कार्यालय प्रमुखको हत्या गर्ने धम्की दिने कनोडिया बाबुछोरा फरार: कोहलपुरबासीले न्यायपरिषदको ढोका ढकढक्याउने

जिल्ला प्रशासन बांकेको कनोडिया पेट्रोल पम्प सञ्चालक संजय कनोडिया र निजका छोरा पम्पका प्रोप्रराइटर श्रीयान्स कनोडियालाई हाजीर हुन आग्रह गरिएकोमा निज बाबुछोरा हाल फरार रहेका छन ।

नेपालगञ्ज ३ पुस/  नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको नेपाल गुणस्तर तथा नापतौल विभागको नेपालगञ्ज स्थित गुणस्तर तथा नापतौल कार्यालयका कार्यालय प्रमुख कमल ओझाको मोबाईलमा एसएमएस मार्फत अशलिल शब्द प्रयोग गदै ज्यान मार्ने धम्की दिने बांकेको कोहलपुर स्थित कनोडिया अटो मोबाइल्स पेट्रोल पम्पका सञ्चालक संजय कनोडियालाई नेपाल प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रेट्रोल पम्प सञ्चालनको क्रममा उपभोक्ताहरुलाई पटक–पटक ठगी गरेको घटना सार्वजनिक हुदा समेत उक्त पम्प सञ्चालकहरुलाई कार्बाही गर्ने निकायलाई समेत ज्यान मार्नै धम्की दिएको र निजहरुको बिरुद्ध लिखित अजुरी समेत परेको अवस्थामा प्रहरीले पक्राउ गर्न नसकेको अवस्था रहेको छ ।

नेपालगञ्ज उच्च अदालतले हालै कनोडिया अटो मोबाइल्स पेट्रोल पम्प सञ्चालन गर्न दिनु भनी दिएको आदेश पछी कोहलपुरका बासिन्दा आक्रोशित भएकाछन भने उक्त पम्प सञ्चालक संजय कनोडिया एवम प्रोपराइटर श्रीयान्स कनोडिया हाल फरार रहेको प्रहरीले जनाएको छ ।

पम्पमा दिनमा २ पटक खोजतलासको लागी गएको र कनोडिया बाबुछोरा नभेटिएको अवस्थामा खोजबीन गरिरहेको प्रहरीले जनाएको छ ।

संजय कनोडिया भने कोहलपुरबाट कृणनगर हुदै आफन्तकोमा हुदै भारतको लखनउ ससुराली क्षेत्रमा पुगेको जानकारी प्राप्त भएको स्रोतले जनाएको छ ।

यता नापतौल कार्यालयमा पनि घटनाको छानबनि गरि रिपोर्ट पठाउन बिभागले परिपत्र गरे बमोजिम कार्यालयले छानबीन गरेका र उक्त पम्प सम्वन्धी सम्पूर्ण मिसिलको रिपोट मन्त्रालयमा पठाएको र नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कानुन र गृह मन्त्रालयमा आवश्यक छानबीन गरि कार्बाहीका लागी पत्र लेखि पठाएको जानकारी प्राप्त भएको छ ।

कालो बजारी गर्नेलाई कर्मचारी मार्ने धम्की हिम्मत कहांबाट आयो ?

नेपाल आयल निगमको रांझा स्थित एक गोप्य रिपोट अनुसार ठगीमा संलग्न कनोडिया अटो मोबाइल्स पेट्रोल पम्पले मिलेमतोमा मनपरी किसिमले प्रेट्रोलियम पदार्थ लिने गरेको देखिन्छ ।

उक्त पम्पले ठगी गरेको आधार मापन तथ्यांक अनुसार १ हजार मिलि अर्थात १ लिटरमा अधिकतम ४ सय मिलि सम्म ठगी गरेको नापजांच डकुमेन्टबाट देखिन्छ ।

यसरी ठगीको तथ्यांक बिवरण हेर्दा उक्त पम्पले दैनिक ३०० लिटर सम्म ठगी ग–यो भने दैनिक ३०० लिटरको प्रेट्रोलियम पदार्थको मुल्य करिब ५० हजार हुने देखिन्छ ।

उक्त दैनिक ५० हजारका दरले महिनाको १५ लाख रुपैया आउने देखिन्छ । महिनाको १५ लाख रुपैया आएपछी १० लाख चोखो बचत गरे पनि अन्य ५ लाख जस्लाई जहां जता खर्च गरेपनि हुने भएकाले यस्तो ठगी घटना बारम्बार घटने गरेको आशंका गरिएको छ ।

 कोहलपुरबासीले न्यायपरिषदको ढोका ढकढक्याउने

बांकेको कोहलपुर–चप्परगौढी र गाभरमा पेट्रोल पम्प ब्यबसाय गर्दै आउनु भएका सञ्चालक संजय कनोडिया र उक्त कम्पनीका प्रोपराइटर संजयका छोरा श्रीयान्स कनोडियाले कनोडिया अटो मोबाइल्सका नामबाट प्रेट्रोलियम पदार्थ बिक्री बितरणमा बारम्बार ठगी गरेको आवश्य प्रमाण सहित कार्बाहीका लागी अदालत गुहार्द निजलाई अदालतबाटै सफाइ पाइरहेको बिषयमा कोहलपुर क्षेत्रका बासिन्दाहरुले न्याय परिषदमा छानबीन गर्न आग्रह गरेको जानकारी प्राप्त भएको छ ।

बर्तमान गठबन्धन सरकारमा सहभागी नेकपा एकिकृत समाजबादी बांके अध्यक्ष समेत रहनुभएका कोहलपुरका बासिन्दा अशोक कोइरालाले आधा दर्जन पटक काला बजारी तथा ठगीको घटना घटाउनेलाई प्रमाण सहित जनताले कार्बाहीका लागी सम्वन्धीत निकायलाई बुझाउने गरेकोमा, अदालतबाट सफाइ पाउने अनी फेरी जनता ठग्ने प्रेटोल पम्प बन्द गराउनुको सटटा कार्बाही नगरेर अझ पम्प खोलेर फेरी जनता ठग्ने बातावरण मिलाउनेहरुका बिरुद्ध जनता सम्वन्धीत निकायमा जाने बताउनु भएको छ ।

नेपालगञ्जमा न्यायपालिकाबाट भएगरेका घटनाहरुको राजनितिक दलहरुले वाच गरिरहेको बताउदै सबुत प्रमाण एकातिर फैसला अर्कोतिर भएमा जनता त्यस्ता ब्यक्तीहरुको बिरुद्ध न्याय परिषदमा छानबीन गरि कार्बाहीको दायरामा ल्याउन मौखिक अनुरोध गरिसकिएको र लिखित उजुरी पनि दिने तयारीमा रहेको कोइरालाले बताउनु भएको छ ।

त्यसैगरि कानुनका पानाहरु धमिल्याउने गरि अकुत सम्पती छानबीन मुद्धामा आम्दानीको स्रोत नखुलेको र छानबीन भईरहेको घटना स्मरण गदै कानुनको सबैले सम्मान गरेर सर्बसाधरण जनतालाई न्यायको अनुभुती दिलाउन पनि काम गर्न सम्वन्धीत पक्षलार्ई कोईरालाले आग्रह् गर्नुभएको छ ।

 

कोहलपुरको कनोडिया पेट्रोल पम्प काण्ड: महिला कर्मचारीलाई लुङ्गी डान्स नचाउने र कार्यालय प्रमुखलाई ज्यान मार्ने धम्की