लागूऔषध केसमा बांकेका २ र कैलालीका १ महिला सहित ३ जना पक्राउ

नेपालगञ्ज १४ वैशाख / बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडानम्बर २ फुटाहाबाट अवैध लागूऔषध करिब २ ग्राम ३ सय ४० मिलिग्राम ब्राउनसुगर सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका–८ बस्ने २४ वर्षीय अमिर खान र बाँके डुडुवा गाउँपालिका–७ बस्ने ३७ वर्षीय राजु सिंह रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भे ७ प ८४३५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरि कैलाली, लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारबाट अवैध लागूऔषध खैरो हेरोईन करिब १ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीया दिपा बिष्ट साँउदलाई पनि पक्राउ गरेको नेपाल प्रहरीको समाचार कक्षले जनाएको छ ।