सरकारका जिम्मेवारी ब्यक्तीहरुको समेत मिलेमतोमा क्यासिनो सञ्चालनको अनुमती दिने देखी अनुमती पाएकाहरुले समेत बाउसे बलको भरमा ऐन नियमको ठाढो उलंघन गदै नेपालगञ्ज बासीहरुलाई जुवा र रण्डेबाजहरुको अखडा तर्फ धकेलीरहेको पाइएको छ ।

क्यासिनो नियमावली २०७६ अनुसार….

नेपालमा बिभिन्न किसिमका क्यासिनो सञ्चालनका लागी

  • नेपालको अन्तराष्ट्रिय सिमानाबाट ५ किलो मिटर दुरीमा हुनुपर्ने,
  • क्यासिनो सञ्चालनका लागी प्रर्यटकिय शहर घोषणा भएको हुनुपर्ने,
  • कम्तीमा २५ करोड चुक्ता पूंजि हुनुपर्ने,
  • धार्मिक तथा संस्कृतिकरुपमा संबेदनशिल मानिएको क्षेत्रमा नभएको हुनुपर्ने,

माथीको ब्यवस्थालाई लत्याएर संस्कृति, प्रर्यटन तथा नागरिक उडडयन मन्त्रालयको समेत मिलेमतोमा क्यासिनो नियमावली भावना र मर्म बिपरित मनपरी गैर कानुनी रुपमा ड्रिमल्याण्ड होटेलमा क्यासिनो सञ्चालनको निम्ति दर्ता अनुमती नै नलिएर अर्काे ठाउंमा सञ्चालको अनुमती लिएको लाइसेन्सको नाममा जुवा अडडा सञ्चालन रहेको  सरकारी रिपोर्टको आधारमा उक्त क्यासिनोको नाममा सञ्चालित जुवा अडडाल बन्द गर्न दिइएको निर्देशन बिपरित निर्धक्क सञ्चालन भईरहेको छ ।

नियम अनुसार नेपालले अन्तराष्ट्रिय मापदण्ड बिपरित अन्तराष्ट्रिय सिमाबाट ५ किमि टाढा क्यासिनो सञ्चाल गर्न पाईने ऐनलाई संसोधन गरेर ३ किमि बनाएकोमा भारतले यसमा हाल सम्म कुनै अब्जेक्सन दर्ज गराएको पाइएको छैन । हेलेन्सीक सन्धी अनुसार अन्तराष्ट्रि सिमा क्षेत्रबाट ५ किमि भित्र ठुला समाजिक परियोजना सञ्चालन गर्दा अर्को देशको स्वीकृत लिनुपर्ने मापदण्ड रहेको छ ।

संसोधन २०७६ अनुसार

क्यासिनो सञ्चालन नियमावली २०७०   संसोधन २०७६ अनुसार  नेपालमा क्यासिनो दर्ता सञ्चालन निम्न बमोजिमको कानुनी ब्यवस्था रहेको छ । तर नेपालगञ्जमा यस्को नियमित अनुगमन तथा कानुन कार्यन्वयन गर्ने निकायहरु घचपचडच भईदिनाले जुवा अडडाहरु मौलाएर दर्जनौ नेपालीहरु हुकुमबासीबाट सुकुम्बासीको अवस्थामा पुगेको पाइएको छ ।

 

 

क्यासिनोको नाममा जुवाको ब्यानर टांसेर भारतिय गाढी सिसामा कालो प्लास्टिक लगाएर कल गर्ल एवम जुवाडे बोक्ने भारतिय नम्बर प्लेटको गाडी नेपालगञ्जको धम्बोजी चोकमा प्रचारमा रहेको अवस्थाको तस्बिर । अन्तराष्ट्रिय सिमा क्षेत्रको नेपालगञ्ज शहरमा माथी देखी तल सम्मको मिलेमतोमा क्यासिनो नियमावली २०७७ बिपरित क्यासिनो सञ्चालन अनुमती माग्ने, होटेल फोर स्टार हो कि होइन ? नियमावली बमोजिम छ कि छैन ? केही नहेरी क्यासिनोको नाममा जुवा अडडा सञ्चालन हुदा समेत सरकारी अधिकारीहरु नतमस्तक बनि हेरीरहेकोले कानुन कार्यनवयनको अवस्था नेपालमा कस्तो सजिलै थाहपाउन सकिन्छ ।

 

ऐन नियम बिपरित अनुगमन नै नगरि गैर जिम्मेवारपूर्ण तरिकाले क्यासिनो सञ्चाल गर्न दिने र क्यासिनो सञ्चालन पछी नियमन पनि नगर्ने निकायहरु रहस्यमय तरिकाले तै चुप मै चुप बस्नाले एकातिर राज्यलाई तिर्नु पर्ने करोडौं राजश्व उठन सकेको छैन भने अर्को तर्फ नेपालगञ्ज शहर  बिकृतिको अखडा तर्फ धकेलीदै गएको छ ।

क्यासिनो नियमावली २०७७ बिपरित दर्ता दिने र अर्को तर्फ गैर कानुनी रुपमा क्यासिनो सञ्चालनका नाममा अबैध धन्दाहरु सञ्चालन गर्ने बिभिन्न घटनाक्रमले पुष्टि गरेका बिगतका राम्रो भनिएको स्नेह, सिग्नेट, जस्ता होटेलहरु बदनाम कमाउदै गएका छन भने अर्को तर्फ धार्मिक तथा सास्कृतिक रुपले संम्बेदनशिल शहर मानिएको नेपालगञ्ज शहरमा पैसा कमाउने धन्दाको लागी मनपरी कुनै होटेल रण्डेबाज त कुनै जुवा अखडाको रुपमा बिकृति फैलाउने काममा होडबाजी गरिरहेको बिगतमा घटेका बिभिन्न घटनाक्रमहरुले पुष्टि गरेको छ ।

पहुंचको दुरुपयोग गदै नियमावली बिपरित क्यासिनो दर्ता र सञ्चालन गरिएको हपाप्पी आवर प्रा.लि. काठमाडौंको  नामबाट नेपालगञ्ज स्थित स्नेह होटेल परिसरमा  सञ्चालित ब्याली मिनि क्यासिनोले नेपाल सरकारलाई करीब ३८ करोड रुपैया नतिरेकोले क्यासिनो सञ्चालन बन्द गर्न सस्कृति प्रर्यटन तथा नागरिक उडडयन मन्त्रालयले प्रधानमन्त्री देखी गृह हुदै प्रदेश सरकार, जिल्ला देखी प्रहरी प्रधान कार्यालय मार्फत प्रहरीलाई पत्राचार गरेको महीनौ कटिसकेको र पत्राचार पछी केही पैसा दिएर माथी कै मिलेमतोमा थामथुम पारे पनि पुरै पैसा नदिएर नै क्यासिनो हाल पनि सञ्चालनमा रहेको छ ।

निर्णय गर्ने कार्यन्वयन नगर्ने उदाहरण बनेको पत्र हेर्नुहोस

स्नेह जुवा अडडा बन्द गर्ने परिपत्र….

होटेलमा क्यासिनो बन्दको साटो रातीमा नेपालगञ्जका भुरे–टाकुरे देखी पेशेवर जुवाडे ब्यक्तीहरु कट पत्ती जुवामा एकै रातमा लाखौं जित–हारको जुवा खेल भईरहेको सम्वन्धीत ब्यक्तीहरुबाट नै जानकारी दिनुभएको छ ।

त्यसैगरि बिगतमा दिपक अग्रवालको नाममा रहेको सिग्नेट होटेल केही समय अघी १ अरब बढीमा बिक्री गरेकोमा मालपोतमा कम मुल्यांकन र खरिदकर्ताले गैर-कानुनी तरिकाले कमाएको काला धनबाट खरिद गरेको आरोप लागेको उक्त सिग्नेट होटेल यस अघी रण्डेबाजहरुको अखडाकोरुपमा परिचित घटनाक्रमले प्रमाणित गरिसकेको छ ।

उक्त ठाउं पहिल्य सिग्नेट हाल होटेल डायमण्ड प्यालेस प्रा.ली. रहेको हिन्दुहरुको धार्मिक एवम सांंस्कृतिक पबित्र बागेश्वरी मन्दिर, मुस्लिमहरुको पबित्र इदगाह मस्जीद जैनहरुको गुरुद्धवारा नजिकै भएकाले उक्त ठाउं धार्मिक तथा सांस्कृतिकरुपले अति सम्वेदनशिल क्षेत्रमा रहेको छ ।

पहिल्य सिग्नेट हाल होटेल डायमण्ड प्यालेस प्रा.ली. होटेलमा पनि क्यासिनो ऐन र नियमावली बिपरित क्यासिनो सञ्चालनको लागी घुस्याहरु अनुमती दिन तमतयार भएर बसेको देखिन्छ भने उक्त होटेलले मन्दिरको नाममा दानमा दिएको १२ कटठा जग्गा र सरकारी जग्गा ओगटेर मिलेमतोमा दर्ता गरेको यस अघि नै सार्वजनिक भइसक्दा समेत नियमन निकायहरु केही समय चलमलाए पनि पछी थामथुम भएर बसेको अवस्था रहेको छ ।

उता नेपालगञ्जको न्यूरोडमा रहेको कल्पत्रु होटेलका मुख्य मालिक रहनु भएका कपडाका ब्यापारी जगदिश बैश्यको स्वार्गारोहन पछी उक्त होटेल ठेक्कामा सञ्चालन हुदै आएको छ ।

उक्त होटेलमा पनि नैतिक हराम रण्डेबाजहरुको आवजावत बाक्लो हुने गरेकोमा क्यासिनो सञ्चालन नियमावली २०७६ बिपरित क्यासिनो सञ्चालनको लागी कम्तीमा फोर स्टार हुनुपर्नेमा फोर स्टार मापदण्ड बिपरितको होटेलमा क्यासिनो अनुमतीको नाममा रण्डेबाज र जुवाको अखडाकोरुपमा जसरी हुन्छ….. मान्छे ल्याउ र पैसा कमाउ धन्दा मौलाउनुले असल र इमान्दारीताक साथ होटेल ब्यवसाय गर्नेहरुलाई समेत समस्या पार्दै गइरहेको छ ।

सम्पति शुद्धिकरण तथा आंतककारी कृयाकलापमा तित्तीय सम्वन्धी निवारण सम्वन्धमा

क्यासिनो ब्यवसायीलाई निर्देशिका २०७६….. छ तर अनुगमन गर्ने निकायहरु मध्यको आन्तरिक राजश्व कार्यालयका अधिकृतहरु तथा हाकिम साप अडिटर कमर्फत ब्यापारिको अन्डर बिलिंग हेर्नमै बिजी हुने गरेको देखिएको छ ।

त्यसैगरी होटेल सिदार्थमा पनि निश्चित गेमको लागी मिनि क्यासिनो सञ्चालन अनुमती लिएकोमा स्विकृत नलिएका अन्य गेमहरु प्नि क्यासिनो सञ्चालकहरुले खेलाएको देखी एकै दिनमा नेपाली पेशेवर जुवाडे बिगतमा पक्राउ पनि परि सकेका ब्यक्तीले एकै रातमा साढे ३ करोड हारेको घटना बाहिरिएकोमा होटेल ब्यवस्थापक पक्षले त्यसलाई नियमन र ब्यस्थित गरिएको जानकारी गराएको छ ।

नेपालमा सञ्चालनमा रहेको केही ठुला क्यासिनोहरुले बिदेशबाट ठुलो पैसा भित्रयाउन र त्यसलाई कानुनी बनाउन पनि जुवा खेलेर जितेको देखाएर कर तिरेर बैधता दिने गरेको र जस्मा भातिय नागरिहरुलाई मोहराकोरुपमा प्रयोग गर्ने गरेको स्रोतले बताउदै आएका छन ।