नेपालगञ्ज उद्योग बाणिज्य संघमा कस्ले ! कति मत ल्याएर.. को-को बिजयी भए ? सम्पूर्ण बिवरण….

अध्यक्ष: टंक धामी र निर्वाचित उपाध्यक्षहरु

नेपालगञ्ज ४ भदौ/ नेपालगञ्ज उद्योग बाणिज्य संघको नयां नेतृत्व चयनका लागी शनिबार भएको निर्बाचनको मत परिणाम अनुसार बिशेष गरी एमाले, माओबादी र आधिकारीक राप्रपा समेतको समाबेशी प्यानल बनाएर निर्बाचनमा होमिएको टिमको बर्चस्व कायम गर्न सफल भएको छ ।

समाबेशी प्यानलमा नेकपा एमाले र माओबादी यस निर्बाचनमा बिभक्त राप्रपा लगायतको राजनितिक दल समर्थक ब्यबसायीहरुको समूहहरु एक भएर माओबादी समर्थक टंक धामीलाई अध्यक्षको उम्मेदवार बनाएर चुनावी रणनितिमा अगाढी बढेको समाबेशी प्यानलमा अधिकांस पदहरुमा निर्बाचित भएका छन ।

नेपालगञ्ज उद्योग बाणिज्य संघमा एसोसिएट अर्थात करोड भन्दा बढी लगानी रहेको संस्था वा कम्पनीको तर्फबाट निर्बातिच हुने २ वटा सदस्य पदहरुमा संघमा दर्ता भएका १८२ वटा सदस्य रहेको उक्त एसोसिएट सदस्यमा १६६ जनाले मतदान गर्नुभएको थियो ।

कमल काक्री

सोसिएट सदस्यमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनाइनुभएका नेपालगञ्जको कारकादो स्थित सिद्धबाबा हार्डवेयर प्रा.ली. समेत करिब दर्जन ब्यवसायी प्रतिष्ठानका सञ्चालक रहनुभएका कमल कार्कीले सदर मत मध्य ७१.६८ अर्थात सबै भन्दा बढी ११९ मत प्राप्त गरी बिजयी हासिल गर्नुभएको छ ।

कमल काक्री र प्रदीप गुप्ता

एसोसिएट सदस्यमा २ जनालाई अनिबार्य हाल्नुपर्ने बाणिज्य संघको बिधान अनुसार कमल कार्कीको नाममा मात्र सिंगल मत हालेका कारण उक्त ३ वटा मत बदर भएको थियो । त्यसैगरि उक्त एसोसिएट सदस्य तर्फ अर्का सदस्य प्रजातान्त्रिक प्यानलका प्रदीप गुप्ताले ८८ मत ल्याएर निर्बाचित हुनुभएको छ ।

त्यसैगरी संस्थागत अर्थात बाणिज्य संघ आवद्ध रहेका बिभिन्न २९ वटा संस्थागत सदस्यहरुको तर्फबाट शत प्रतिशत खसेको मतबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका कारकादो स्थित एसके प्रेट्रोल पम्पका सञ्चालक एवम पछील्लो समय समाजसेवीको रुपमा अगाढी देखिनुभएका किसन गुरुंग १६ मत ल्याएर बिजयी हुनुभएको छ ।

२ सदस्य मध्य अर्का १ जना निर्बाचित हुनुपर्नेमा प्रजातान्त्रिक समूहका उम्मेदवार बन्नुभएका हिमनाथ पौडेल र बिनय श्रेष्ठले समान १५/१५ मत ल्याएर बराबरी भएकाले कार्यकाल पनि बराबरी गर्ने गरि सहमती भएको निर्बाचन अधिकृत माधव प्रसाद शर्माले जानकारी दिनुभएको छ ।

संस्थागत निर्बाचित बीचमा किसन गुरुङ्ग..

नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्बाचनमा ४ हजार ९२२ मतदाता रहेकोमा ४ हजार १३२ वटा मत अर्थात ८३.९४ प्रतिशत मत खसेको थियो । उक्त खसेको मत मध्य १० जना सदस्य निर्बाचित हुनुपर्नेमा ३ जना प्रजातान्त्रिक प्यानल अर्थात नेपाली कांग्रेस ए.समाजबादी केही राप्रपा, केही समाजबादीहरु सहभागी रहेको उक्त प्रजातान्त्रिक प्यानलबाट ३ जना सदस्यहरु शिव प्रशाद दाहाल १८०५ चौथो, युवराज ढकाल १५६५ ,नवौं र षन्तोस कुमार पौडेल १५३१ दशौंमा निर्बाचित हुनुभएको छ ।

समाबेशी प्यानलबाट १० जना सदस्य मध्य ७ जना निर्बाचित हुनुभएको छ । निर्बाचित हुनुहुनेहरुमा पहिलो मत ल्याउने क्रमश बिष्णु श्रेष्ठ १९८०, दोस्रो नम्बरमा डम्वर चन्द १८३७, तेस्रोमा राप्रपा कि इन्दिरा शाहीले १८२०, पांचौमा तोप बहादुर थापा १७२२, छैटोंमा सुदन केसी १७०१, सातौंमा टीकाराम उपाध्याय १६०३, आठौंमा बुद्दि बिक १५८६ मत ल्याएर निर्बाचित हुनुभएको छ । जसमा एमालेका ३ जना अन्य ४ जनामा राप्रपा, माओबादी र स्वतन्त्र समेत रहनुभएको छ ।

हेर्नुहोस सदस्यहरुको मतपरिणाम…

अध्यक्ष पदमा समाबेशी प्यानलका तर्फबाट उम्मेदवार हुनुभएका टंक धामीले बिपक्षी भन्दा ८०९ मत बढी ल्याएर अध्यक्ष पदमा निर्बाचित हुनुभएको छ । टंक धामीले नेपालगञ्ज उद्योग बाणिज्य संघको हाल रहेको जम्म ४ हजार ९ सय २२ मत मध्य ४ हजार १३२ मत खसेकोमा ११० मत बदर भएको छ ।

सदर मत ४ हजार २२ मत मध्य २ हजार ४५६ हत ल्याएर टंक धामी निर्बातिच हुनुभएको हो । निजका  प्रतिपक्ष प्रजातान्त्रिक प्यानलका अध्यक्षका प्रत्यासी ललित कुमार रौनियारले १ हजार ५६६ मत ल्याउनुभएको छ ।

त्यसैगरी महिला, बाणिज्य र उद्योग गरी ३ वटा उपाध्यक्ष रहने ब्यवस्था रहेको संघमा ३ वटै उपाध्यक्षमा समाबेशी प्यानलका तर्फबाट महिलामा माओबादीबाट महिलामा मन्दिरा पाण्डे १८७७ र उद्योग तर्फ चिरञ्जीबी ओली २१०५ र एमालेबाट उम्मेदवार बन्नुभएका बाणिज्य तर्फबाट हरिलाल न्यौपाने १७७६ मत ल्याएर निर्बाचित हुनुभएको छ ।

उक्त पदमा लोकतान्त्रिक प्यानलबाट प्रतिस्पर्धा गर्नुभएका उद्योग तर्फ सफिक बेहनाले १२३३, महिला तर्फ करिक्ष्मा योगीले १४९४ र बाणिज्य तर्फ बिष्णु श्रेष्ठले १४७६ मत प्राप्त गर्नुभएको छ ।

संघको अन्य पदहरु मध्य महासचिवमा समाबेशी प्यानलबाट एमालेका तर्फबाट उममेदवार बनाइनुभएका भिम बहादुर रानालाई निर्बाचन समितिले  बिजयी घोषणा गरेकोमा मत गणनामा बिवाद गरी प्रजातान्त्रिक प्यानलका महासचिवका उम्मदेवार टंक शर्माको पक्षले पुन मत गणनाको माग राखेको थियो ।

उप-महासचिवमा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका टेक बहादुर खड्का निर्वाचित हुनुभएको छ । 

कोषाध्यक्षमा प्रजातान्त्रिक प्यानलका टंक धामीका आफन्त मख्खन धामी निर्बाचित हुनुभएको छ ।

कोषाध्यक्षः टंक धामी ।