साथी सहित होटेलबाट पक्राउ परेकी श्रीमतीलाई प्रहरी कार्यालयमा लिन जानुपर्दा ….

Photo: google बाट तानिएको हो ।

कोहलपुर ९ चैत्र / ३८ बर्षिय महेश रोकाय शनिबार सांझ ८ बजे इलाका प्रहरी कार्यालय कोहलपुरमा आफनी श्रीमती २६ बर्षिय अनिता रोकायलाई छुटाउन पुगेका थिए ।

बांकेको कोहलपुर नगरपालिका वडानम्बर ११ अर्थात बजार क्षेत्रमा १५ दिन अघि मात्र कोठा भाडमा लिएर गाउंबाट श्रीमती लिएर बस्दै आउनुभएका महेश बिदेश गएर केही आम्दानी गरेर गाउँ फर्केकाले कोहलपुर बजारमा नै केही गर्ने सोचले १५ दिन अघि मात्र श्रीमती सहित कोहलपुर बस्दै आउनुभएको थियो ।

कोहलपुर आए देखी बर्दियाको बांसगढी क्षेत्रमा बस्दै आउनुभएका बा-आमालाई  भेटन शुक्रबार गाउं गएर शनिबार सांझ कोहलपुर डेरामा फर्केने क्रममा कोहलपुर इलाका प्रहरी कार्यालयबाट फोन आएपछी महेश झसङ्ग भएको बताउछन ।

महेश बर्दियाबाट हतार – इलाका प्रहरी कार्यालय कोहलपुरमा शनिबार सांझ करिब ८ बजे पुग्दा त फुपु नाता पर्ने र अन्य करिब आधा दर्जन केटी सहित आफनी श्रीमती प्रहरी कार्यालयमा प्रहरी सोधपुछमा बयान दिईरहेकी थिइन ।

अनिता सहित केही युवा-युवतीहरुले होटेलमा अश्लिल गतिविधि र हो -हल्ला गरेेेेको  स्थानिय बासिन्दाहरुले इप्रका कोहलपुरमा फोन गरेर उजुरी गरेको आधारमा प्रहरीले तिनिहरुलाई नियन्त्रणमा लिएर प्ररारम्भीक अनुसन्धान गरिरहेको अवस्था महेशले श्रीमती अनितालाई भेटाएका थिए ।

पहिलो श्रीमतीको मृत्युपछी आफु बिदेश गएको र बिदेशबाट आएको केही महिनापछी चिना-जानेको अनितासंग बिहे गरेको ८ महिना पछी महेशले श्रीमती अनितालाई  सुखका साथ बस्न आफन्त  भनिएकी फुपु बस्ने नजिकै डेरा लिएर बसेको बताउनु हुन्छ ।

‘आफु यताउता बाहिर काममा जांदा हेरचाह होला भनेर श्रीमती तर्फको फुपु नाता पर्नेहरुको नजिकै डेरा लिएर ‘ शनिबार यसरी प्रहरी कार्यालयमा श्रीमती बुझन आउनु पर्दा छांगाबार खसेको जस्तो भएको महेशले बताउनु भएको छ ।

आफुले बिदेशमा गएर राम्रो कुकको काम सिकेको र कोहलपुर क्षेत्रमा सके आफै पसल खोल्ने नसके अरुकाे रेष्टुरेन्टमा भए पनि काम गर्ने भनेर कोहलपुर आएका महेश श्रीमती अबाञ्छित क्रियाकलापको आरोपमा प्रहरीले होटेलबाटै पक्राउ गरेपछी महेश इन्डिया तर्फ जाने मनस्थित बनाएको बताउनुभएको छ ।

“अब यस्तो देखेपछी कि छोडनु प–यो । छोडनी  नी सजिलै कहां छ र ? अब इन्डिया जानु प–यो । उतै गएर काम खोज्नु पर्ला र उतै सगै लैजानु पर्ला नत्र छोडने त होला श्रीमान महेशले आफनो बिचार प्रकट गर्नुभयो । ”

स्थानिय बासिन्दाहरुको जन-गुनासोको आधारमा कोहलपुर प्रहरीले कोहलपुर बस पार्क नजिकै रहेको एक होटेलबाट महिला र पुरुष गरि करिब १ दर्जनलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाढी बढाएको थियो ।

कोहलपुर प्रहरीका अनुसार करिब १ महिनाको अन्तरालमा १ दर्जन ब्यक्तीहरुलाई चेलेबेटी बेचबिखनमा मुद्धा चलाएको छ ।

बाध्यताबस अबाञ्छित क्रियाकलापमा संलग्न चेलीबेटीलाई पहिलो पटक सम्झाई बुझाई आफन्तहरुको जिम्मामा छोडने गरिएकोमा अटेरीलाई बिभिन्न सरोकार संस्थाहरुमा र केहीलाई कानुनी कार्बाही समेत गरिएको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख सुन्दर तिवारीले जानकारी दिनुभएको छ ।

तिवारीका अनुसार इलाका प्रहरी कार्यालय क्षेत्रमा सवारी दुर्घटना, लागु औषध दुव्र्यसनी, बाध्यता वा शौखको शरीर ब्यापार / चेलेबेटी बेचबिखन, आत्महत्या जस्ता सामाजिक अपराधको तथ्यांकले बिकराल समस्या देखिएकाे छ ।

स्थानिय सरोकारवालाहरुसंगको समन्वयमा त्यस तर्फ आफनो कार्यालयले योजना बद्ध तरिकाले बिभिन्न रोकथामका कामहरु गरिरहेको समेत तिवारीले बताउनु भएको छ । समाचारमा उल्लेखित पात्रहरुको नाम/ ठेगाना बदलिएको छ ।