दैलेखको सियाकोटमा गाडी दुर्घटना,तीन जनाको घटनास्थलमै मृत्यु

२५,कात्तिक, काठमाडौं/ दैलेखमा गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। 

सुर्खेतबाट दैलेखका लागि छुटेको बा४ख५०१० नम्बरको गाडी दैलेखको सियाकोटमा शुक्रबार राति नौ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक योगेन्द्र खड्काले दिएको जानकारीअनुसार दैलेख नौमुले ३ का रत्नबहादुर सिंजाली,  जसिराना मगर र सुर्खेत विरेन्द्रनगरका पारस तिवारीको दुर्घटनामा मृत्यु भएको हो।

दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुर बाँकेमा उपचार भइरहेको छ।

त्यस्तै, सिन्धुलीमा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन्।

बा४ख३४४३ नम्बरको मिनिट्रक कमलामाई नगरपालिका–२ पिपल भज्याङमा शुक्रबार बेलुकी दुर्घटना भएको प्रहरीले जनाएको छ।

मिनीट्रक अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका कमलामाई नगरपालिका-२ का ३९ वर्षिय शुकदेव श्रेष्ठको उपचारका क्रममा धुलीखेल अस्पतालमा मृत्यु भएको डिएसपी विनोद शर्माले जानकारी दिए। उनका अनुसार अन्य घाइतेहरुको काठमाडांको ट्रमा सेन्टरमा उपचार