छुटटीको दिन समय मिलाएर बांकेको सुरक्षा प्रमुखहरुको टिम बिकट गाउंबस्तीमा

गुर्दनगौरी, १० फाल्गुण/ बांकेको बिकट क्षेत्र राप्ती सोनारी-४ मा पर्ने भारतसंगको सिमावर्ती क्षेत्रमा रहेका ८ वटा गाउँमा बांकेका सुरक्षा प्रमुखहरुले मंगलबार निरिक्षण गर्नुभएको छ ।

मंगलबार बिहान बांकेको विकट मानिने सिमा बस्तीहरुमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको नेतृत्वमा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश विक्रम शाही, राष्ट्यि अनुसन्धान प्रहरी उपरिक्षक मोहन कुवर लगायत सुरक्षा निकायका प्रमुखहरुले अनुगमन तथा निरिक्षण गर्नुभएको छ ।

बाँकेमा सरुवा भएर आएको कबिर २ हप्ताको बीचमा बांकेको सुरक्षा प्रमुखहरुले आफनो जिल्ला अन्तरगतको सबै भन्दा बिकट रहेको राप्ती पारीको बिकट ठाउंमा सिडिओ र प्रहरी प्रमुख सहितको टोलीले निरिक्षण गरेका हुन । मोटरसाईकलमै पुगेका सुरक्षा निकायका प्रमुखहरुले झुरहवा, खैयर भट्टी, बाँसखोली, महेशपुर, गुर्दनगौरी, कोल्टे पानी लगायतका ८ वटा गाउँको निरिक्षण गर्नुभएको हो ।

निरिक्षणको क्रममा स्थानीय बासिन्दाहरुले सिमाको समस्या, खानेपानी, संचार, खाद्यान्न, लगायतका समस्यै समस्या सुनाएका थिए । निरिक्षणको क्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले भारतीयपक्ष बाट हुने समस्या, बन ऐनको समस्या, खानेपानी, सुरक्षा लगायतका समस्याको प्रत्याभुत हुने गरि सबैको ध्यान केन्द्रित भएको बताउनु भएको छ । सशस्त्र विओपी अहिले महेशपुरमा स्थापना भएको र पुन एउटा झुरहवामा थप्ने पहल भइरहेको प्रजिअ आर्चायले बताउनु भएको थियो ।

राज्यले दिने नागरिकता , परिचय पत्र, मतदाता परिचय पत्रको लागी पनि राज्यले शिविर चलाएर त्यस क्षेत्रमा सहज गर्ने प्रजिअ आचार्यले स्थानिय बासिन्दा बीच प्रतिवद्धता जनाउनु भएको छ । बाँकेका प्रहरी प्रमुख राठौरले शान्ति सुरक्षा अमन चयनका लागी नेपाल प्रहरीको अस्थायी पोष्टको आवश्यकता रहेको उल्लेख गर्दै नेपल प्रहरीको बैजापुर र सुईयाको टोली सुरक्षामा तत्पर रहेको सो क्रममा बताउनु भएको छ । हेमन्त चौधरीको मेसेन्जरबाट