प्रधानमन्त्री र अर्थ मन्त्रालयबाट बांकेको सिक्टा र हुलाकी सडकको अनुगमन

 

नेपालगञ्ज ४ असार/ तराई–मधेश समृद्धि कार्यक्रम अन्तरगत तराईका जिल्लाहरुको सदरमुकाम जोडने हुलाकी राजमार्ग निर्माणको क्रममा बांके, बर्दिया र कैलाली अन्तरगतको पक्की सडक तथा नाली निर्माणको बिषयमा प्रधानमन्त्रीको कार्यालयमा उपभोक्ताहरुको तर्फबाट उजुरी परिरहेपछी प्रधानमन्त्री र अर्थमन्त्रालयबाट आएको प्रतिनिधि टोलीले २ दिन लगाएर अध्ययन तथा अनुगमन गरेको छ ।

बर्षा लाग्न सुरु भईसकेको र बांकेको नेपालगञ्ज देखी गुलरिया जोडने सडक निर्माण र त्यस सडकमा करिब २ सय मिटरको फरकमा पुल तथा कल्भट निर्माण देखी सडक किनारामा निर्माण गरिएको नालाहरुको बेसको मोटाई र चौडाई देखी अन्य गुणस्तर लगायतको बिषयमा बिभिन्न ब्यक्ती तथा संस्थाको तर्फबाट जनगुनासो परेपछी प्रधानमन्त्रीको कार्यालयबाट अनुगमन महाशाखाका प्रमुख सह–सचिव अर्जून भण्डारी र अर्थमन्त्रालयको तर्फबाट उप–सचिव पूर्ण न्यौपानेको टोलीले बांके, बर्दिया तथा कैलाली अन्तरगतको निर्माणाधिन हुलाकी सडकको अध्ययन तथा अनुगमन गरेको छ ।

टोलीले १ दिन लगायर बांकेको सिक्टा सिंचाई आयोजना अन्तरगतको मुख्य नहर र त्यस अन्तरगतक शाखा नहरमा भएको प्रगती र सुख्खायाममा पानी सञ्चालनमा आएको नआएको लगायतका बिषयमा अध्ययन अवलोकन समेत गरेको छ ।

मन्त्रालयको उक्त टोलीमा बांकेका प्रमुख जिल्ला अधिकारी बिपिन आर्चाय देखी सम्वन्धीत मन्त्रालयका स्थानिय कार्यालय प्रमुखहरुले समेत उक्त परियोजनाको अनुगमन गर्नुभएको थियो ।

नेपालगञ्ज–गुलरिया सडक खण्डमा निर्माणाधिन हुलाकी सडकको मापदण्ड, गुणस्तर देखी निर्माण कार्यमा ढिला–सुस्तीका बिषयमा समेत टोलीले जानकारी लिएको छ । अध्ययन टोलीले उक्त सडक खण्डका छेछाउमा रहेको बिभिन्न जातका रुखबिरुवा कटान गरि ठेकेदारले त्यसलाई कहां के कसरी राखेको समेत स्थनियले जानकारी गराएको थिए भने सडकको किनारामा बनेको नालाको आधार जग कतिपय ठाउंमा मापदण्ड बिपरित बनेको समेत जानकारी गराएको थिए ।