बर्दियाका सुमन सहित ३ जना पक्राऊ

 

नेपालगञ्ज २७ बैशाख/ नेपालगञ्जको धम्बोजी नजिक  सुर्खेतरोडमा रहेको  एउटा डान्सबारबाट निस्किदै गर्दा बाँके पहरीले ३ जना युवकलाई पेस्तोल सहित मंगलबार राती पक्राउ गरेको छ ।

प्रहरी नियन्त्रणमा रहेको पेस्तोल ।

मंगलबार राती king’s Cross Club बाट निस्कदै गरेका बर्दिया लक्ष्मणाका सुमन रिजाल, सागर शाह र धर्म पुनलाई पेस्तोल सहित पक्राउ गरेको हो ।

Made in USA लेखिएको १ राउण्ड गोली रहेको पेस्तोल सहित बाँके प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कार्वाही प्रक्रिया अगाढी बढाएको जनाएको छ ।

पेस्तोल घटनामा ततकाल बाँके प्रहरीले नियन्त्रणमा लिएको ब्यक्तीहरु ।