बर्दियाको मधुवनमा बाघद्वारा २ महिलाको हत्या !

Bardiya Tiger in the jungle

मधुवन,बर्दिया ६ चैत्र/ बर्दियाको मधुवन नगरपालिका वडानम्वर ५ स्थित चिरौटे सामूदायिक वनमा घांसदाउरा गर्न गएका सोही ठाउंका २ जना महिलाहरुलाई बाघले आक्रमण गरि हत्या गरिदिएको छ ।

सोमबार बिहान साथीहरुसगै घास दाउरा तथा न्यूरो साँग टिप्नका लागी घर नजिकै नेपाल–भारत सिमा क्षेत्रको चिरौटे सामूदायिक वनमा गएको समयमा बाघले एक्कासी आक्रमण गरि बर्दियाको मधुवन नगरपालिका वडानम्वर ५ का ४५ बर्षिय समुन्द्री बुढा र ५० बर्षिय धनसरी गुरुंगको बाघले आक्रमण गरेकै घटना स्थलमा मृत्युभएको स्थानिय बासिन्दालाई उधृत गदै बर्दियाको शसस्त्र प्रहरीले सूचना दिएको छ ।

बर्दिया स्थित शसस्त्र प्रहरी प्रमुख हर्क बहादुर शाहीका अनुसार जंगलमा गएका महिलाहरु माथी बाघले आक्रमण गरेको सूचना पाए लगत्तै त्यस क्षेत्रमा रहेको शसस्त्र प्रहरी समेतको टोली घटनास्थल तर्फ सहयोगको लागी गएको र घटनास्थलमा २ जना महिलाहरुको शव फेला परेको शाहीले बताउनुभएको छ ।

जंगलमा बाघ पालेर प्रर्यटक भित्रयाउने बर्दिया राष्ट्रिय निकुञ्जको अभिलासालाई बेला-बखत यस्ता घटनाले  टाउंको दुखाई बन्ने गरेको छ ।

हिजो आईतबार मात्र निकुञ्ज क्षेत्रबाट कोठीयाघाट पूर्व नजिकै रहेको जैबिक मार्ग क्रस गरेर घाईते जस्तो देखिने बाघ दक्षिण अर्थात सोमबार घटनास्थल भएको तिर गएको स्थानियले देखेको बताएका छन ।