नेपालगञ्जमा सिकल सेल रोगका बिषयमा डाक्टरहरुसँग गोष्ठी

डाक्टर पाण्डे…..

३१ जेष्ठ, नेपालगञ्ज/ बाँकेको  थारू बाहुल्यता जनसंख्या क्षेत्रमा १०० मा १३ जनामा सिकल सेल प्रभावित भएको पाइएको छ ।

मंगलबार जनस्वास्थ कार्यालय बाँकेको आयोजनामा बाँकेका विभिन्न स्वास्थ्य संस्थाहरूमा कार्यरत फिजिसियन, गाइनोक्लोजीस्ट एवम बालरोग विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको कार्यशाला गोष्ठीमा उक्त बिषयको जानकारी दिइएको हो ।

 

कार्यशाला गोष्ठीमा डाक्टर राजन पाण्डेले बाँकेमा सिकल सेलको अवस्था, चुनौती प्रथामिक उपचारका बिषय प्रस्तुत गर्नुभएको थियो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, कार्यक्रममा आफनो बिचार राख्दै ।

यो सिकल सेल रोगका बिषयमा  भेरी अस्पतालमा कार्यरत सिकल सेल एवम थाले सीमीया कार्यक्रमका स्रोत ब्यक्ती समेत रहनुभएका डाक्टर पाण्डेले  समयमा नै सिकल सेल रोग पत्ता लागेमा त्यसलाई नियन्त्रण गर्न सकिने  बताउनु भयो । कार्यक्रम स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह,  पोकल पर्सन नरेश श्रेष्ठ , नेपालगञ्ज उपमहानगरका स्वास्थ्य उप संयोजक जागेश्वर गौतमले पनि ब्यवस्थापन तथा सहजीकरण गर्नुभएको थियो ।

के हो सिकल सेल रोग ?

सिकल सेल रोग वंशानुगत रगत विकारहरूको समूह हो । जुन रातो रक्त कोशिकालाई असर गर्दछ । विशेष गरी यी कोषहरूमा रगतको अणु जसलाई हीमोग्लोबिन भनिन्छ र जसले शरीरभरि कोशिकाहरूमा अक्सिजन प्रदान गर्दछ। त्यसमा बिकार गर्नेलाई एक किसिमको रोग भनीन्छ त्यसको नाम नै सिकल सेल रोगले चिनिन्छ ।