नेपालगञ्ज म्याराथन: आलोचनाका बीच नेपाल आर्मिको त्रिभुवन क्लबको बर्चस्व

नेपालगञ्ज २४ मंसिर /  केही आलोचना र केही सन्देश सहित नेपालगञ्ज म्याराथनको ८औं श्रृखला शनिबार नेपालगञ्जमा सम्पन्न भएको छ । ८औं श्रुखलाको म्याराथनमा नेपाल आर्मीको त्रिभुवन खलबका खेलाडीहरूले उक्त दौडमा बर्चस्व कायम राख्नुभएको छ ।

उक्त म्याराथनको उपाधि कर्णाली प्रदेश बासिन्दा रहनुभएका नेपाल आर्मीका खडक बहादुर खड्काले प्रथम स्थान हासिल गर्नुभएको छ । उहांले ४२ किलोमिटर अर्थात नेपालगञ्ज देखि कोहलपुरको कौहिल्य नगर सम्मको दूरी २ घण्टा २० मिनेट २८ सेकेण्डमा पार गर्दै उपाधि जित्नुभएको हो ।
उक्त दौडमा आर्मीकै नरेन्द्र सिंह रावत र मोहनदेव जोशी क्रमशः दोस्रो र तेस्रो हुनुभएको छ । रावतले २ घण्टा २२ मिनेट २९ सेकेण्ड र जोशीले २ घण्टा २४ मिनेट ३६ सेकेण्डमा दूरी पार गर्नुभएको हो।

हाफ म्याराथनतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ प्रथम भएकी छिन् । उहांले १ घण्टा १६ मिनेट ३६ सेकेण्डमा दूरी पार गर्नुभएको छ ।
भारतको देहरादुनकी अन्जली चौहान दोस्रो हुनुभएको छ भने बागमतीकै अन्जु खड्का तेस्रो हुनुभएको छ । चौहानले १ घण्टा २५ मिनेट १५ सेकेण्डमा दूरी पार गर्दा खड्का ले एक घण्टा ३६ मिनेट ४५ सेकेण्डमा २१ किमी पार गर्नुभएको हो ।

१० किलोमिटर पुरुषमा त्रिभुवन आर्मी क्लबकै मुकेश पाल र महिलातर्फ नेपाल प्रहरीकी राजपूरा पछाइले उपाधि जित्नु भएको छ ।
निजि क्षेत्र धारा तेलको मुख्य प्रायोजक रहेको म्याराथनको प्रथम विजेताले १ लाख ५० हजार, उपविजेताले ६० हजार, तेस्रोले ३० हजार र चौथोले १५ हजार रुपैयाँ ५आंै देखि ८औं स्थानका क्रमसः १०, ८, ७ र ६ हजार रुपैयाँ पुरस्कार राशीको ब्यवस्था गरिएको आयोजकले जनाएको छ।

महिला हाफ म्याराथनतर्फ विजेताले ६० हजार, उपविजेताले ३० हजार, तेस्रोले १५ हजार र चौथोले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । ५औं देखि ८औं स्थान सम्म क्रमसः ८ हजार, ७ हजार, ६ हजार र ५ हजार रुपैयाँ पुरस्कार राशीको ब्यवस्था गरिएको थियो । पुरुष १० किमी खुलातर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरुस्कार रहेको थियो।

यस पटकको म्याराथनमा दौडमा सहभागी रहनुभएका भारतबाट आएका १ जना खेलाडी दौडदा दौडदै बेहोस भएपछी उपचारका लागी अस्पतालमा लगिएको थियो भने अन्य लामो दुरीको दौडमा भाग लिएका १ जना कोहलपुरको कौहिल्य नगर र हवल्दारपुरको पिपरीमा अर्को खेलाडी लडदा सम्म आयोजककालाई जिल्ला ट्राफिकका सई ओम पौडेललाइृ माइकबाटै सहयोगको उदघोष गर्दा पनि हायोजक पक्षहरु बेखबर जस्तो भएर बसेको देखिएको थियो ।

त्यसै गरि स्थानिय पत्रकारहरुलाई बेवास्ता गरिने गरिएको म्याराथन प्रतियोगितामा यस पटक त आयोजकबाट परिचालित पक्षबाट दुरब्यबहार नै गरिएको पिडित एभिन्यूज च्यानलका खम्ब पुनले बताउनु भएको छ । त्यसैगरि नेपाल टेलीभिजनमा समेत काम गर्ने पत्रकार  देखि अन्य पक्षलाई आमन्त्रण गरेर आयोजनले कायक्रम स्थलमा कार्ड देखाउ यता जाउ उता जाउ जस्ता अमर्यादित ब्यवहार गरेको पिडित पक्षले जानकारी गराउनुभएको छ ।

आयोजले आमन्त्रण गरेका अतिथिहरु पनि कार्यक्रम स्थल पुग्दा आयेजकले कुनै वास्ता नगर्दा जिल्ला प्रशासन कार्यालयलाई अतिथिको रुपमा बोलाइएको र आफु प्रतिनिधिको रुपमा आएको तर कार्यक्रम स्थलमा आयोजक पक्षको कुनै रेस्पोन्स नदेखिएको ति प्रतिनिधि बताउनु भएको छ । यस्ता उदाहरण लगायत यसका भित्रि तमाम पक्षहरु यस पटक कमजोरी बाहिर नै छताछुल्ल देखिएका छन ।

त्यसैगरि काठमाण्डोंबाट ल्याइएको  ब्यक्तीहरु यस पटकको ब्यवस्थापन कार्यबाट अछुतो रहनसक्नु भएन । कार्यक्रयमले यस पटक म्याराथन प्रतियोगितामा राशि रकम बढेको तर ब्यवस्थापन पक्षले आफुले जे गरे पनि हुन्छ भन्ने ब्यवहारमा देखाएर जिम्मेवार बन्न नसकेको जस्ता निकै आलोचनाका बीच ८ओं म्याराथन प्रतियोगिता समग्ररुपमा शान्तीवूण रुपमा सम्पन्न गरेको छ ।