खोटाङमा ६ म्याग्नेच्युडको भूकम्पको कडा धक्का

Earth quick in Nepal

१५ साउन, नेपालगञ्ज/ पूर्वी नेपालको पहाडी जिल्ला खोटाङमा आइतबार बिहान ८ : १३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार खोटाङको मार्तिम-बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभाग अन्तर्गत भूकम्प महाशाखा प्रमुख मोनिका झाले खोटाङको मार्तिम-बिर्ता केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको जानकारी दिनु भएको छ।

भूकम्प गएको ठाउँ भएकोले जनधनको क्षतीको रिपोर्ट प्राप्त नभएपनि यसले नेपालको राजधानी काठमाडौं लगायत आसपासका जिल्लाहरूमा कम्पन गराएको छ ।