आम निर्बाचन ०७९: बर्दिया-१ मा पत्रकार ठाकुर थारु पनि प्रतिस्पर्धामा

# जागेश्वर सिंह थारु —

बर्दिया ३ कार्तिक/  निर्बाचनमा सधै अरु उम्मेदवारहरुको समाचार लेखेर रमाउने गरेका पत्रकार ठाकुर सिंह थारु यस पटकको आम निर्बाचन : ०७९ मा भने आफै उम्मेदवार भएर निर्बाचन चिन्ह ढकियाका साथ  मतदाताहरु भेटन घरदैलो कार्यक्रममा ब्यस्त रहनुभएको पाइएको छ ।

बर्दिया जिल्लाको पूर्बी दक्षिण बांकेसंग सिमाना जोडिएको उदाउदो प्रर्यटकिय क्षेत्र बढैया ताल छेउ घर भएका पत्रकार ठाकुर बामदेब गौतम उठने गरेको बर्दिया जिल्लाको संसदिय निर्बाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागी उम्मेदवार बनेर निर्बाचन प्रतिस्पर्धामा होमीनु भएको छ ।

ठाकुर सिंह थारु राजनितिमा छिर्नु अघि कानुन तथा पत्रकारको बिद्यार्थी पनि हुनुहुन्छ । थारुले नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा कानुन बिषयमा अध्ययन गर्दा गर्दे बर्दियाको गुलरिया स्थित एक राजनितिक पार्टीको कार्यालयमा सहयोग गर्ने क्रममा जिल्ला अदालत बर्दियामा एक मुद्धाका बिषयमा बहसको लागी बर्दियाको सदरमुकाम गुलरिया पुग्नु भएका अधिबक्ता बासुदेव ज्ञवाली मार्फत ठाकुर सिंह थारु नेपालगञ्ज स्थित ज्ञवालीको आफनै कानुनी फर्म उपकार ल फर्ममा लगेर कानुनका बिषयमा थप अध्ययन तथा प्राक्टिस गराएपछी थारु एक कानुनी मार्गको अभिबक्ता हुदै १0 बर्षको लामो अनुभव पछी अधिबक्ता बन्न सफल एक सघर्षशिल अधिबक्ता पनि हुनुहुन्छ ।

त्यसै गरि कानुनी स्कुल अर्थात नेपालगञ्ज स्थित अधिबक्ता बासुदेव ज्ञवालीले सञ्चालन गरेको उपकार ल फर्म मार्फत कानुनी बिषयमा अध्ययन तथा प्राक्टिस कै क्रममा पत्रपत्रिका अध्ययन गर्ने क्रममा ठाकुरलाई पत्रकार पनि बन्ने इच्छा पलाएपछी ठाकुर सिंह थारु नेपालगञ्जबाट ततलकालिन समयमा प्रकाशित हुने नयां संरचना पछी हाम्रो संरचना दैनिक पत्रिकाको लामो समय सम्म स्टेन्जर रिपोर्टर, रिपोर्टर हुदै उप-सम्पादकको जिम्मेवारी पनि निभाउनु भएको थियो ।

पत्रकारिता सगै कानुन बिषयमा समेत सग-सगै अध्ययन अगाढी बढाउनु भएका थारुले नेपालगञ्जबाट राजधानीबाट प्रकाशित हुने नयां पत्रिका दैनिक हुदै पछील्लो पटक नेपालगञ्जबाट नै कान्तिपुर दैनिकको संवाददाता हुदै उप-सम्पादक सम्मको जिम्मेवारी निभाउने क्रममा सहकर्मिहरुकै खुराफाती दिमाग पछी आफनै गुह जिल्ला बर्दियाबाट संवाददाताको रुपमा काम गर्ने क्रममा केही समय पहिले पत्रकारहरुको संस्था प्रेस चौतारीबाट पत्रकार महासंघ बांकेको अध्यक्ष पदमा समेत निर्बाचित हुनुभएको थियो ।

पत्रकार थारुले सधै अरुको समाचार लेखेर मात्र आफु र आफनो समाज परिवर्तन गर्न नसकिने महसुस गदै पछील्लो पटक राष्ट्रिय राजनितिकमा हाम फाल्ने महत्वकांषी पलाएपछी यस पटक ०७९ सालको आम निर्बाचनमा थारु बाहूल्य क्षेत्रमा आफनो प्रभुत्व जमाउदै अगाढी आएको नागरिक अन्मुक्ती पार्टी नेपालबाट उम्मेदवार बनेर निर्बाचनमा होमीनु भएको छ ।

बर्दियाको २ वटा निर्बाचन क्षेत्र मध्य १ नम्बर निर्बाचन क्षेत्रमा यस अघि बामदेब गौतमलाई हराएर चर्चामा रहेका सञ्जय गौतमले आफना समकक्षी अरुण प्रकाश सिंह राठौरले ल्याएको नेपाली कांग्रेसबाट टिकट अन्तीम समयमा छिनेर सञ्जय गौतम आफै उम्मेदवार बन्न सफल हुनुभएको छ ।

राजनितिमा लागेको बर्षौ सम्म पनि पहिलो पटक प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेबाट टिकट पाउनु भएका सालिन भद्र ब्यक्तित्वको रुपमा मतदाता बीच छाप बनाउनु भएका बर्दिया गुलरिया निबासी लक्ष्मण ज्ञवाली पनि बर्दिया१ बाटै उम्मेदवार हुनुहुन्छ ।

एमालेका केपी वलीका जनप्रीय कामका कारण ब्यापक जनसमर्थन देखिरहेको कारण निर्बाचनमा ५ गठबन्धनलाई एक्लै मात दिइरहेको एमालेबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बन्नु भएको ज्ञवाली बर्दियामा कसैलाई नबिझाउने नविगार्ने स्वच्छ छवीको रुपमा स्थानिय ले लिने गरेको पाइएको छ ।

यस अघिको स्थानिय निर्बाचनमा बर्दिया सगै सिमाना जोडिएको कैलालीको जानकी गाउंपालिकाको नागरिक अन्मुक्ती पार्टीबाट पालिका अध्यक्ष पदमा उम्मेदवार बन्नु भएका स्थानिय मिडिया हुदै कान्तीपुरमा कार्यरत पत्रकार गणेश चौधरी निर्बाचित भईसक्नु भएको छ ।

कैलाली घटनामा अभिुयक्त . थारु कलाकार एवम पत्रकार रेशम थारु हाल कारागारमा हुनुहुन्छ भने उहाँहरु कै सक्रियतामा स्थापना गरिएको पार्टी नागरिक अन्मुक्ती पार्टी पछील्लो पटक बांके, बर्दियामा निर्बाचनमा सक्रियताको हिसाबले उभार तर्फ देखिएको छ ।

बांकेमा पनि बांके क्षेत्र नम्बर ३ बाट यस अघि नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्यमा झिनो मतले पराजीत चन्तराम थारु यस पटको निर्बाचनमा नागरिक अन्मुक्ती पार्टीमा प्रबेश गरी बांके क्षेत्र नम्बर ३ को १ बाट प्रदेश सदस्य पदको उम्मेदवार बन्नु भएको छ ।

निर्बाचन अघि बांकेको कोहलपुरमा पश्चिम तराईका थारुहरुका अगुवा भेलाले आफनो समूदायलाई राज्यका निर्णाय भुमिकामा पु-याउन आपसी सहमती र सहकार्यमा अघि बढने निर्णय गरेको समाचार सार्वजनिक भएको थियो ।