को बन्ला नेपालगञ्जको पिता ?

फोटोहरु समाजिक सञ्जाल फेसबुकबाट लिइएका हुन ।

१५ बैशाख, नेपालगञ्ज/  आगामी बैशाख ३० गते सम्पन्न हुने स्थायिन निर्बाचनमा पश्चिम नेपालको सबै भन्दा प्राचिन एतिहासिक शहर नेपालगञ्जको प्रमुख को बन्ला ?

यसको निष्कर्ष त मतदाताको अमुल्य मत गणनाको परिणाम पछी मात्रै थाह हुनेछ तर निर्बाचन पूर्वसन्ध्यामा नेपालगञ्जको प्रचण्ड गर्मिको पारा चढेर बयस्क भए जस्तै नेपालगञ्जको चुनावी सरगर्मि पनि केही दिन यता हवात्तै बढेको छ ।

महानगर उन्मुख नेपालगञ्ज उप–महानगरपालिकामा यसपटकको निर्बाचनमा प्रमुख पदमा नेकपा माओबादी केन्द्रबाट गठबन्धनका कारण स्वतन्त्र चिन्ह पाउने सम्भावना रहनुभएका मेयरमा टंक धामी र उपमेयरमा तारा रोकाया, राप्रपाबाट माओबादीबाट टिकटको लागी राप्रपामा प्रबेश गर्नुभएका नन्दलाल बैश्य मेयरमा र जनता समाजबादीबाट प्रबेश गनुभएको रमारानी बैश्य  यी दलबदलु लगायत अन्य ठुला राजनितिक दलहरु नेपाली कांग्रेसबाट नगर पिता जस्तो प्रमुख पदमा राजनिति तथा समाजिक क्षेत्रमा जुनियर किस्मतीवाला खेलाडी प्रशान्त बिष्ट र जसपाबाट उप–मेयरमा कमरुद्धिन राईले मनोनयन दर्ता गराउनुभएको छ ।

यी ठुला भनिएका दलहरुले नगर देखी वडा सम्मका पदहरुमा महिलाहरुलाई प्रथामिकतामा नपारेको तथ्यांकले देखाएको छ । प्रमुख मेजर पोष्टमा महिलाहरुलाई पनि प्रतिनिधित्व हुने गरि मनोनयन दाखिला गर्नुपर्नेमा यी २ दलले महिला बिनाको प्रमुख र उप–प्रमुख पदमा रोजेर पद बांडफाड गरि मनोनयन गरेका छन ।

नेपालको संबिधानले महिलाहरुलाई राज्यका निकायहरुमा अनिर्बाय सहभागीताको लागी समाबेशीको सिदान्तलाई अंगिकार गरेकोमा निर्बाचन आयोगले भने संबिधानको बर्खिलाप हुने गरी प्रमुख र उप–प्रमुख पदमा गठबन्धनको नाममा छुट दिएको पाइएको छ ।

त्यसै गरि नेपालगञ्जको प्रमुख र उप–प्रमुख पदमा उम्मेदवार दर्ता गराएको सबै भन्दा ठुलो दल हो नेकपा एमाले । २०७४ को स्थानिय निर्बाचन र संसदिय निर्बाचनमा सबै भन्दा ठुलो दलको रुपमा स्थापित नेकपा एमाले भए पनी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र अन्य साना ४ दल मिलेर उक्त दललाई जनमत भन्दा बाहिर पार्ने गरि गठबन्धन गरि प्रमादेशको आधार तयार गरि प्रमुख प्रतिपक्षमा धकेलेको अवस्था छ ।

नेपालगञ्जमा नेकपा एमालेको तर्फबाट प्रमुख पदमा उम्मेदवार बनाईनुभएका पशुपती दयाल मिश्रा लामो समय देखी राजनिति र सामाजिक क्षेत्रको साथै औधोगिक, ब्यापार क्षेत्रमा क्रियाशिल ब्यक्तित्व हुनुहुन्छ ।

मिडियामैत्रिका रुपमा सञ्चार तथा बिभिन्न उद्योग क्षेत्रमा समेत लगानी गर्नुभएका उच्च शिक्षा हासिल तथा समाज सेवामा परिपक्व पशुपती दयाल मिश्राले पछील्लो पटक नेपालगञ्जको भवनीयापुरमा करीब ५० करोडको लगानीमा मेरो प्लानेट खोलेर सयौंलाई रोजगारीको सृर्जना गरेको ब्यक्तिको रुपमा रहेको पाइएको छ ।

त्यसैगरी प्रदेश नम्वर ५ अर्थात लुम्बिनी प्रदेशको राजधानी नेपालगञ्जमा हुनुपर्ने माग राखी लगातार आन्दोलनमा उत्रिनुभएका पशुपती दयाल मिश्रालाई एउटा शालिन र भद्र ब्यक्तिको रुपमा आफनो पहिचान गराउनु भएका मिश्रा गएको महाधीबेशनमा नेकपा एमालेको केन्द्रिय कमिटिमा निर्बाचित भएपछी बांके जिल्लाको सह–इन्चार्जको रुपमा पार्टीको काम गर्दै आइरहनुभएको छ ।

त्यसैगरि नेपालगञ्ज उप–मेयर पदमा कांग्रेस र जसपाले महिलालाई बाइपास गरेर पुरुष मात्रै प्रमुख र उप–प्रमुख पद बांडफांड गरेर उठेपछी ति दुई पार्टीबाट महिलाहरुले उम्मेदवारी नै दिन नपाएको अवस्थामा नेकपा एमालेले बांकेको कोहलपुरमा ख्याती प्राप्त महिला उपकार मञ्च नामक गैरसरकारी संस्था स्थापना गरि त्यस संस्थाको नामबाट सामाजिक क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त ब्यक्तीको रुपमा रहनुभएकी शान्ती ढकाललाई नेपालगञ्ज उप–प्रमुख पदमा उठाएको छ ।

नेपालगञ्ज उप–महानगरमा जम्मा २३ वटा वडा रहेका छन । २३ वटा मध्य सबै भन्दा ठुलो मतदाता र क्षेत्रफल रहेका वडाहरु १, ६, ९, १४, १८ र २० यस अघि २०७४ को स्थानिय निर्बाचनमा नेकपा एमालेले जितेका वडा हुन ।

त्यसैगरि एमालेले आपसी बिवादका कारण झिनो मतले हारेका नेपालगञ्जका सबै भन्दा ठुला वडाहरु ३,४, ७, १२ र १९ नम्बर वडा रहेको एमालेले उपलब्ध गराएको गएको निर्बाचनको परिणामले देखाएको छ ।

नगरमा बर्चस्सो हुदाहुदै नेकपा एमालेले मेयर पदमा चौथो स्टेपमा पुगेको कारण हो राप्रपाबाट टिकट लिएर मेयर पदमा बिजेता बन्नुभएका धवल शम्शेर राणा एमाले बांकेको  पूर्व स्थापित नेता रहनु । एमाले पक्षले धवललाई भोट दिएर जिताएको तथ्यांकले पुष्टि गर्दछ किनकी २०७४ को निर्बाचनमा धवल शम्शेरको पार्टी राप्रपाबाट उठेका ४ वटा वडामा मात्र वडा अध्यक्षहरुले जित्नुभएको थियो ।

यस पटकको निर्बाचनमा केही सिन बदलिएको छ । नेपालगञ्ज उप–महानगरपालिकामा एमालेले जितेका ६ वटा वडाका अतिरिक्त अन्य पार्टी माओबादी र जसपाबाट जितेका वडानम्बर २३ र १७ का वडाका निर्बाचित वडा अध्यक्षहरु पनि ठुलो पंक्ति सहित एमाले प्रबेश गरिसक्नुभएको छ ।
आपसी बिवाद र लोभलालचको प्रभावले गर्दा २०७४ को स्थानिय निर्बाचनमा झिनो मतले हारेका वडाहरु ३,४,७, १२ र १९ नम्बर वडाहरुमा थप संगठन सुदिढीकरण गरेको र स्थानिय स्तरमा सामाजिक क्षेत्रमा स्थापित ब्यक्तिहरुलाई उम्मेदवार बनाएको, पाटी एक ढिक्का भएर निर्बाचनमा गएकाले आफनो जित सुनिश्चत रहेको बांके एमाले अध्यक्ष किस्मत कुमार कक्षपतीले बताउनु भएको छ ।

नेपाली कांग्रेस बांकेले नेपालगञ्जको मेयर पदमा नेपालगञ्ज मेडिकल कलेजका निर्देशक डाक्टर सुरेश कनोडियालाई यस पटक पनि उठाउने गरि सिफारिस गरेको थियो । त्यसका साथै यस अभि २०७४ को निर्बाचनमा  बिजेता उप–प्रमुख उमा थापामगर र प्रशान्त बिष्टलाई पनि प्रमुख पदका लागी सिफारिस गरेको थियो । नेपाली कांग्रेस भित्रको आपसी किचलो र देउबा र कोइराला पक्षको गुटको गणितिय हिसाबले सिक्वाइन्स मिलेपछी अन्य २ जना सिफारिस गरिएका कनोडिया र मगर बाईपास गरेर राजनितिमा आला युवा ब्यक्तित्व प्रशान्त बिष्टलाई नेपालगञ्ज नगर पिताको रुपमा अघि सारिएको छ ।