दुर्घटना: रुपन्देहीमा आईतबार बिहानै ९ जनाको मृत्यु

२२ जेष्ठ, नेपालगञ्ज/ जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस आइतबार बिहान करिब ४ बजे रुपन्देहीको रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना हुँदा ९ जना यात्रुको मृत्यु भएको छ भने ३२ जना यात्रु घाइते भएका छन् ।

परासी-भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको  रोहिणी पुलबाट खोलामा बस उक्त दुर्घटना भएको बताइएको छ ।

घाइतेमध्ये उपचारको क्रममा ५ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मृतकमध्ये १ जना महिला र अरु ८ जना पुरुष रहेका छन् । उनीहरूको सनाखत भइसकेको छैन । दुर्घटनामा घाइते भएकाहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
भैरहवा-परासी सडकखण्डमा पर्ने रोहिणी पुलबाट यसअघि पनि पटक-पटक गाडीहरू खोलामा खस्ने गरेका छन् । पुल घुम्तीमा रहेको कारण पनि चालकहरू झुक्किएर दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।