सडक अतिक्रमण सम्वन्धी मन्त्रिपरिषदको निर्णय ! बाँकेको कोहलपुरबाट सडक अतिक्रमण हटाउन सुरु

१० चैत्र, नेपालगञ्ज/ सडक डिभिजन कार्यालय नेपालगञ्जको पटक- पटक को सार्वजनिक सूचना र जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वपक्षिय भेलाको निर्णय बमोजिम आज विहिबार विहान १० बजे कोहलपुर बजार क्षेत्रबाट सडक सिमा अतिक्रमण हटाउने अभियान थालिएको छ।

सार्वजनिक सडक ऐन २०३१ मापदण्ड विपरित बाँकेको जमुनहा देखी कोहलपुर र धम्बोजी देखी मैनापोखर सडक खण्डका छेउछाऊमा निर्माणधिन स्थायी तथा अस्थाई संरचना भत्काउन मंगलवार बाँके प्रशासनमा भएको सर्वपक्षिय बैठकको निर्णय भएको थियो ।

उक्त निर्णय मा नेपाल सरकारको २०६९ साल असोज ४ गते मन्त्रिपरिषदले गरेको निणय अनुसार बिल्डर्स एरिया को लागी वनाएको हुट्टै मापदण्ड विपरित सडक सिमा क्षेत्र अतिक्रमण गरी बनाइएका स्थायी तथा अस्थाई संरचना सफाया गर्ने कामको थालनी आज कोहलपुर बाट सुरु गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्ज ले जानकारी दिएको छ ।

पहिल्य कोहलपुर लाई केन्द्रविन्दु मानेर सुर्खेत सम्म वनाइएको रत्न राजमार्ग पछि नेपालगञ्ज को जमुनहा देखि सरकारले घोषणा गरेकाले राजमार्गको दाँयाबाँया सडक अतिक्रमण वा तोके बमोजिम स्थायी वा अस्थायी घर टहरा निर्माण गर्न नपाइने ब्यवस्था छ ।

नेपालगञ्जमा प्रहरी तालिम केन्द्र सम्म विल्डर्स एरिया भनिएको र् त्यस भन्दा उत्तर कोहलपुर सम्म बनेका रत्न राजमार्गको केन्द्रविन्दु बाट दाँया बाँया ३१/३१ मिटर भित्र हुने पनि संरचना बनाउन नपाइने सडक ऐनमा उल्लेख छ ।

तर नगर क्षेत्रमा भ्रष्ट कर्मचारीको साँठगाढका कारण सडक सिमामा संरचना बनाउन दिने कार्यले पनि सडक सिमा अतिक्रमणमा बल पुगेको देखिन्छ भने सडक सिमा अतिक्रमणले सडक साँघुरिदै जानु र सवारी चाप बढ्दै गएकाले नेपालगञ्ज- कोहलपुर सडक खण्डमा विकल्पको रुपमा अर्को सडक बनाउनु पर्ने देखिन्छ ।