चेतन हत्या काण्डमा नेपालगञ्जका रिगल काराबांस मुक्त घटनाको अदालतको तथ्य र फैसला के–के छ (हेनूहोस सम्पूर्ण बिवरण)

नेपालगञ्ज २१ असोज/  बिक्रम सम्वत २०७२ साल असार २९ गते दिउसो करिब ३ बजे बाँके जिल्ला नेपालगञ्‍ज उप–महानगरपालिका वडा नम्वर १६ स्थित सुर्खेत रोडको पश्‍चिम किनारामा नपालगञ्‍ज उप–महानगरपालिका वडा नंम्वर ८ बस्ने बर्ष २९ को चेतन मान्धरलाई धारिलो हतियार खुँडा प्रहार गरि हत्या गरिएको घटना एक पटक फेरी तंरगित हुनपुगेको छ ।

घटनामा काराबास कैद ठहर गरिएका नेपालगञ्ज वडानम्बर ४ का रिगल ढकाललाई तत्कालिन मुलुकी ऐन,ज्यान सम्बन्धी महलको १३–१ बमोजिम सर्वस्व सहित जन्म कैद भएकोमा प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा १७७–२ ले सर्वस्व तर्फको सजाय कायम नराखी सर्वस्वबाट उन्मुक्ती दिएकोले सर्वस्व सजाँय नहुने भई जन्म कैदको सजाँय मात्र हुने भएकाले सोही अनुसार लगत कायम गरी कैदी पूर्जि दिनु भनि उच्च अदालत नेपालगञ्जले २०७६ साल माघ महिना २८ गते फैसला गरेको र उक्त फैसलाको प्रतिलिपि बाँके जिल्ला अदालतको तहसिल शाखामा लेखि पठाउनु भन्ने फैसला गरेको देखिन्छ ।

जिल्ला अदालतको फैसला पछी उच्च अदालत हुदै सर्वोच्च सम्म पुगेका रिगल ढकाललाई चेतन मानन्धर हत्या घटनामा मुलुकी ऐन,ज्यान सम्बन्धी महलको १३–१ बमोजिम काराबासको सजाय तोकिएकोमा काराबांसको बांकी कैद अशल चाल–चलनको आधारमा कैद मिनाह गरि रिहा भएपछी उक्त घटनाका पिडित भएको भनिएका पक्षबाट सर्वोच्च अदालतमा पुनः अपिल गरेपछी घटनाका बिषयले राजनिति एवम न्याय क्षेत्रमा तंरगित भएको देखिएको छ ।

उक्त घटना सार्वजनिक चांसोको बिषय बनेकाले जिल्ला अदालतका् फैसला प्रति चित्त नबुझी नेपालगञ् उच्च अदालतमा रिगल ढकाल समेतले गरेको पुर्नरावेदनमा उच्च अदालत नेपालगञ्जको सयूक्त इजलाशले गरेको फैसलाको कपी पाठक समक्ष पस्किएका छौ । उक्त सुरु अदालतको फैसलामा केही उल्टी गरि उच्च अदालतले फैसला गरेकोमा सर्बोचचमा गरिएको अपिलमा पनि केही सामान्य हेरफेर गरि मातहत अदालतले गरेको फैसला नै सदर गरेको थियो ।

हेर्नुहोस उच्च अदालतले फैसला गरेको मिशिल फाईल……..

 उच्च अदालत तुलसीपुर,नेपालगञ्‍ज इजलास

संयुक्त इजलास

               माननीय न्यायाधीश श्री पवनकुमार शर्मा न्यौपाने

               माननीय न्यायाधीश श्री ऋषिप्रसाद अधिकारी

फैसला

दायरी नम्बरः-०७५-CS-०१२१

     रजिष्‍ट्रेशन नम्बरः-१३-०७५-००2५7

निर्णय नं.-186

मुद्दाः- कर्तव्य ज्यान

भैरवबहादुर सिंह ढकालको छोरा जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका

वडा नं.५ गणेशपुर घर भई हाल कारागार कार्यालय,रोल्पामा थुनामा रहेको रिगल ढकाल————————————————————-१

विरुद्ध

किशोर कुमार मानन्धरको जाहेरीले नेपाल सरकार————————–१

दायरी नम्बरः-०७५-CS-०१५५

     रजिष्‍ट्रेशन नम्बरः-१३-०७५-००347

निर्णय नं.-187

किशोर कुमार मानन्धरको जाहेरीले नेपाल सरकार————————–१ 

विरुद्ध

जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.५ घर भई हाल कारागार

कार्यालय, तुलसीपुरमा थुनामा रहेको प्रकाश सिंहको छोरा सोहन सिंह ढकाल–१

जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वा.नं.५ हाल वडा नं.4 गणेशपुर

बस्ने प्रेम बहादुर थापाको छोरा प्रितम थापा———————————-१

जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.16 हाल वडा नं.12 

बेलासपुर बस्ने श्यामलाल नेपालीको छोरा माधव परियार भन्‍ने माधव नेपाली–१

जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.24 हाल वडा नं.18 

कारकाँदो बस्ने भेषराज चौलागाईको छोरा मनिष चौलागाई——————–१

जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.24 हाल वडा नं.18

कारकाँदो बस्ने प्रकास कुमार पाठकको छोरा विवाद पाठक—————-१

जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका  वडा नं.26 हाल वडा नं.20

राँझा बस्ने खगे बुढामगरको छोरा याम बहादुर बुढामगर——————-१

जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.24 हाल वडा नं.18

कारकाँदो बस्ने वाल सिंह वलीको छोरा हरि वली————————–१

जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.24 हाल वडा नं.18

कारकाँदो घर भई हाल कारागार कार्यालय,बाँकेमा थुनामा रहेका सेत बहादुर

मल्लको छोरा दिपेन्द्र सिंह भन्‍ने दिपेन्द्र मल्ल——————————१

जिल्ला बाँके महादेवपुरी गा.वि.स.वडा नं.2 हाल राप्‍ती सोनारी गाउँपालिका

वडा नं.9 बस्ने विरवल रोका क्षेत्रीको छोरा केशव बहादुर रोकाय———-१

जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.3 पिपल चौतारा बस्ने गोविन्द

बहादुर के.सी.को छोरा दिपक के.सी.————————————-१

दायरी नम्बरः-०७५-CS-०१6२

     रजिष्‍ट्रेशन नम्बरः-१३-०७५-००361

निर्णय नं.-188

प्रेम बहादुर थापाको छोरा जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका 

साविक वडा नं.५ हाल वडा नं.4 गणेशपुर बस्ने प्रितम थापा—————१

श्यामलाल नेपालीको छोरा जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा 

नं.१६ हाल वडा नं.1२ बेलासपुर बस्ने माधव परियार भन्‍ने माधव नेपाली–१

विरुद्ध

किशोर कुमार मानन्धरको जाहेरीले नेपाल सरकार————————-१

दायरी नम्बरः-०७५-CS-०१64

     रजिष्‍ट्रेशन नम्बरः-१३-०७५-००373

निर्णय नं.-189

जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका  वडा नं.26 हाल वडा नं.20

राँझा बस्ने खगे बुढामगरको छोरा याम बहादुर बुढामगर——————-१

विरुद्ध

किशोर कुमार मानन्धरको जाहेरीले नेपाल सरकार————————-१

दायरी नम्बरः-०७५-CS-०१6५

     रजिष्‍ट्रेशन नम्बरः-१३-०७५-००37४

निर्णय नं.-190

जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.24 हाल वडा नं.18

कारकाँदो बस्ने वाल सिंह वलीको छोरा हरि वली————————१

विरुद्ध

किशोर कुमार मानन्धरको जाहेरीले नेपाल सरकार———————–१

दायरी नम्बरः-०७५-CS-०१8५

     रजिष्‍ट्रेशन नम्बरः-१३-०७५-००461

निर्णय नं.-19१

जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वा.नं.५ घर भई हाल कारागार

कार्यालय, तुलसीपुरमा थुनामा रहेको प्रकाश सिंहको छोरा सोहन सिंह ढकाल-१

विरुद्ध

किशोर कुमार मानन्धरको जाहेरीले नेपाल सरकार————————–१

दायरी नम्बरः-०७५-CS-०227

     रजिष्‍ट्रेशन नम्बरः-१३-०७५-००602

निर्णय नं.-192

जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.24 हाल वडा नं.18 

कारकाँदो बस्ने भेषराज चौलागाईको छोरा मनिष चौलागाई——————१

विरुद्ध

किशोर कुमार मानन्धरको जाहेरीले नेपाल सरकार————————–१

दायरी नम्बरः-०७५-CS-०328

     रजिष्‍ट्रेशन नम्बरः-१३-०७५-०1023

निर्णय नं.-19३

जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.24 हाल वडा नं.18 

कारकाँदो बस्ने प्रकाश कुमार पाठकको छोरा विवाद पाठक—————–१

विरुद्ध

किशोर कुमार मानन्धरको जाहेरीले नेपाल सरकार————————–१

दायरी नम्बरः-०७५-CS-०337

     रजिष्‍ट्रेशन नम्बरः-१३-०७५-०10५6

निर्णय नं.-19४

जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वा.नं.24 घर भई हाल कारागार

कार्यालय,बाँकेमा थुनामा रहेका शेर बहादुर मल्लको छोरा दिपेन्द्र सिंह भन्‍ने 

दिपेन्द्र मल्ल————————————————————–१

विरुद्ध

किशोर कुमार मानन्धरको जाहेरीले नेपाल सरकार————————–१

दायरी नम्बरः-०७५-CS-०3६9

     रजिष्‍ट्रेशन नम्बरः-१३-०७५-०1१६७

निर्णय नं.-19५

दयाराम खड्काको छोरा जिल्ला बाँके राप्‍ती सोनारी गाउँपालिका वडा नं.9 घर

भई हाल कारागार कार्यालय,बाँकेमा थुनामा रहेको मोहन खड्का भन्‍ने मोहनलाल

खड्का———————————————————————१

विरुद्ध

किशोर कुमार मानन्धरको जाहेरीले नेपाल सरकार—————————-१

दायरी नम्बरः-०७५-CS-०3७9

     रजिष्‍ट्रेशन नम्बरः-१३-०७५-०1२३१

निर्णय नं.-19६

पल बहादुर खत्रीको छोरा जिल्ला बाँके राप्‍ती सोनारी गाउँपालिका वडा नं.9 घर 

भई हाल जिल्ला कारागार कार्यालय,धनगढीमा थुनामा रहेको बर्ष २७ को प्रशान्त

गौतम भन्‍ने प्रेमध्व के.सी.—————————————————१

विरुद्ध

किशोर कुमार मानन्धरको जाहेरीले नेपाल सरकार—————————-१

दायरी नम्बरः-०७५-CS-०383

     रजिष्‍ट्रेशन नम्बरः-१३-०७५-०1272

निर्णय नं.-19७

जगदिश खत्रीको छोरा जिल्ला बाँके राप्‍ती सोनारी गाउँपालिका वडा नं.9 घर 

भई हाल जिल्ला कारागार,बाँकेमा थुनामा रहेको नवराज खत्री—————-१

विरुद्ध

किशोर कुमार मानन्धरको जाहेरीले नेपाल सरकार————————–१

दायरी नम्बरः-०७५-CS-०4५3

     रजिष्‍ट्रेशन नम्बरः-१३-०७५-०1614

निर्णय नं.-198

ज्ञान बहादुर बस्नेतको छोरा जिल्ला बाँके राप्ती सोनारी गाउँपालिका वडा नं.9 

घर भई हाल जिल्ला कारागार, भिमफेदी मकवानपुरमा थुनामा रहेको विशाल 

बस्नेत भन्‍ने छविलाल बस्नेत———————————————१

विरुद्ध

किशोर कुमार मानन्धरको जाहेरीले नेपाल सरकार————————-१

  न्याय प्रशासन ऐन,२०७३ को दफा ८(घ) बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्र   पर्ने भै दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यस प्रकार छः-

तथ्य खण्ड

जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.१६ स्थित पूर्वमा नेपालगञ्‍ज सुर्खेत सडक खण्ड, पश्‍चिममा पशुपती अटो ट्रेडर्स, उत्तरमा सिम्ताली होटल र दक्षिणमा सिद्धार्थ कटेज प्रवेश गर्ने बाटो यति ४ किल्लाभित्र जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.५ बस्ने रिगल ढकाल समेतका व्यक्तिहरुले चेतन मानन्धरलाई धारिलो हतियार खुँडा प्रहार गरेको, घटना स्थलमा रहेका ढुङ्गामा रगत जस्तो पदार्थको छिटाहरु रहेको सोही नजिक हड्डीको टुक्रा समेत रहेको भन्‍ने व्यहोराको मिति २०७२/०३/२८ गतेको घटनास्थल मुचुल्का।

जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.१६ स्थित पूर्वमा नेपालगञ्‍ज सुर्खेत सडक खण्ड, पश्‍चिममा सिद्धार्थ कटेज एण्ड रेष्‍टुरेण्ट, उत्तरमा सिद्धार्थ कटेज प्रवेश गर्ने बाटो, दक्षिणमा हिकोला कलर ल्याब यति चार किल्लाभित्र घटना स्थलबाट २५ मिटर दक्षिण पश्‍चिममा रहेको ऋषिराज खनालको उक्त घरको भुईतलाको पश्‍चिम पट्टी युनिभर्सल मनि ट्रान्सफर रहेको, उक्त मनि ट्रान्सफरको अगाडी भित्ता नजिक भुईमा ६.५ ईन्च काठको विडको भाग १५ ईन्च धारिलो खुँडाको भाग उक्त भागमा सल्यान २०७२ लेखेको धारिलो भागको दुबै साईडमा रगत जस्तो पदार्थ लागेको खुँडा थान-१ बरामद भएको भन्‍ने व्यहोराको मिति २०७२/०३/२८ गतेको खान तलासी बरामदी मुचुल्का ।

  • जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.१६ स्थित पूर्व, पश्‍चिम, उत्तर र दक्षिणमा सिद्धार्थ कटेजको कम्पाउण्ड यति ४ किल्लाभित्र रहेको सोही कटेजको शाकाहारी किचनको पश्‍चिम पट्टी कुनामा कोकको क्यारेट माथि काठको भाग ६.५ ईन्च रहेको, १५ ईन्च धारको भाग भएको धारिलो खुँडा थान-१ बरामद भएको भन्‍ने समेत व्यहोराको मिति २०७२/०३/२८ गतेको खान तलासी बरामदी मुचुल्का ।
  • जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.१६ स्थित पुर्वमा सिद्धार्थ कटेजको बाहिर जाने कम्पाउण्ड बाटो, पश्‍चिममा सोही कटेजको भित्री कम्पाउण्ड प्रवेश गर्ने गेट, उत्तरमा स्वस्तिक कटेजको टिनले छाएको लामो भवन र दक्षिणमा सिद्धार्थ कटेजको पार्किङ्ग यति ४ किल्लाभित्र रहेको बास निगालोको झ्याङ्गबाट काठको भाग ८ ईन्च लम्बाई भएको, अगाडी फलामको धारिलो भाग २० ईन्च लम्बाई भएको, सल्यान लेखेको टुप्पामा माछा छाप भएको थान-२ खुँडा बरामद भएको भन्‍ने व्यहोराको मिति २०७२/०३/२८ गतेको खानतलासी बरामदी मुचुल्का।
  • मिति २०७२/०३/२८ गते दिनको अन्दाजी १५:०० बजेको समयमा जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.१६ स्थित सुर्खेत रोडको पश्‍चिम किनारामा जिल्ला बाँके नपालगञ्‍ज उप-महनागरपालिका वडा नं.८ बस्ने बर्ष २९ को चेतन मान्धरलाई ऐ.ऐ. ५ बस्ने रिगल ढकालको नेतृत्वमा आएका समूहले धारिलो हतियार खुँडा प्रहार गरेको वारदातको सम्बन्धमा संलग्न व्यक्तिहरुको पहिचान गर्नको लागि हामी प्रहरी टोली खटी गई वारदातमा संलग्न व्यक्तिहरुको खोजतलास गर्ने क्रममा वारदात पश्‍चात निजहरु सिद्धार्थ कटेजको दक्षिण तर्फको गेटबाट भागी गएको भन्‍ने जानकारी अनुसार पिछा गर्दै जाने क्रममा प्रशान्त गौतम, नबराज खत्री, विशाल बस्नेत, केशव रोकाय, मोहन खड्कालाई भाग्दै गरेको अवस्थामा जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.२३ मानपुरबाट साथै प्रितम थापा र माधव परियारलाई जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.१६ बाट लुकिछिपी बसेको अवस्थामा फेला पारी निजहरुलाई भाग्न उम्कन नदिई पक्राउ गरेको र घटनामा संलग्न रिगल ढकाल, मनिष चौलागाई, विवाद पाठक, हरि वली, याम बहादुर बुढा मगर, सोहन सिंह ढकाल, दिपेन्द्र मल्ल फरार रहेकोले निजको खोजी कार्य भई रहेको भन्‍ने व्यहोराको प्र.ना.नि.मणिराम लामिछाने समेतको प्रतिवेदन।
  • जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.१६ स्थित पूर्व, पश्‍चिम, उत्तर र दक्षिण नेपालगञ्‍ज मेडिकल कलेजको कम्पाउण्ड यति ४ किल्लाभित्र रहेको ईमर्जेन्सी वार्डको भित्र पट्टी रहेको ड्रेसिङ्ग रुमको बेडमा जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.८ बस्ने बर्ष २९ को चेतन मानन्धरको पश्‍चिम टाउको, पूर्व खुट्टा भई उत्तानो अवस्थामा मृत लाश रहेको, उक्त लाशको दायाँ हातको कुहिनाको जोर्नी काटिएर पुरै हड्डी छिनालिएको थोरै मासुको भाग बाँकी रहेको भन्‍ने समेत व्यहोराको मिति २०७२/०३/२८ गतेको लाशजाँच मुचुल्का।
  • म जाहेरवालाको छोरा चेतन मानन्धरले रिगल ढकाल र निजको समूहमा हिड्ने व्यक्तिहरुले गर्ने गरेको दादागिरीको बिरोध गर्ने गरेको हुँदा निजहरुले सोही कारण मेरो छोरासँग रिसइवी राखी मिति २०७२/०३/२८ गते जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.१६ स्थित ज्योती सिम्ताली होटल अगाडी रिगल ढकाल समेतका व्यक्तिहरुले मेरो छोरालाई सिध्याउने योजना बनाई धारिलो हतियार खुँडा प्रहार गरी कर्तव्य गरी मारेकाले कानून बमोजिम कारवाही गरिपाउँ भन्‍ने व्यहोराको किशोर कुमार मानन्धरको मिति २०७२ /०३/२९ गतेको जाहेरी दरखास्त।
  • वारदात स्थलबाट भागी फरार रहेका प्रतिवादीहरु हरि वली, विवाद पाठक, याम बहादुर बुढा मगर र मनिष चौलागाई रुपन्देही जिल्लाको वडा एरियामा लुकिछिपी बसेका छन् भन्‍ने सूचना अनुसार जिल्ला प्रहरी कार्यालय,रुपन्देहीसँग समन्वय गरी निजहरुलाई पक्राउ गरी दाखिला गरेका छौं भन्‍ने व्यहोराको प्र.नि.भरत सिंह राठौर समेतको प्रतिवेदन।
  • जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.५ न्यूरोड स्थित पूर्वमा लोक बहादुर सुनारको घर, पश्‍चिममा न्यूरोड सडक, उत्तरमा सि.जि.टि.भि.को सोरुम र दक्षिणमा ईन्द्रेणी होटलको बिल्डिङ्ग यति ४ किल्लाभित्र रहेको घनश्याम थापाले सञ्‍चालन गरेको ईन्द्रेणी होटलको काउण्टर कोठाबाट ईन्द्रेणी होटलको मिति २०७२/०३/१६ गते देखि ऐ.२८ गते सम्मको ईन्ट्री रजिष्‍टर थान-१ बरामद गरेको भन्‍ने व्यहोराको मिति २०७२/०३/ ३१ गतेको बरामदी मुचुल्का।
  • जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.५ न्यूरोड स्थित पूर्वमा लोक बहादुर सुनारको घर, पश्‍चिममा न्यूरोड सडक, उत्तरमा सि.जि.टि.भि.को सोरुम र दक्षिणमा ईन्द्रेणी होटलको बिल्डिङ्ग यति ४ किल्ला भित्र रहेको घनश्याम थापाले सञ्‍चालन गरेको ईन्द्रेणी होटलको कोठा नं.१०४ बाट छरपस्ट अवस्थामा रहेका बरामदी मुचुल्काको प्रकरण नं.३ मा उल्लेखित सामानहरु बरामद गरेको भन्‍ने व्यहोराको मिति २०७२/०३/३१ गतेको खानतलासी बरामदी मुचुल्का।
  • मिति २०६७/०३/३२ गते म लगायतका छविलाल बस्नेत, प्रेमध्वज खत्री, मोहनलाल खड्का समेतले कोहलपुर बस्ने पूर्ण बहादुर डाँगीलाई कर्तव्य गरी मारे पश्‍चात हामीहरु फरार भई लुक्दै छिप्दै आई रहेको अवस्था छ।रिगल ढकाल र सोहन ढकाललाई पहिले देखि नै चिन्‍ने र निजहरुले लगाएका ठेक्‍कापट्टाको काममा हामीहरु निजले भनेका मानिसहरुलाई धम्क्याउने, कुट्ने काम गर्दथ्यौं।यस्ता काम गरे वापत निजले हामीलाई पैसा दिन्छन् र हामीहरु भारतका विभिन्‍न शहरमा गई बस्ने गर्दथ्यौं।यस्तैमा वारदात भन्दा केही समय पहिले रिगल ढकाल र सोहन सिंहले हामीलाई सम्पर्क गरी जरुरी काम छ नेपालगञ्‍ज आउनु म तिमीहरुलाई आफ्नै नाममा होटल ईन्द्रेणीमा कोठा बुक गरिदिन्छु भने पश्‍चात म प्रशान्त गौतम भन्‍ने प्रेमध्वज खत्री, विशाल बस्नेत भन्‍ने छविलाल बस्नेत, मोहनलाल खड्का र केशव रोकाय मिति २०७२/०३/२० गते नेपालगञ्‍ज आई न्यूरोड मा रहेको होटल ईन्द्रेणीमा गई बुझ्दा रिगल ढकालले निजकै नाममा होटल ईन्द्रेणीको कोठा नं.१०४ बुक गरिदिएको देखि सोही मितिदेखि हामीहरु उक्त होटल कोठामा बसेका थियौं।हामीहरु उक्त होटलमा बसेको अवस्थामा सोहन सिंह र दिपेन्द्र मल्ल प्रायः दैनिक आउने गर्दथे।निजले तिमीहरु अहिले आनन्दले बस्दै गर कामको बारेमा रिगल दाई आएपछि भन्‍नु हुन्छ भनेका थिए।यस्तैमा मिति २०७२/०३/२५ गते सोहन सिंह र दिपेन्द्र मल्लले बिहान र दिउँसो गरी ४ वटा धारिला खुँडाहरु ल्याई हामी बसेको होटलको कोठामा राख्‍न दिएका थिए।मिति २०७२/०३/२६ गते रिगल ढकाल हामी बसेको होटल कोठामा आई ल केटा हो तिमीहरुलाई म भोली एउटा फोटो देखाउँछु त्यो व्यक्तिलाई सिध्याउने हो, मौका मिल्नासाथ तिमीहरुलाई लिनको लागि सोहनलाई पठाउँछु भनि सो को भोलीपल्ट २०७२/०३/२७ गते रिगल ढकाल, सोहन सिंह र हरि वली हामीलाई भेट्न आई फोटो देखाई यही हो चेतन मानन्धर भन्‍ने यसलाई नै सिध्याउने हो भनि हामीहरुलाई चिनाई गएकोमा भोलीपल्ट मिति २०७२/०३/२८ गते दिउँसो सोहन ढकालले केटा हो अब जाउँ रिगल दाईले बोलाउनु भएको छ भने पश्‍चात हामीहरु होटलमा राखेका धारिला खुँडाहरु बोकी ज्योती सिम्ताली होटल नजिक रहेको चिया पसलमा पुगी उक्त स्थानमा हामीहरु रिगल ढकाल, सोहन सिंह, दिपेन्द्र मल्ल, माधव परियार, प्रितम थापा, हरि वली, विवाद पाठक, याम बहादुर बुढामगर, मनिष चौलागाई, म,  प्रेमध्वज खत्री, छविलाल बस्नेत, मोहनलाल खड्का र केशव बहादुर रोकाय जम्मा भएपश्‍चात रिगल ढकाल, सोहन सिंह, प्रेमध्वज खत्री र छविलाल बस्नेतले हातमा एक-एक वटा धारिलो खुँडा समाई ज्योती सिम्ताली होटल अगाडी रहेका चेतन मानन्धरको समूहलाई दौडदैं हामी सबैले घेरा हाली हान्‍न खोजेको अवस्थामा निजका समूहका केही व्यक्तिहरु भागे निज चेतन मानन्धर समेत भाग्न खोजको अवस्थामा हामीहरुले निजलाई समाती लछार-पछार गर्दै रिगल ढकालको अगाडी पुर्‍याई दिएकोमा रिगल ढकालले आफ्नो साथमा ल्याएको धारिलो खुँडाले चेतन मानन्धरको टाउको ताकी प्रहार गर्दा चेतन मानन्धरले आफ्नो दायाँ हातले छेकेकोमा निजको उक्त हात कुहिनाको जोर्नीबाट काटिएको हो भन्‍ने समेत व्यहोराको प्रतिवादी नबराज खत्रीले मौकामा गरेको बयान।
  • म विगत ८/९ बर्षदेखि रिगल ढकालको समूहमा रही निजसँग काम गर्दै आई रहेको छु। रिगल ढकालको नेतृत्वमा हाम्रो समूहले विभिन्‍न गाडी समिति, निर्माण व्यवसायी, ठेक्‍का पट्टाको काम गर्ने ठेकेदारहरुसँग रकम असुल्ने काम गर्दछौं।नेपालगञ्‍जस्थित ज्योती सिम्ताली होटलबाट सञ्‍चालन हुने ईन्डियन समितिबाट समेत हाम्रो समूहले मासिक रुपमा १० प्रतिशत रकम असुल्दै आई रहेको अवस्थामा चेतन मान्धरको समूहले उक्त समितिमा हामीले  प्राप्‍त गर्ने १० प्रतिशत रकम हडप्नको लागि प्रयास गरिरहेकोले निजहरुलाई ठीक पार्ने उद्देश्यले हामीहरुले योजना बनाई रिगल ढकाल र सोहन सिंहले फोन सम्पर्क गरी प्रेमध्वज खत्री, छविलाल बस्नेत, नबराज खत्री, मोहन खड्का, केशव रोकायलाई मिति २०७२ /०३/२० गतेदेखि नेपालगञ्‍ज न्यूरोड स्थित होटल ईन्द्रेणीको कोठा नं.१०४ बुक गरी राखिएको अवस्था थियो।हामीहरुले योजना बनाई अब चेतन मानन्धरको समूहलाई ठीक पार्नु पर्छ भनि योजना बनाई मौका खोजी रहेको अवस्थामा वारदात मिति २०७२/०३ /२८ गते निज चेतन मानन्धरको समूहले उल्लेखित ईन्डियन समिति कब्जा गर्‍यो भन्‍ने सूचना प्राप्‍त भए पश्‍चात हामीहरुले एकअर्कालाई फोन सम्पर्क गरी ज्योती सिम्ताली होटल नजिकको चिया पसलमा जम्मा हुने सल्लाह गरेकोमा सोही दिन दिउँसो उक्त स्थानमा म, रिगल ढकाल, सोहन सिंह, दिपेन्द्र मल्ल, विवाद पाठक, मनिष चौलागाई, माधव परियार, प्रितम थापा, याम बहादुर बुढा मगर, नबराज खत्री, प्रेमध्वज खत्री, मोहनलाल खड्का, केशव रोकाय, छविलाल बस्नेत जम्मा भई सल्लाह गरेपश्‍चात रिगल ढकाल, सोहन सिंह, प्रेमध्वज खत्री र छविलाल बस्नेतले हातमा एक-एक वटा खुँडा बोकी हामी सबै जना भई ज्योती सिम्ताली होटल अगाडी जम्मा भएका चेतन मानन्धरको समूहलाई दौड्दै गई घेरा हाली भाग्न उम्कन नदिई भाग्न खोजी रहेका चेतन मानन्धरलाई समाती लछार-पछार गर्दै रिगल ढकालको अगाडी पुर्‍याई दिएकोमा रिगल ढकालले आफ्नो साथमा बोकेको धारिलो खुँडाले चेतन मानन्धरको टाउको ताकी प्रहार गर्दा निज चेतन मानन्धरले आफ्नो दायाँ हातले छेकेकोमा निजको उक्त हात कुहिनाको जोर्नीबाट काटिएको हो भन्‍ने व्यहोराको प्रतिवादी हरि वलीले मौकाका गरेको बयान।
  • म विगत ६/७ बर्ष देखि रिगल ढकालको समूहमा रही निजसँग काम गर्दै आई रहेको छु।रिगल ढकालको नेतृत्वमा हाम्रो समूहले विभिन्‍न गाडी समिति, निर्माण व्यवसायी, ठेक्‍का पट्टाको काम गर्ने ठेकेदारहरुसँग रकम असुल्ने काम गर्दछौं।नेपालगञ्‍जस्थित ज्योती सिम्ताली होटलबाट सञ्‍चालन हुने ईन्डियन समितिबाट समेत हाम्रो समूहले मासिक रुपमा १० प्रतिशत रकम असुल्दै आई रहेको अवस्थामा चेतन मान्धरको समूहले उक्त समितिमा हामीले  प्राप्‍त गर्ने १० प्रतिशत रकम हडप्नको लागि प्रयास गरिरहेकोले निजहरुलाई ठीक पार्ने उद्देश्यले हामीहरुले योजना बनाई रिगल ढकाल र सोहन सिंहले फोन सम्पर्क गरी प्रेमध्वज खत्री, छविलाल बस्नेत, नबराज खत्री, मोहन खड्का, केशव रोकायलाई मिति २०७२ /०३/२० गते देखि नेपालगञ्‍ज न्यूरोडस्थित होटल ईन्द्रेणीको कोठा नं.१०४ बुक गरी राखिएको अवस्था थियो।हामीहरुले योजना बनाई अब चेतन मानन्धरको समूहलाई ठीक पार्नु पर्छ भनि योजना बनाई मौका खोजी रहेको अवस्थामा वारदात मिति २०७२/०३/ २८ गते निज चेतन मानन्धरको समूहले उल्लेखित ईन्डियन समिति कब्जा गर्‍यो भन्‍ने सूचना प्राप्‍त भएपश्‍चात हामीहरुले एकअर्कालाई फोन सम्पर्क गरी ज्योती सिम्ताली होटल नजिकको चिया पसलमा जम्मा हुने सल्लाह गरेकोमा उक्त दिउँसो उक्त स्थानमा रिगल ढकाल, सोहन सिंह, दिपेन्द्र मल्ल, , विवाद पाठक, मनिष चौलागाई, माधव परियार, प्रितम थापा, हरि वली, नबराज खत्री, प्रेमध्वज खत्री, मोहनलाल खड्का, केशव रोकाय, छविलाल बस्नेत जम्मा भई सल्लाह गरे पश्‍चात रिगल ढकाल, सोहन सिंह, प्रशान्त भन्‍ने प्रेमध्वज खत्री र विशाल भन्‍ने छविलाल बस्नेतले हातमा एक एक वटा खुँडा बोकी हामी सबै जना भई ज्योती सिम्ताली होटल अगाडी जम्मा भएको चेतन मानन्धरको समूहलाई दोड्दै गई घेरा हाली भाग्न उम्कन नदिई भाग्न खोजिरहेका चेतन मानन्धरलाई समाती लछार-पछार गर्दै रिगल ढकालको अगाडी पुर्‍याई दिएकोमा रिगल ढकालले आफ्नो साथमा बोकेको धारिलो खुँडाले चेतन मानन्धरको टाउको ताकी प्रहार गर्दा निज चेतन मानन्धरले आफ्नो दायाँ हातले छेकेकोमा निजको उक्त हात कुहिनाको जोर्नीबाट काटिएको हो भन्‍ने व्यहोराको प्रतिवादी याम बहादुर बुढा मगरले मौकामा गरेको बयान।
  • म विगत १०/१२ बर्षदेखि रिगल ढकालको समूहमा रही निजसँग काम गर्दै आई रहेको छु।रिगल ढकालको नेतृत्वमा हाम्रो समूहले विभिन्‍न गाडी समिति, निर्माण व्यवसायी, ठेक्‍कापट्टाको काम गर्ने ठेकेदारहरुसँग रकम असुल्ने काम गर्दछौं।नेपालगञ्‍जस्थित ज्योती सिम्ताली होटलबाट सञ्‍चालन हुने ईन्डियन समितिबाट समेत हाम्रो समूहले सामिक रुपमा १० प्रतिशत रकम असुल्दै आई रहेको अवस्थामा चेतन मान्धरको समूहले उक्त समितिमा हामीले  प्राप्‍त गर्ने १० प्रतिशत रकम हडप्नको लागि प्रयास गरिरहेकोले निजहरुलाई ठीक पार्ने उद्देश्यले हामीहरुले योजना बनाई रिगल ढकाल र सोहन सिंहले फोन सम्पर्क गरी प्रशान्त भन्‍ने प्रेमध्वज खत्री, विशाल भन्‍ने छविलाल बस्नेत, नबराज खत्री, मोहन खड्का, केशव रोकायलाई मिति २०७२/०३/२० गते देखि नेपालगञ्‍ज न्यूरोडस्थित होटल ईन्द्रेणीको कोठा नं.१०४ बुक गरी राखिएको अवस्था थियो।हामीहरुले अब चेतन मानन्धरको समूहलाई ठीक पार्नु पर्छ भनि योजना बनाई मौका खोजी रहेको अवस्थामा वारदात मिति २०७२/०३/२८ गते निज चेतन मानन्धरको समूहले उल्लेखित ईन्डियन समिति कब्जा गर्‍यो भन्‍ने सूचना प्राप्‍त भएपश्‍चात हामीहरुले एकअर्कालाई फोन सम्पर्क गरी ज्योती सिम्ताली होटल नजिकको चिया पसलमा जम्मा हुने सल्लाह गरेकोमा उक्त दिउँसो उक्त स्थानमा म, रिगल ढकाल, सोहन सिंह ढकाल, दिपेन्द्र मल्ल, विवाद पाठक, मनिष चौलागाई, माधव परियार, याम बहादुर बुढा मगर, हरि वली, नबराज खत्री, प्रशान्त भन्‍ने प्रेमध्वज खत्री, मोहनलाल खड्का, केशव रोकाय, विशाल भन्‍ने छविलाल बस्नेत जम्मा भई सल्लाह गरेपश्‍चात रिगल ढकाल, सोहन सिंह, प्रेमध्वज खत्री र छविलाल बस्नेतले हातमा एक-एक वटा खुँडा बोकी हामी सबै जना भई ज्योती सिम्ताली होटल अगाडी जम्मा भएको चेतन मानन्धरको समूहलाई दौड्दै गई घेरा हाली भाग्न उम्कन नदिई भाग्न खोजी रहेका चेतन मानन्धरलाई समाती लछार-पछार गर्दै रिगल ढकालको अगाडी पुर्‍याई दिएकोमा रिगल ढकालले आफ्नो साथमा बोकेको धारिलो खुँडाले चेतन मानन्धरको टाउको ताकी प्रहार गर्दा निज चेतन मानन्धरले आफ्नो दायाँ हातले छेकेकोमा निजको उक्त हात कुहिनाको जोर्नीबाट काटिएको हो भन्‍ने व्यहोराको प्रतिवादी प्रितम थापाले मौकामा गरेको बयान।
  • म विगत १०/१२ बर्ष देखि रिगल ढकालको समूहमा रही निजसँग काम गर्दै आई रहेको छु।रिगल ढकालको नेतृत्वमा हाम्रो समूहले विभिन्‍न गाडी समिति निर्माण व्यवसायी ठेक्‍का पट्टाको काम गर्ने ठेकेदारहरुसँग रकम असुल्ने काम गर्दछौं।नेपालगञ्‍ज स्थित ज्योती सिम्ताली होटलबाट सञ्‍चालन हुने ईन्डियन समितिबाट समेत हाम्रो समूहले मासिक रुपमा १० प्रतिशत रकम असुल्दै आई रहेको अवस्थामा चेतन मान्धरको समूहले उक्त समितिमा हामीले  प्राप्‍त गर्ने १० प्रतिशत रकम हडप्नको लागि प्रयास गरी रहेकोले निजहरुलाई ठीक पार्ने उद्देश्यले हामीहरुले योजना बनाई रिगल ढकाल र सोहन सिंहले फोन सम्पर्क गरी प्रेमध्वज खत्री, छविलाल बस्नेत, नबराज खत्री, मोहन खड्का, केशव रोकायलाई मिति २०७२/०३/२० गते देखि नेपालगञ्‍ज न्यूरोडस्थित होटल ईन्द्रेणीको कोठा नं.१०४ बुक गरि राखिएको अवस्था थियो।हामीहरुले अब चेतन मानन्धरको समूहलाई ठीक पार्नु पर्छ भनि योजना बनाई मौका खोजिरहेको अवस्थामा वारदात मिति २०७२/०३/२८ गते निज चेतन मानन्धरको समूहले उल्लेखित ईन्डियन समिति कब्जा गर्‍यो भन्‍ने सूचना प्राप्‍त भए पश्‍चात हामीहरुले एक अर्कालाई फोन सम्पर्क गरी ज्योती सिम्ताली होटल नजिकको चिया पसलमा जम्मा हुने सल्लाह गरेकोमा उक्त दिउँसो उक्त स्थानमा म, रिगल ढकाल, सोहन सिंह, दिपेन्द्र मल्ल, विवाद पाठक, मनिष चौलागाई, प्रितम थापा, याम बहादुर बुढा मगर, हरि वली, नबराज खत्री, प्रशान्त भन्‍ने प्रेमध्वज खत्री, मोहनलाल खड्का, केशव रोकाय, छविलाल बस्नेत जम्मा भई सल्लाह गरे पश्‍चात रिगल ढकाल, सोहन सिंह, प्रेमध्वज खत्री र विशाल भन्‍ने छविलाल बस्नेतले हातमा एक-एक वटा खुँडा बोकी हामी सबै जना भई ज्योती सिम्ताली होटल अगाडी जम्मा भएको चेतन मानन्धरको समूहलाई दोड्दै गई घेरा हाली भाग्न उम्कन नदिई भाग्न खोजी रहेका चेतन मानन्धरलाई समाती लछार-पछार गर्दै रिगल ढकालको अगाडी पुर्‍याई दिएको मा रिगल ढकालले आफ्नो साथमा बोकेको धारिलो खुँडाले चेतन मानन्धरको टाउको ताकी प्रहार गर्दा निज चेतन मानन्धरले आफ्नो दायाँ हातले छेकेकोमा निजको उक्त हात कुहिनाको जोर्नीबाट काटिएको हो भन्‍ने व्यहोराको प्रतिवादी माधव परियारले मौकामा गरेको बयान।
  • म विगत ६/७ बर्ष देखि रिगल ढकालको समूहमा रही निजसँग काम गर्दै आई रहेको छु। रिगल ढकालको नेतृत्वमा हाम्रो समूहले विभिन्‍न गाडी समिति निर्माण व्यवसायी ठेक्‍का पट्टाको काम गर्ने ठेकेदारहरुसँग रकम असुल्ने काम गर्दछौं।नेपालगञ्‍जस्थित ज्योती सिम्ताली होटल बाट सञ्‍चालन हुने ईन्डियन समितिबाट समेत हाम्रो समूहले मासिक रुपमा १० प्रतिशत रकम असुल्दै आई रहेको अवस्थामा चेतन मान्धरको समूहले उक्त समितिमा हामीले  प्राप्‍त गर्ने १० प्रतिशत रकम हडप्नको लागि प्रयास गरी रहेकोले निजहरुलाई ठीक पार्ने उद्देश्यले हामीहरुले योजना बनाई रिगल ढकाल र सोहन सिंहले फोन सम्पर्क गरी प्रशान्त भन्‍ने प्रेमध्वज खत्री, विशाल भन्‍ने छविलाल बस्नेत, नबराज खत्री, मोहन खड्का, केशव रोकायलाई मिति २०७२/०३/२० गते देखि नेपालगञ्‍ज न्यूरोड स्थित होटल ईन्द्रेणीको कोठा नं.१०४ बुक गरी राखिएको अवस्था थियो।हामीहरुले अब चेतन मानन्धरको समूहलाई ठीक पार्नु पर्छ भनि योजना बनाई मौका खोजी रहेको अवस्थामा वारदात मिति २०७२/०३/२८ गते निज चेतन मानन्धरको समूहले उल्लेखित ईन्डियन समिति कब्जा गर्‍यो भन्‍ने सूचना प्राप्‍त भए पश्‍चात हामीहरुले एक अर्कालाई फोन सम्पर्क गरि ज्योति सिम्ताली होटल नजिकको चिया पसलमा जम्मा हुने सल्लाह गरेकोमा उक्त दिउँसो उक्त स्थानमा म, रिगल ढकाल, सोहन सिंह, दिपेन्द्र मल्ल, विवाद पाठक, माधव परियार, प्रितम थापा, याम बहादुर बुढा मगर, हरि वली, नबराज खत्री, प्रशान्त भन्‍ने प्रेमध्वज खत्री, मोहनलाल खड्का, केशव रोकाय, विशाल भन्‍ने छविलाल बस्नेत जम्मा भई सल्लाह गरे पश्‍चात रिगल ढकाल, सोहन सिंह, प्रेमध्वज खत्री र छविलाल बस्नेतले हातमा एक-एक वटा खुँडा बोकी हामी सबै जना भई ज्योती सिम्ताली होटल अगाडी जम्मा भएको चेतन मानन्धरको समूहलाई दोड्दै गई घेरा हाली भाग्न उम्कन नदिई भाग्न खोजी रहेका चेतन मानन्धरलाई समाती लछार-पछार गर्दै रिगल ढकालको अगाडी पुर्‍याई दिएकोमा रिगल ढकालले आफ्नो साथमा बोकेको धारिलो खुँडाले चेतन मानन्धरको टाउकोमा ताकी प्रहार गर्दा निज चेतन मानन्धरले आफ्नो दायाँ हातले छेकेकोमा निजको उक्त हात कुहिनाको जोडनीबाट काटिएको हो भन्‍ने व्यहोराको प्रतिवादी मनिष चौलागाईले मौकामा गरेको बयान।
  • म विगत ७/८ बर्ष देखि रिगल ढकालको समूहमा रही निजसँग काम गर्दै आई रहेको छु। रिगल ढकालको नेतृत्वमा हाम्रो समूहले विभिन्‍न गाडी समिति निर्माण व्यवसायी ठेक्‍का पट्टाको काम गर्ने ठेकेदारहरुसँग रकम असुल्ने काम गर्दछौं।नेपालगञ्‍ज स्थित ज्योती सिम्ताली होटलबाट सञ्‍चालन हुने ईन्डियन समितिबाट समेत हाम्रो समूहले मासिक रुपमा १० प्रतिशत रकम असुल्दै आई रहेको अवस्थामा चेतन मान्धरको समूहले उक्त समितिमा हामीले  प्राप्‍त गर्ने १० प्रतिशत रकम हडप्नको लागि प्रयास गरी रहेकोले निजहरुलाई ठीक पार्ने उद्देश्यले हामीहरुले योजना बनाई रिगल ढकाल र सोहन सिंहले फोन सम्पर्क गरी प्रशान्त भन्‍ने प्रेमध्वज खत्री, विशाल भन्‍ने छविलाल बस्नेत, नबराज खत्री, मोहन खड्का, केशव रोकायलाई मिति २०७२/०३/२० गतेदेखि नेपालगञ्‍ज न्यूरोड स्थित होटल ईन्द्रेणीको कोठा नं.१०४ बुक गरी राखिएको अवस्था थियो।हामीहरुले अब चेतन मानन्धरको समूहलाई ठीक पार्नु पर्छ भनि योजना बनाई मौका खोजी रहेको अवस्थामा वारदात मिति २०७२/०३/२८ गते निज चेतन मानन्धरको समूहले उल्लेखित ईन्डियन समिति कब्जा गर्‍यो भन्‍ने सूचना प्राप्‍त भए पश्‍चात हामीहरुले एकअर्कालाई फोन सम्पर्क गरि ज्योति सिम्ताली होटल नजिकको चिया पसलमा जम्मा हुने सल्लाह गरेकोमा उक्त दिउँसो उक्त स्थानमा म रिगल ढकाल, सोहन सिंह, दिपेन्द्र मल्ल, मनिष चौलागाई, माधव परियार, प्रितम थापा, याम बहादुर बुढा मगर, हरि वली, नबराज खत्री, प्रशान्त भन्‍ने प्रेमध्वज खत्री, मोहनलाल खड्का, केशव रोकाय, विशाल भन्‍ने छविलाल बस्नेत जम्मा भई सल्लाह गरे पश्‍चात रिगल ढकाल, सोहन सिंह, प्रेमध्वज खत्री र छविलाल बस्नेतले हातमा एक-एक वटा खुँडा बोकी हामी सबै जना भई ज्योती सिम्ताली होटल अगाडी जम्मा भएको चेतन मानन्धरको समूहलाई दोड्दै गई घेरा हाली भाग्न उम्कन नदिई भाग्न खोजी रहेका चेतन मानन्धरलाई समाती लछार-पछार गर्दै रिगल ढकालको अगाडी पुर्‍याई दिएकोमा रिगल ढकालले आफ्नो साथमा बोकेको धारिलो खुँडाले चेतन मानन्धरको टाउको ताकी प्रहार गर्दा निज चेतन मानन्धरले आफ्नो दायाँ हातले छेकेकोमा निजको उक्त हात कुहिनाको जोर्नीबाट काटिएको हो भन्‍ने व्यहोराको प्रतिवादी विवाद पाठकले मौकामा गरेको बयान।
  • मिति २०७२/०३/२८ गते म, चेतन मानन्धर र विनय लामा आफ्नो काम विशेषले जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.१६ स्थित ज्योति सिम्ताली होटलसँगै रहेको मोटरसाईकल वर्कसप अगाडी उभि रहेको अवस्थामा रिगल ढकाल, सोहन सिंह, दिपेन्द्र मल्ल, माधव परियार, प्रितम थापा, हरि वली, विवाद पाठक, मनिष चौलागाई, याम बहादुर बुढा मगर र तत्काल नाम थाहा नभएका हाल थाहा भएका प्रशान्त भन्‍ने प्रेमध्वज खत्री, नबराज खत्री, मोहनलाल खड्का, विशाल भन्‍ने छविलाल बस्नेत, केशव बहादुर रोकायले हातमा धारिला खुँडा, खुकुरी, चक्‍कु लगायतका हतियार बोकी दोड्दै आई एक्‍कासी हामीलाई घेरा हाली भाग्न उम्कन नदिई प्रहार गर्न खोज्दा चेतन मानन्धर बाहेकका हामीहरु निजहरुको घेरा तोडी भाग्न सफल भई पछाडी फर्की हेर्दा निजहरुले चेतन मानन्धरलाई समाती लछार-पछार गरी रिगल ढकालको अगाडी हुत्याई दिएकामा रिगल ढकालले आफ्नो साथमा ल्याएको धारिलो खुँडाले चेतन मानन्धरको टाउको ताकी प्रहार गर्दा निज चेतन मानन्धरले आफ्नो दायाँ हातले छेक्ने क्रममा निजको दायाँ हात कुहिनाको जोर्नीबाट काटिएको म समेतले प्रत्यक्ष आफ्नै आँखाले देखेको हुँ।तत् पश्‍चात निजहरु वारदात स्थलबाट भागी गएपछि घाईते चेतन मानन्धरलाई म समेतले नेपालगञ्‍ज मेडिकल कलेजमा लगेकोमा उपचारको क्रममा निजको मृत्यु भएको हो भन्‍ने व्यहोराको घटनाका प्रत्यक्षदर्शी मनोज विश्‍वकर्मा, विपिन भन्‍ने विपेन्द्र लामाले मौकामा गरिदिएको एकै मिलानको छुट्टाछुट्टै घटना विवरण कागज।
  • जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.५ न्यूरोडमा मैले न्यू होटल इन्द्रेणी नामको होटल सञ्‍चालन गर्दै आई रहेको छु।रिगल ढकाल र सोहन ढकाल मेरो होटलमा ग्राहकको रुपमा आउने जाने र निजहरु नेपालगञ्‍ज कै भएको कारणले निजहरुलाई राम्रोसँग चिन्दछु।मिति २०७२/०३/२० गते रिगल ढकालले मलाई फोन गरी तपाईको होटलमा सोहन सिंहले ५ जना केटाहरु लिएर आउँछन निजहरुलाई राम्रो कोठामा राखी निजहरुले भने बमोजिमको खाना रक्सी खुवाई दिनु सम्पूर्ण बिल मै तिर्नेछु।मेरै नामबाट कोठा बुक गराई दिनु होला भनेकोमा मैले आफ्नो होटलका म्यानेजरलाई सोही कुरा सुनाई निजको नामबाट १०४ नं.को कोठा बुक गर्न लगाएको हुँ । पछि सोहन सिंहले ५ जना व्यक्तिहरुलाई ल्याई आएकोमा निजहरु २०७२/०३/२० गते देखि ऐ.२८ गतेसम्म बसी ऐ.२८ गते दिनको अन्दाजी २:००/२:३० बजेको समयमा निजहरु बाहिर निस्की अबेर सम्म नआए पश्‍चात पछि बुझ्दा निजहरु चेतन मानन्धरलाई खुँडा प्रहार गरी कर्तव्य गरी मारेको घटनामा संलग्न रही पक्राउ परेका भनि थाहा पाएको हुँ भन्‍ने समेत व्यहोराको घनश्याम थापाले गरिदिएको मौकाको घटनाविवरण कागज।
  • मिति २०७२/०३/२० गते देखि ऐ.२८ गते सम्म Regail dai को नामको ईन्ट्री मैले नै गराएको हो उक्त अक्षर मेरो नै हो।होटल साहुजी घनश्याम थापाले भने बमोजिम मैले रिगल दाईको नाममा कोठा नं.१०४ बुक गरिदिएको हुँ।सो पश्‍चात सोही मिति देखि नै प्रशान्त भन्‍ने प्रेमध्वज खत्री, विशाल भन्‍ने छविलाल बस्नेत, केशव बहादुर रोकाय, मोहनलाल खड्का, नबराज खत्री होटलमा बस्दै आएका हुन भन्‍ने व्यहोराको न्यू ईन्द्रेणी होटलका मैनेजर मित्रलाल शर्माको कागज।
  • म रोजगारीको शिलसिलामा भारतमा बस्छु।हाल म सँगै पक्राउ परेका प्रेमध्वज खत्री, नबराज खत्री, छविलाल बस्नेत, मोहनलाल खड्का समेतले २०६७ साल ताका कोहलपुरका पूर्ण बहादुर डाँगीलाई कर्तव्य गरी मारे पश्‍चात निजहरु कहिले भारत कहिले नेपाल कै वडा एरियामा लुगि छिपी बस्ने भएकोले निजहरुसँग भारत मै भेट भएको हो र निजहरु मेरो गाउँका साथी समेत हुन्।रिगल ढकाल र सोहन ढकाललाई पहिले देखि नै चिन्‍ने र निजहरुले लगाएका ठेक्‍का पट्टाको काममा हामीहरु निजले भनेका मानिसहरुलाई धम्क्याउने, कुटने काम गर्दछौं।यस्ता काम गरे वापत निजले हामीलाई पैसा दिन्छन् र हामीहरु भारतका विभिन्‍न सहरमा गई बस्ने गर्छौ।यस्तैमा केही समय पहिले रिगल ढकाल र सोहन सिंहले हामीलाई सम्पर्क गरी जरुरी काम छ नेपालगञ्‍ज आउनु म तिमीहरुलाई होटल ईन्द्रेणीमा कोठा बुक गरिदिन्छु भने पश्‍चात म प्रशान्त गौतम भन्‍ने प्रेमध्वज खत्री, विशाल बस्नेत भन्‍ने छविलाल बस्नेत, मोहनलाल खड्का म मिति २०७२/०३/२० गते नेपालगञ्‍ज आई न्यूरोडमा रहेको होटल ईन्द्रेणीमा गई बुझ्दा रिगल ढकालले निजकै नाममा होटल ईन्द्रेणीको कोठा नं.१०४ बुक गरिदिएको देखि सोही मिति देखि हामीहरु उक्त होटल कोठामा बसेका थियौं।हामीहरु उक्त होटलमा बसेको अवस्थामा सोहन सिंह र दिपेन्द्र मल्ल प्राय दैनिक आउने गर्दथे।निजले तिमीहरु अहिले आनन्दले बस्दै गर कामको बारेमा रिगल दाई आएपछि भन्‍नु हुन्छ भनेका थिए यस्तैमा मिति २०७२/०३/२५ गते सोहन सिंह र दिपेन्द्र मल्लले बिहान र दिउँसो गरी ४ वटा धारिला खुँडाहरु ल्याई हामी बसेको होटलको कोठामा राख्‍न दिएका थिए।यस्तैमा मिति २०७२/०३/२६ गते रिगल ढकाल हामी बसेको होटल कोठामा आई ल केटा हो तिमीहरुलाई म भोली एउटा फोटो देखाउँछु त्यो व्यक्तिलाई सिध्याउने हो मौका मिल्ना साथ तिमीहरुलाई लिनको लागि सोहनलाई पठाउँछु भनि सो को भोलीपल्ट २०७२/०३/२७ गते रिगल ढकाल, सोहन सिंह, हरि वली हामीलाई भेट्न आई फोटो देखाई यही हो चेतन मानन्धर भन्‍ने यसलाई नै सिध्याउने हो भनि हामीहरुलाई चिनाई गएकोमा भोलीपल्ट मिति २०७२/०३/२८ गते दिउँसो सोहनले केटा हो अब जाउँ रिगल दाईले बोलाउनु भएको छ भने पश्‍चात हामीहरु होटलमा राखेका धारिला खुँडाहरु बोकी ज्योती सिम्ताली होटल नजिक रहेको चिया पसलमा पुगि उक्त स्थानमा हामीहरु रिगल ढकाल, सोहन सिंह, दिपेन्द्र मल्ल, माधव परियार, प्रितम थापा, हरि वली, विवाद पाठक, याम बहादुर थापा, मनिष चौलागाई, नबराज खत्री, म, प्रेमध्वज खत्री, छविलाल बस्नेत, मोहनलाल खड्का, जम्मा भए पश्‍चात रिगल ढकाल, सोहन सिंह, प्रेमध्वज खत्री, छविलाल बस्नेतले हातमा एक-एक वटा धारिलो खुँडा समाई ज्योती सिम्ताली होटल अगाडी रहेका चेतन मानन्धरको समूहलाई दोड्दै हामी सबैले घेरा हालि हान्‍न खोजेको अवस्थामा निजका समूहका केही व्यक्तिहरु भागे निज चेतन मानन्धर समेत भाग्न खोजको अवस्थामा हामीहरुले निजलाई समाती लछार-पछार गर्दै रिगल ढकालको अगाडी पुर्‍याई दिएकोमा रिगल ढकालले आफ्नो साथमा ल्याएको धारिलो खुँडाले चेतन मानन्धरको टाउकोमा ताकी प्रहार गर्दा चेतन मानन्धरले आफ्नो दायाँ हातले छेकेकोमा निजको उक्त हात कुहिनाको जोर्नीबाट काटिएको हो भन्‍ने समेत व्यहोराको प्रतिवादी केशव बहादुर रोकायले मौकामा गरेको बयान।
  • मिति २०६७/०३/३२ गते म लगाएतका बिशाल भन्‍ने छविलाल बस्नेत नबराज खत्री, मोहनलाल खड्का समेतले कोहलपुर बस्ने पूर्ण बहादुर डाँगीलाई कर्तव्य गरी मारे पश्‍चात हामीहरु फरार भई लुक्दै छिप्दै आई रहेको अवस्था थियो।रिगल ढकाल र सोहन ढकाललाई पहिले देखिनै चिन्‍ने र निजहरुले लगाएका ठेक्‍कापट्टाको काममा हामीहरु निजले भनेका मानिसहरुलाई धम्क्याउने, कुट्‍ने काम गर्दछौं।यस्ता काम गरे वापत निजले हामीलाई पैसा दिन्छन् र हामीहरु भारतका विभिन्‍न शहरमा गई बस्ने गर्छौ।यस्तैमा केही समय पहिले रिगल ढकाल र सोहन सिंहले हामीलाई सम्पर्क गरी जरुरी काम छ नेपालगञ्‍ज आउनु म तिमीहरुलाई होटल ईन्द्रेणीमा कोठा बुक गरिदिन्छु भने पश्‍चात म नबराज खत्री भन्‍ने प्रेमध्वज खत्री, विशाल बस्नेत भन्‍ने छविलाल बस्नेत, मोहनलाल खड्का र केशव रोकाय मिति २०७२/०३/२० गते नेपालगञ्‍ज आई न्यूरोडमा रहेको होटल ईन्द्रेणीमा गई बुझ्दा रिगल ढकालले होटल ईन्द्रेणीको कोठा नं.१०४ बुक गरिदिएको देखि सोही मिति देखि हामीहरु उक्त होटल कोठामा वसेका थियौं।हामीहरु उक्त होटलमा बसेको अवस्थामा सोहन सिंह र दिपेन्द्र मल्ल प्राय दैनिक आउने गर्दथे।निजले तिमीहरु अहिले आनन्दले बस्दैगर कामको बारेमा रिगल दाई आएपछि भन्‍नु हुन्छ भनेका थिए यस्तैमा मिति २०७२/०३/ २५ गते सोहन सिंह र दिपेन्द्र मल्लले बिहान र दिउँसो गरी ४ वटा धारिला खुँडाहरु ल्याई हामी बसेको होटलको कोठामा राख्‍न दिएका थिए।यस्तैमा मिति २०७२/०३/२६ गते रिगल ढकाल हामी बसेको होटल कोठामा आई ल केटा हो तिमीहरुलाई म भोली एउटा फोटो देखाउँछु त्यो व्यक्तिलाई सिध्याउने हो मौका मिल्नासाथ तिमीहरुलाई लिनको लागि सोहनलाई पठाउँछु भनि सो को भोलीपल्ट २०७२/०३/२७ गते रिगल ढकाल, सोहन सिंह, हरि वली हामीलाई भेट्न आई फोटो देखाई यही हो चेतन मानन्धर भन्‍ने यसलाई नै सिध्याउने हो भनि हामीहरुलाई चिनाई गएकोमा भोलीपल्ट मिति २०७२/०३/२८ गते दिउँसो सोहन ढकाल आई ल केटा हो अब जाउँ रिगल दाईले बोलाउनु भएको छ भने पश्‍चात हामीहरु होटलमा राखेका धारिला खुँडाहरु बोकी ज्योती सिम्ताली होटल नजिक रहेको चिया पसलमा पुगि उक्त स्थानमा हामीहरु रिगल ढकाल, सोहन सिंह, दिपेन्द्र मल्ल, माधव परियार, प्रितम थापा, हरि वली, विवाद पाठक, याम बहादुर थापा, मनिष चौलागाई, नबराज खत्री, म, बिशाल भन्‍ने छविलाल बस्नेत, मोहनलाल खड्का, केशव बहादुर रोकाय जम्मा भए पश्‍चात रिगल ढकाल, सोहन सिंह, मैले र बिशाल भन्‍ने छविलाल बस्नेतले हातमा एक-एक वटा धारिलो खुँडा समाई ज्योती सिम्ताली होटल अगाडी रहेका चेतन मानन्धरको समूहलाई दोड्दै हामी सबैले घेरा हालि हान्‍न खोजेको अवस्थामा निजका समूहका केही व्यक्तिहरु भागे निज चेतन मानन्धर समेत भाग्न खोजको अवस्थामा हामीहरुले निजलाई समाती लछार-पछार गर्दै रिगल ढकालको अगाडी पुर्‍याई दिएकोमा रिगल ढकालले आफ्नो साथमा ल्याएको धारिलो खुँडाले चेतन मानन्धरको टाउकोमा ताकी प्रहार गर्दा चेतन मानन्धरले आफ्नो दायाँ हातले छेकेकोमा निजको उक्त हात कुहिनाको जोर्नीबाट काटिएको हो भन्‍ने समेत व्यहोराको प्रतिवादी प्रशान्त भन्‍ने प्रेमध्वज खत्रीले मौकामा गरेको बयान।
  • मिति २०६७/०३/३२ गते म लगायतका बिशाल भन्‍ने छविलाल बस्नेत, नबराज खत्री, प्रशान्‍न भन्‍ने प्रेमध्वज खत्री समेतले कोहलपुर बस्ने पूर्ण बहादुर डाँगीलाई कर्तव्य गरी मारे पश्‍चात हामीहरु फरार भई लुक्दै छिप्दै आईरहेको अवस्था छ।रिगल ढकाल र सोहन ढकाललाई पहिले देखिनै चिन्‍ने र निजहरुले लगाएका ठेक्‍कापट्टाको काममा हामीहरु निजले भनेका मानिसहरुलाई धम्क्याउने, कुट्ने काम गर्दछौं।यस्ता काम गरे वापत निजले हामीलाई पैसा दिन्छन् र हामीहरु भारतका विभिन्‍न शहरमा गई बस्ने गर्छौ।यस्तैमा केही समय पहिले रिगल ढकाल र सोहन सिंहले हामीलाई सम्पर्क गरी जरुरी काम छ नेपालगञ्‍ज आउनु म तिमीहरुलाई होटल ईन्द्रेणीमा कोठा बुक गरिदिन्छु भने पश्‍चात म प्रशान्त गौतम भन्‍ने प्रेमध्वज खत्री, विशाल बस्नेत भन्‍ने छविलाल बस्नेत, म र केशव रोकाय मिति २०७२ /०३/२० गते नेपालगञ्‍ज आई न्यूरोड मा रहेको होटल ईन्द्रेणीमा गई बुझ्दा रिगल ढकालले निज कै नाममा होटल ईन्द्रेणीको कोठा नं.१०४ बुक गरिदिएको देखि सोही मिति देखि हामीहरु उक्त होटल कोठामा बसेका थियौं।हामीहरु उक्त होटलमा बसेको अवस्थामा सोहन सिंह र दिपेन्द्र मल्ल प्राय दैनिक आउने गर्दथे।निजले तिमीहरु अहिले आनन्दले बस्दैगर कामको बारेमा रिगल दाई आएपछि भन्‍नु हुन्छ भनेका थिए यस्तैमा मिति २०७२ /०३/२५ गते सोहन सिंह र दिपेन्द्र मल्लले बिहान र दिउँसो गरी ४ वटा धारिला खुँडाहरु ल्याई हामी बसेको होटलको कोठामा राख्‍न दिएका थिए।यस्तैमा मिति २०७२/०३/२६ गते रिगल ढकाल हामी बसेको होटल कोठामा आई ल केटा हो तिमीहरुलाई म भोली एउटा फोटो देखाउँछु त्यो व्यक्तिलाई सिध्याउने हो मौका मिल्ना साथ तिमीहरुलाई लिनको लागि सोहनलाई पठाउँछु भनि सो को भोलीपल्ट २०७२/०३/२७ गते रिगल ढकाल, सोहन सिंह, हरि वली हामीलाई भेट्न आई फोटो देखाई यही हो चेतन मानन्धर भन्‍ने यसलाई नै सिध्याउने हो भनि हामीहरुलाई चिनाई गएकोमा भोलीपल्ट मिति २०७२/ ०३/२८ गते दिउँसो सोहन ढकालले केटा हो अब जाउँ रिगल दाईले बोलाउनु भएको छ भने पश्‍चात हामीहरु होटलमा राखेका धारिला खुँडाहरु बोकी ज्योती सिम्ताली होटल नजिक रहेको चिया पसलमा पुगि उक्त स्थानमा हामीहरु रिगल ढकाल, सोहन सिंह, दिपेन्द्र मल्ल, माधव परियार, प्रितम थापा, हरि वली, विवाद पाठक, याम बहादुर थापा, मनिष चौलागाई, नबराज खत्री, प्रेमध्वज खत्री, छविलाल बस्नेत, म, केशव बहादुर रोकाय जम्मा भए पश्‍चात रिगल ढकाल, सोहन सिंह, मैले र छविलाल बस्नेतले हातमा एक-एक वटा धारिलो खुँडा समाई ज्योती सिम्ताली होटल अगाडी रहेका चेतन मानन्धरको समूहलाई दोड्दै हामी सबैले घेरा हाली हान्‍न खोजेको अवस्थामा निजका समूहका केही व्यक्तिहरु भागे निज चेतन मानन्धर समेत भाग्न खोजको अवस्थामा हामीहरुले निजलाई समाती लछार-पछार गर्दै रिगल ढकालको अगाडी पुर्‍याई दिएकोमा रिगल ढकालले आफ्नो साथमा ल्याएको धारिलो खुँडाले चेतन मानन्धरको टाउको ताकी प्रहार गर्दा चेतन मानन्धरले आफ्नो दायाँ हातले छेकेकोमा निजको उक्त हात कुहिनाको जोर्नीबाट काटिएको हो भन्‍ने समेत व्यहोराको प्रतिवादी मोहनलाल खड्काले मौकामा गरेको बयान।
  • मिति २०६७/०३/३२ गते म लगायतका मोहनलाल खड्का, नबराज खत्री, प्रेमध्वज खत्री समेतले कोहलपुर बस्ने पूर्ण बहादुर डाँगीलाई कर्तव्य गरी मारे पश्‍चात हामीहरु फरार भई लुक्दै छिप्दै आई रहेको अवस्था छ।रिगल ढकाल र सोहन ढकाललाई पहिले देखिनै चिन्‍ने र निजहरुले लगाएका ठेक्‍कापट्टाको काममा हामीहरु निजले भनेका मानिसहरुलाई धम्क्याउने, कुट्ने काम गर्दछौं।यस्ता काम गरे वापत निजले हामीलाई पैसा दिन्छन् र हामीहरु भारतका विभिन्‍न सहरमा गई बस्ने गर्छौ।यस्तैमा केही समय पहिले रिगल ढकाल र सोहन सिंहले हामीलाई सम्पर्क गरी जरुरी काम छ नेपालगञ्‍ज आउनु म तिमीहरुलाई होटल ईन्द्रेणीमा कोठा बुक गरिदिन्छु भने पश्‍चात म, प्रशान्त गौतम भन्‍ने प्रेमध्वज खत्री, नबराज खत्री र केशव रोकाय, मोहनलाल खड्का मिति २०७२/०३/२० गते नेपालगञ्‍ज आई न्यूरोडमा रहेको होटल ईन्द्रेणीमा गई बुझ्दा रिगल ढकालले निज कै नाममा होटल ईन्द्रेणीको कोठा नं.१०४ बुक गरिदिएको देखि सोही मिति देखि हामीहरु उक्त होटल कोठामा बसेका थियौं।हामीहरु उक्त होटलमा बसेको अवस्थामा सोहन सिंह र दिपेन्द्र मल्ल प्राय दैनिक आउने गर्दथे।निजले तिमीहरु अहिले आनन्दले बस्दैगर कामको बारेमा रिगल दाई आएपछि भन्‍नु हुन्छ भनेका थिए यस्तैमा मिति २०७२/०३/२५ गते सोहन सिंह र दिपेन्द्र मल्लले बिहान र दिउँसो गरी ४ वटा धारिला खुँडाहरु ल्याई हामी बसेको होटलको कोठामा राख्‍न दिएका थिए।यस्तैमा मिति २०७२/०३/२६ गते रिगल ढकाल हामी बसेको होटल कोठामा आई ल केटा हो तिमीहरुलाई म भोली एउटा फोटो देखाउँछु त्यो व्यक्तिलाई सिध्याउने हो मौका मिल्ना साथ तिमीहरुलाई लिनको लागि सोहनलाई पठाउँछु भनि सो को भोलीपल्ट २०७२/०३/२७ गते रिगल ढकाल, सोहन सिंह, हरि वली हामीलाई भेट्न आई फोटो देखाई यही हो चेतन मानन्धर भन्‍ने यसलाई नै सिध्याउने हो भनि हामीहरुलाई चिनाई गएकोमा भोलीपल्ट मिति २०७२/०३/२८ गते दिउँसो सोहन ढकाल ल केटा हो अब जाउँ रिगल दाईले बोलाउनु भएको छ भने पश्‍चात हामीहरु होटलमा राखेका धारिला खुँडाहरु बोकी ज्योती सिम्ताली होटल नजिक रहेको चिया पसलमा पुगी उक्त स्थानमा हामीहरु रिगल ढकाल, सोहन सिंह, दिपेन्द्र मल्ल, माधव परियार, प्रितम थापा, हरि वली, विवाद पाठक, याम बहादुर थापा, मनिष चौलागाई, नबराज खत्री, प्रेमध्वज खत्री, म, मोहनलाल खड्का, केशव बहादुर रोकाय जम्मा भए पश्‍चात रिगल ढकाल, सोहन सिंह, मैले र प्रेमध्वज के.सी.ले हातमा एक-एक वटा धारिलो खुँडा समाई ज्योती सिम्ताली होटल अगाडी रहेका चेतन मानन्धरको समूहलाई दोड्दै हामी सबैले घेरा हाली हान्‍न खोजेको अवस्थामा निजका समूहका केही व्यक्तिहरु भागे निज चेतन मानन्धर समेत भाग्न खोजको अवस्थामा हामीहरुले निजलाई समाती लछार-पछार गर्दै रिगल ढकालको अगाडी पुर्‍याई दिएकोमा रिगल ढकालले आफ्नो साथमा ल्याएको धारिलो खुँडाले चेतन मानन्धरको टाउको ताकी प्रहार गर्दा चेतन मानन्धरले आफ्नो दायाँ हातले छेकेकोमा निजको उक्त हात कुहिनाको जोर्नीबाट काटिएको हो भन्‍ने समेत व्यहोराको प्रतिवादी छविलाल बस्नेले मौकामा गरेको बयान।
  • मिति २०७२/०३/२८ गते साझँ अन्दाजी ८:00 बजेको समयमा मलाई मेरो छोरा मनिष चौलागाई फोन गरि बुटवलसम्म जानु छ कसै गरी पनि गाडीको व्यवस्था मिलाई आउनुहोला भनि आत्तिई-आत्तिई फोन गरेका थिए सोही साझँ म आफ्नो साथि दिपेन्द्र शाहीको घरमा गई निजको बा.९ च.२८३९ नं.को कार मागी सो को भोलीपल्ट २०७२ /०३/२९ गते बिहानै आफ्नो श्रीमती सहित बर्दियाको बाँसगडीमा पुगी छोरा मनिष चौलागाई र निजको साथी विवाद पाठकलाई कारमा राखी बुटवलको तामनगर सम्म पुर्‍याई घर फर्किएका हौं भन्‍ने व्यहोराको भेषराज चौलागाई र अन्जु चौलागाईले मौकामा गरेको एकै मिलानको छुट्टा-छुट्टै घटनाविवरण कागज।
  • भेषराज चौलागाई मेरा मिल्ने साथी हुन मिति २०७२/०३/२८ गते साझँ अन्दाजी ८:३० बजेको समयमा निज मेरो घरमा आई मेरो काम छ गाडी दिनुहोस् भनेकोमा मैले आफ्नो बा.९ च.२८३९ नं.को गाडी निज भेषराज चौलागाईलाई दिएको हुँ भन्‍ने व्यहोराको दिपेन्द्र शाहीको घटनाविवरण कागज।
  • मिति २०७२/०३/२८ गते राती ८:३० बजको समयमा मेरो भतिजा हरि वलीले फोन गरि अंकल म सारै समस्यामा छु मलाई लिन गाडी लिई बेलासपुर आउनु भनेका थिए निज निकै हतास मनस्थितिमा रहेकाले म आफ्नो बा.७ च.७८५२ नं.को गाडी लिई निजले बोलाएको स्थानमा पुग्दा त्यहाँ हरि वलि र याम बहादुर बुढा मगर थिए निजहरुलाई गाडीमा राखी फर्केको अवस्थामा निजहरुले आज हामीलाई तपाईकै घरमा राखि भोली लमहीसम्म पुर्‍याई दिनु भनेकोले उक्त रात मैले निजहरुलाई आफ्नै घरमा राखी सो को भोलीपल्ट मिति २०७२/०३/२९ गते दिउँसो मेरो भाउजु केशु कुमारी पोख्रेल (वली) र मैले आफ्नो बा.७ च.७८५२ नं.को गाडीमा हरि वली र याम बहादुर बुढा मगरलाई दाङ्गको लमहीसम्म पुर्‍याई घर फर्केका हुँ भन्‍ने व्यहोराको नरेन्द्र बहादुर वली र केशु कुमारी पोख्रेल (वली) ले गरेको एकै मिलानको छुट्टा-छुट्टै घटनाविवरण कागज।
  • वादी नेपाल सरकार प्रतिवादी माधव परियार समेत भएको कर्तव्य ज्यान मुद्दामा तत्काल मैले जाहेरी दिदा नाम,थर वतन थाहा नभएका ६/७ जना व्यक्तिहरु समेतको संलग्नता रहेको भनि खुलाई दिएको र हाल आएर बुझ्दै जाँदा उक्त वारदातमा मनिष चौलागाई, सोहन सिंह, याम बहादुर बुढा मगर, हरि वली, विवाद पाठक र दिपेन्द्र मल्ल समेतको संलग्नता रहेको बुझिएको हुँदा निजहरुलाई कानून बमोजिम कारवाही गरिपाउँ भन्‍ने व्यहोराको जाहेरवाला किशोर कुमार मानन्धरको निवेदन।
  • किशोर कुमार मानन्धरको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी माधव परियार समेत भएको कर्तव्य ज्यान मुद्दामा वारदात स्थान देखी नै भागी फरार रहेका प्रतिवादी रिगल ढकाल समेतको खोजतलास गर्न मलाई खटाईएकोमा निज रिगल ढकाललाई भगाउने कार्यमा बाँके साविक कोहलपुर गा.वि.स.वडा नं.३ हाल कोहलपुर नगरपालिका वडा नं.११ बस्ने गोविन्द बहादुर के.सी.को छोरा बर्ष अं.३२/३३ को दिपक के.सी.को संलग्नता रहेको बुझिन आएकाले निजलाई समेत कानून बमोजिम गरिपाउँ भन्‍ने व्यहोराको प्र.ना.नि.कृष्ण देव प्रसाद साहको प्रतिवेदन।
  • Severe blood loss leading to hypovolemic shock was the cause of death भन्‍ने समेत व्यहोराको भेरी अञ्‍चल अस्पताल,नेपालगञ्‍जबाट प्राप्‍त शव परिक्षण प्रतिवेदन।
  • म विगत १० बर्ष देखि जिल्ला बाँके नेपालगञ्‍ज उप-महानगरपालिका वडा नं.१६ मा ज्योती सिम्ताली होटल सञ्‍चालन गर्दै आईरहेको छु।मेरो होटलबाट भारतको विभिन्‍न शहरमा काम-काज गर्न जाने नेपालीहरुको सजिलोको लागी टिकट काटी भारतको रुपैडिहाबाट बस चढाई दिने व्यवस्था मिलाई दिने ईन्डियन समिति सञ्‍चालनमा छ।यसरी काटिने टिकटबाट जम्मा हुने रकमको १० प्रतिशत रकम प्रत्येक महिना रिगल ढकाल र निजको समूहले म बाट असुल्ने गर्दछन्।चेतन मानन्धर समेतका व्यक्तिहरुले सो कुराको विरोध गरे पश्‍चात निजहरुले चेतन मानन्धरको समूहसँग रिसइवी राख्दै आएकोमा वारदात मिति २०७२/०३/२८ गते दिनको अन्दाजी ३:०० बजेको समयमा रिगल ढकाल, सोहन सिंह, दिपेन्द्र मल्ल, माधव थापा, प्रितम परियार, हरि वली, विवाद पाठक, मनिष चौलागाई, याम बहादुर बुढा मगर, तत्काल नाम थाहाँ नभएका हाल थाहा भएका विशाल भन्‍ने छविलाल बस्नेत, नबराज खत्री, प्रशान्त भन्‍ने प्रेमध्वज खत्री, मोहनलाल खड्का, केशव रोकाय समेतले चेतन मानन्धर समूहलाई हातमा धारिला खुँडा बोकी घेरा हाली भाग्न उम्कन नदिई कुट्न खोज्दा चेतन मानन्धर समूहका केही व्यक्ति भाग्न सफल भएका चेतन मानन्धर भाग्न खोज्दा निजहरुले चेतनलाई समाती लछार-पछार गरी रिगल ढकालको अगाडी पुर्‍याई दिएकोमा रिगल ढकालले आफ्नो साथमा ल्याएको धारिलो खुँडाले चेतन मान्धरको टाउकोमा ताकी प्रहार गरेकोमा चेतन मानन्धरले आफ्नो दायाँ हातले छेक्न खोज्दा निजको उक्त हात कुहिनाको जोर्नीबाट काटिएको हो भन्‍ने व्यहोराको अनुसन्धानको क्रममा बुझिएका सुरत बहादुर खत्रीको घटनाविवरण कागज।
  • नेपाल टेलिकमको ९८६८००७७२१ नं.को सिम र एन.सेल.को ९८१२५८६१८९ नं.को सिम मेरो नाममा दर्ता छ।उक्त सिमहरु मध्ये ९८६८००७७२१ नं.को सिम कार्ड आज भन्दा ६/७ महिना पहिला सोहन सिंहलाई र ९८१२५८६१८९ नं.को सिम कार्ड १ बर्ष पहिले विवाद पाठकलाई मैले नै दिएको हुँ भन्‍ने समेत व्यहोराको विपुल वलीको घटनाविवरण कागज ।
  • मिति २०७२/०३/२८ गते दिउँसो म आफ्नै अफिस जिल्ला बाँके नेपालगञ्‍ज उप-महा नगरपालिका वडा नं.१६ मा नै थिए।उल्लेखित मितिमा प्रहरी टोलीले मैले सञ्‍चालन गरेको युनभर्स ट्रान्सफरको अगाडीबाट रगत जस्तो पदार्थ लागेको धारिलो खुँडा बरामद गरे पश्‍चात उक्त घटनाको बारेमा बुझ्दा ज्योती सिम्ताली होटेल अगाडी रिगल ढकाल समेतले चेतन मानन्धरलाई धारिलो हतियार खुँडा प्रहार गरी भाग्ने क्रममा मेरो  ट्रान्सफर अगाडी उक्त रगत जस्तो पदार्थ लागेको खुँडा फाली भागेका रहेछन् भन्‍ने व्यहोराको प्र&न श्रेया घटना विवरण कागज।
  • म सिद्धार्थ कटेज एण्ड रेष्‍टुरेण्ट गार्डको रुपमा काम गर्दछु।मिति २०७२/०३/२८ गते बिहान ८:०० बजे देखी साझँ २०:०० बजेसम्म मुल गेटमा मेरो डियुटी रहेको थियो। यस्तैमा दिउँसो अन्दाजी ३:०५ बजेको समयमा १४/१५ जना व्यक्तिहरु दोड्दै सिद्धार्थ कटेजको मुल गेटसँगै जोडिएको सुर्खेत रोडमा रहेको घरको पछाडीको ढोकाबाट भित्र छिरी पछाडीको गेटबाट बेलासपुरतर्फ भागेका हुन भाग्ने क्रममा निजहरुले फालेका खुँडाहरु प्रहरी टोलीले सिद्धार्थ कटेजबाट समेत बरामद गरेको हो भन्‍ने व्यहोराको डम्बर बहादुर थापाको घटनाविवरण कागज।
  • मिति २०७२/०३/२८ गते म आफ्नै घरमा थिए।उक्त मितिको दिउँसो हरि वलीले मलाई फोन गरी न्यूरोड सम्म पुर्‍याई देउ भनेकोमा म घरबाट आफ्नो मोटरसाईकल निकाली मलाई बोलाएको स्थान रिगल ढकालको घर नजिक पुगे पश्‍चात हरि वली र रिगल ढकाल हरि वलीको मोटरसाईकलमा, विवाद पाठक र मनिष चौलागाई एउटा मोटरसाईकलमा मैले चलाएको भे.३ प.१५२८ नं.को मोटरसाईकलमा म र याम बहादुर बुढा चढी न्यूरोड हुँदै घरवारी टोलबाट अगाडीको बाटो हुँदै ज्योती सिम्ताली होटल नजिकको चिया पसलमा पुगे पश्‍चात याम बहादुर बुढा मगर मेरो मोटरसाईकल बाट झरेका हुन र म आफ्नो घरमा फर्किएको हुँ भन्‍ने समेत व्यहोराको सहर्स के.सी.को घटनाविवरण कागज।
  • रिगल ढकाल मेरो श्रीमान हुन निज श्रीमानले ९८५८०२०१७२ र ९८००५७५०२१ नं. को सिमहरु प्रयोग गर्ने गर्दछन्।उक्त सिमहरु को कसको नाममा दर्ता छ मलाई थाहाँ भएन उल्लेखित नं.का सिमहरु मेरो श्रीमान रिगल ढकालले नै प्रयोग गर्ने नं.हरु हुन भन्‍ने व्यहोराको पुजा थापाले गरिदिएको कागज।
  • प्रतिवादीहरु रिगल ढकाल, सोहन सिंह, दिपेन्द्र मल्ल वारदात पश्‍चात घर वतनमा छैनन् निज भागी फरार छन् भन्‍ने व्यहोराको फरार प्रतिवादी फेला नपरेको भन्‍ने व्यहोराको अलग-अलग फरारी मुचुल्का।
  • प्रतिवादीहरुको मोबाइल नं.को कल डिटेल रेकर्ड र कलवाईज लोकेसनलाई बिश्‍लेषण गर्दा प्रतिवादीहरुले वारदात मिति २०७२/०३/२८ गते पूर्व, वारदातका बखत र वारदात पश्‍चात एक आपसमा फोन सम्पर्क गरेको देखिएको र प्रतिवादिहरुको कलवाईज लोकेसनबाट प्रतिवादीहरुले अधिकार प्राप्‍त अधिकारी समक्ष बयान दिंदा खुलाई लेखाए बमोजिम निजहरु- को उपस्थिति देखिएको हुँदा प्राप्‍त कल डिटेल रेकर्ड र कल वाईज लोकेसनको आधारबाट प्रतिवादीहरु बिच वारदात पूर्व एक-आपसमा सरसल्लाह भई योजना बनाई वारदात स्थानमा सबैको उपस्थितिमा वारदात घटेको पुष्‍टी भएको देखिएको र प्रतिवादी रिगल ढकाललाई भगाउने कार्यमा संलग्न दिपक के.सी.को मोबाइलको रिगल ढकालको मोबाइलसँग पटक-पटक फोन सम्पर्क देखिएको भन्‍ने व्यहोराको प्र.स.नि.पुर्ण बहादुर वलीको प्रतिवेदन सहित कल डिलेल बिश्‍लेषण।
  • बाँके साविक कोहलपुर गा.वि.स.वडा नं.३ हाल कोहलपुर नगरपालिका ‍वडा नं.११ पिपल चौतारा बस्ने गोविन्द बहादुर के.सी.को छोरा दिपक के.सी.मेरो श्रीमान हुन, निजको उमेर ३३ बर्ष भयो, निजले प्रयोग गर्ने मोबाइल नं.९८५८०२३२८१ हो, निज मिति २०७२/ 0३/२८ गते घर वतनमा नै थिए, सो दिन निजको को-कससँग फोन सम्पर्क भेटघाट भयो मलाई थाहा भएन, मेरो श्रीमानले चेतन मानन्धरलाई खुँडा प्रहार गर्ने रिगल ढकाललाई चिन्‍ने कुरा मलाई थाहा थियो, सो दिन श्रीमानले रिगल ढकालसँग भेट गरी निजलाई भगाए नभगाएको सम्बन्धमा मलाई थाहा भएन, मेरो श्रीमान २०७२/0३/३० गते देखी घर परिवारको सम्पर्कमा छैनन् भन्‍ने व्यहोराको सिलु बस्नेतको कागज।
  • वादी नेपाल सरकार प्रतिवादी रिगल ढकाल समेत भएको कर्तव्य ज्यान मुद्दामा वारदात स्थान देखिनै भागी फरार रहेका प्रतिवादी रिगल ढकाल, सोहन सिंह, दिपेन्द्र मल्लको खोज तलास गर्दा फेला नपरेको भन्‍ने व्यहोराको प्र.ना.नि.कृष्णदेव प्रसाद साहको प्रतिवेदन।
  • वादी नेपाल सरकार प्रतिवादी रिगल ढकाल समेत भएको कर्तव्य ज्यान मुद्दामा वारदात स्थान देखिनै भागी फरार रहेका प्रतिादी रिगल ढकाल लाई भगाउने कार्यमा सहयोग गर्ने दिपक के.सी.को खोजतलास गर्दा निज फेला नपरेको भन्‍ने प्र.स.नि.भुपेन्द्र पाण्डे शर्माको प्रतिवेदन।
  • प्रतिवादीहरु मध्येका रिगल ढकालको कार्य मुलुकी ऐन,ज्यान सम्बन्धी महलको १ र १३ (१) नं.अन्तर्गतको कसूरजन्य अपराध भएकाले निज प्रतिवादी रिगल ढकाललाई ऐ.को १३(१) नं.बमोजिम सजाँय हुन तथा अन्य प्रतिवादीहरु सोहनसिंह ढकाल, दिपेन्द्र मल्ल, प्रितम थापा, माधव नेपाली, हरि वली, विवाद पाठक, मनिष चौलागाई, याम बहादुर बुढामगर, नबराज खत्री, मोहनलाल खड्का, केशव बहादुर रोकाय, विशाल बस्नेत भन्‍ने छविलाल बस्नेत, प्रशान्त गौतम भन्‍ने प्रेमध्वज खत्रीको कार्य मुलुकी ऐन,ज्यान सम्बन्धी महलको १ र १३(४) नं.अन्तर्गतको कसूरजन्य अपराध भएकाले यी प्रतिवादीहरुलाई ऐ.को १३(४) नं.बमोजिम सजाँय गरिपाउन साथै प्रतिवादी रिगल ढकाललाई वारदात पश्‍चात भगाउने कार्यमा सहयोग प्रतिवादी दिपक के.सी.ले गरेकोले निजको कार्य मुलुकी ऐन, ज्यान सम्बन्धी महलको २५ नं.अन्तर्गतको कसूर भएकाले ऐ.को २५ नं.बमोजिम सजाँय गरिपाउँ भन्‍ने व्यहोराको अभियोग मागदावी।
  • अभियोग दावी अनुसार दशीका रुपमा पेश भएको स्यामसुङ्ग मोवाइल खुँडा ४ लगायतका अन्य लुगा लत्ता मिसिल संलग्न रहेको विभिन्‍न फोटोहरु देखाउँदा देखि पाएँ।रगत लागेको खुँडा मैले प्रयोग गरेको खुँडा हो।क्रेटमा राखिएको खुँडा सोहन सिंहको खुँडा हो।मृतक चेतन मानन्धरको फोटो थान-३ देखे निजको दाहिने हातमा प्रहार गर्ने व्यक्ति म नै हुँ। घटनास्थलको फोटो ठीक हो।उक्त खुँडा रिगल ढकालले नभइ मैले प्रहार गरेको हुँ।म, सोहनसिंह र दिपन्द्र मल्लको संलग्नता रहेको छ।बरामद एउटा खुँडा होटेलको रुममा नै थियो कोठाबाट नै प्रहरीले लिएको हुनपर्दछ अन्यको हकमा के कसो हो थाहा भएन भन्‍ने समेत व्यहोराको प्रतिवादी बिशाल बस्नेत भन्‍ने छविलाल बस्नेतले शुरु अदालत समक्ष गरेको बयान।
  • बरामद लगायतका सामानहरु र खुँडाहरु देखे उक्त सामानहरु प्रहरीले कहाबाट के कसरी ल्यायो थाहा छैन।न्यु इन्द्रेणी होटल का फोटाहरु बारे मलाई थाहा भएन।कोठा नं.१०४ मा बसेको थिएन।मोटरसाइकल तथा कारका फोटाहरु बारे मलाई थाहा भएन।मेरो वारदातमा कुनै संलग्नता छैन।मेरो नाम किन किटानी दिइयो थाहा भएन।के कसरी घटनना घटाए मलाई थाहा भएन।प्रहरीले आफैले लेखी मलाई पढेर नसुनाई कुटपिट गरी सहिछाप गराएको हो भन्‍ने समेत व्यहोराको प्रतिवादी प्रितम थापाले शुरु अदालत समक्ष गरेको बयान।
  • बरामदी मुचुल्काहरु तथा बरामद खुँडा झोला पाईन्ट सर्ट लगायतका सरसामानहरु देखे सुने बरामदी मुचुल्का सम्बन्धमा मलाई केही थाहा छैन।जाहेरी दरखास्त तथा निवेदन सुने जाहेरी दरखास्त झुठ्ठा हो म त्यो घटनामा सलग्न छैन।मेरो नाम किन किटानी गरे मलाई थाहा छैन।उक्त मिति समयमा म प्रतिवादी प्रितम थापाको बुवाको घरमा थिए भन्‍ने व्यहोराको प्रतिवादी माधव परियार भन्‍ने माधव नेपालीले शुरु अदालत समक्ष गरेको बयान।
  • जाहेरी दरखास्त सुनी पाए जाहेरी दरखास्त व्यहोरा बारे मलाई केही थाहा छैन।उक्त वारदात मितिमा काठमाण्डौं आफ्नै घरमा थिए।म वारदातमा संलग्न छैन।घटनाबारे मलाई केही थाहा छैन।प्रहरीले बयानमा जोर जबरजस्ती गरी सहिछाप गराएका हुन।प्रत्यक्षदर्शीले वारदातमा मेरो सलग्नता छ भनि किन खुलाए मलाई थाहा छैन भन्‍ने समेत व्यहोराको प्रतिवादी विवाद पाठकले शुरु अदालत समक्ष गरेको बयान।
  • जाहेरवाला र मृतक सहित अन्य प्रतिवादीहरुलाई चिन्दैन।म माथि परेको किटानी जाहेरी झुठ्ठा हो।म जाहेरवालाको छोरालाई मार्ने कार्यमा संलग्न छैन।2०७२/0३/२८ गते मेरो कान्छी फुपु नानिमैया चौलागाइ को घर रुपन्देहीमा छु।अनुसन्धान अधिकारी समक्ष गरेको बयान देखे सुने मेरो होइन।मलाई पढेर नसुनाइ कुटपिट गरी सहिछाप गराएको हो भन्‍ने समेत व्यहोराको प्रतिवादी मनिष चौलागाइले शुरु अदालत समक्ष गरेको बयान।
  • जाहेरी दरखास्त सुनाउँदा सुनी पाए।उक्त मितिको घटनास्थल मुचुल्का र बरामदी खानतलासी मुचुल्का बारे मलाई केही थाहा छैन।वारदातको समयमा म नेपालगञ्‍जमा थिएन।उक्त मितिमा म आफ्नो अन्टी पुर्णा गुरुङ्गको घरमा भईरहवामा थिए।उक्त बयान व्यहोरा मेरो होइन।बयान पुरै झुठ्ठा हो।रिगल ढकालको नाममा न्यू इन्द्रेणी होटलमा कोठा वुक भए नभएको बारे मलाई थाहा छैन।प्रहरीले आफ्नो खुसीले लेखेको बयानमा जबरजस्ती गरी सहिछाप गराएका हुन भन्‍ने प्रतिवादी यामवहादुर बुढा मगरले शुरु अदालत समक्ष गरेको बयान।
  • जाहेरी दरखास्त सुने म समेतको सलग्नतामा रिगल ढकालले खुँडा प्रहार गरेको लगायतको जाहेरी झुठ्ठा हो।वारदातमा मेरो कुनै सरोकार छैन।मेरो भाइ बिरामी भएकोले 2०७२/ 0३/१५गते काठमाण्डौं गएको र 2०७२/0३/२९ गते काठमाण्डौंबाट रुपन्देही झरी लुम्बिनी जाने भनेर आएको अवस्थामा बुटवलमा प्रहरीले समातेको थियो।बरामद गरेको मोबाइल मेरो होइन कस्को हो थाहा भएन।म निर्दोष छु मलाई सजाँय हुने होइन भन्‍ने प्रतिवादी हरि वलीले शुरु अदालत समक्ष गरेको बयान।
  • जाहेरी दरखास्तमा उल्लेखित सामान देखाउदा देखि पाए सबै सर-सामान मेरो होइन।मैले निज मृतकलाइ कर्तव्य गरी मारेको छैन।नेपालगञ्‍जमा ३:00/३:३० बजेको समयमा दाँत बनाउन भनि आएको थिए।त्यसै बेला प्रहरीले मलाई पक्राउ गरेको हो।म वारदातमा संलग्न थिएन।मैले निजलाई कर्तव्य गरी मार्न सहयोग गरेको पनि होइन।के कति कारणले मलाई जाहेरवालाले किटानी जाहेरी दिए मलाई थाहा भएन।सो निजैलाई थाहा होला अन्यले कर्तव्य गरे नगरेको बारे मलाय केही थाहा छैन।मेरो विरुद्ध किन जाहेरी दिए म उक्त होटलमा बसेको होइन के कसरी त्यसो भने उक्त घटनामा नभएको हुँदा म निर्दोष छु भन्‍ने प्रतिवादी केशव बहादुर रोकायले शुरु अदालत समक्ष गरेको बयान।
  • बरामदी मुचुल्का सुने म उक्त होटेलमा बसेको थिएन।बरामद भएका सर-सामानहरु कस्का हुन मलाई थाहा भएन।होटल म्यानेजरले किन त्यसरी घटनाविवरण कागज गरिदिए मलाई थाहा छैन।को कस्ले जाहेरवालाको छोरालाइ खुकुरी प्रहार गरी मारे मलाई केही थाहा भएन।निजहरु कसैसँग रिसइवी झगडा थिएन।म निजहरु कसैलाई चिन्‍न पनि चिन्दैंन। कसरी मेरो नाम थाहापाए म अचम्ममा परेको छु।अनुसन्धान अधिकारी समक्ष भएको बयान देखे सुने बयान मेरो होइन पढेर सुनाएनन्।के लेखिएको थियो सो थाहा जानकारी नदिई जबरजस्ती सहिछाप गराएको हो म निर्दोष रहेकोले मलाई सयाज हुनु पर्ने होइन भन्‍ने प्रतिवादी नबराज खत्रीले शुरु अदालत समक्ष गरेको बयान।
  • मैले प्रतिवादी मध्ये केशव बहादुर रोकाय र मोहनलाल खडका वाहेक अन्य कसैलाई चिन्दिन।बरामदी दशीका सामानहरु देखाउदा देखे देखाइएका सर-सामानहरु मेरो होइन। कस्को हो मलाई थाहा छैन।मैले खुँडा प्रहार गरेको होइन।वास्तवमा मलाई घटना बारे नै थाहा छैन।को कस्ले खुँडा प्रहार गरे मलाई थाहा छैन।प्रहरीले त्यस्तो प्रतिवेदन किन दिए मलाई थाहा भएन।उक्त बयान व्यहोरा झुठ्ठा हो।बयानमा भएको सहिछाप मेरै हो।उक्त सहिछाप जबरजस्ती साथ गराएका हुन भन्‍ने व्यहोराको प्रतिवादी प्रशान्त गौतम भन्‍ने प्रेमध्वज खत्रीले शुरु अदालत समक्ष गरेको बयान।
  • बरामद भएका खुँडा लगायतका सर-सामानहरु देखे मलाई सो सम्बन्धमा केही थाहा छैन। म न्यू इन्द्रेणी होटलमा बसेको छैन।को बसेको थियो मलाई थाहा छैन।हतियार चिन्दैन थाहा छैन।झोला लगायतका सामान कस्का हुन थाहा छैन।घरबाट नेपालगञ्‍ज घरायसी सामान किन्‍न भनि आएको अवस्थामा बाटोमा हिड्दै गर्दा प्रहरीले समातेको हो।जाहेरी दरखास्तमा भएको बयान मेरो होइन प्रहरीले जबरजस्तीसाथ ल्याप्चे सहिछाप गराएको हो। म निर्दोष रहेकोले मलाई सजाँय हुने होइन भन्‍ने समेत व्यहोराको प्रतिवादी मोहनलाल खड्काले शुरु अदालत समक्ष गरेको बयान।
  • मिति २०७२/0३/२८ गतेका दिन मैले ठेक्‍का लिएको शम्शेरगञ्‍जको परुवा नालामा तटबन्ध निर्माण गर्ने काममा थिए।लेवरहरु ल्यईइ काम लगाई त्यही बसेको हुँ।प्रितम थापा मेरो जेठान र सोहन ढकाल काकाको छोरा भाई हो।माधव परियार, हरि वली, विवाद पाठकलाई खेलाडीको नाताले चिन्छु।अन्य प्रतिवादीहरुलाई चिन्दैन।निजहरु २०७२/0३/ २८ गतेका दिन कहाँ थिए ? के गरे ? थाहा भएन।म आफ्नै काममा शम्शेरगञ्‍जमा थिए।मैले चेतन मानन्धरलाइ खुँडा प्रहार गरी मारेको होइन।कसले खुँडा प्रहार गरे भन्‍न सक्दैन।घटनास्थल मुचुल्का गलत हो।प्रतिवेदनको व्यहोरामा मेरो नाम लेखेको कुरा गलत हो।अनुमानको भरमा दिएको जाहेरी हो।म तरुणदल क्षेत्र नं.३ को सभापति रहेको र पत्रिकामा छपाउने युवा संघ नेपालको संलग्नता रहेको हुनाले मेरो राजनैतिक चरित्र हत्या गर्न पत्रिकामा छापेको हुनु पर्छ।प्रहरीले मलाई फसाउन मेरो नाम समेत लेखी गरेको बयान व्यहोरा झुठ्ठा हो।मैले उनिहरुलाई चिनेको छैन।मेरो नाम भन्‍ने कुरै भएन।मलाई फसाउन पार्टीको षडयन्त्र हुन सक्छ।मलाई बदनाम गर्न चाल चलेको हुनु पर्छ।देखाएको खुँडा मैले प्रहार गरेको होइन।प्रहार भएको खुँडामा रहेको फिङ्गगर प्रिन्टसँग मेरो फिङ्गगर जाँच गराई पाउँ।मैले अभियोग दावी बमोजिम कसूर गरेको होइन सजाँय हुनु पर्ने होइन भन्‍ने समेत व्यहोराको प्रतिवादी रिगल ढकालले अदालत समक्ष गरेको बयान।
  • जाहेरी दरखास्त घटनास्थल मुचुल्का परिक्षण प्रतिवेदन सह-अभियुक्तको बयान समेत पढी सुनाउँदा सुनि पाए सो बारे मलाई केही थाहा छैन।मैले अभियोग दावी बमोजिमको कसूर गरेको होइन।मिति २०७२/0३/२८ गते देखि हाल मेरो भेट रिगलसँग भएको छैन। मलाई सजाँय हुनु पर्ने होइन भन्‍ने समेत व्यहोराको प्रतिवादी दिपक के.सी.ले शुरु अदालतमा गरेको बयान।
  • पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी मुलुकी ऐन, अ.वं.११८ को देहाय ५/१० समेतलाई विचार गरी नगद रु.२०।- नगद धरौट दिए लिई तारेखमा राख्‍नु दिन नसके कानून बमोजिम थुनामा पठाई दिनु भन्‍ने समेत व्यहोराको शुरु अदालतबाट मिति २०७२/ 0५/२५ मा भएको थुनछेक आदेशानुसार निजले शुरु अदालतको र.नं.068 मिति 2072 /0५/2५ मा रु.20।- धरौटी जम्मा गरी तारेखमा रहेको।
  • मिति 2072/03/28 गते म आफ्नै घरमा थिए।को-को मिली चेतन मानन्धरलाई कर्तव्य गरि मारेका हुन माई थाहा छैन।हरि वली र विवाद पाठक बाहेकका प्रतिवादीहरु र मृतक चेतन मानन्धरलाई म चिन्दिन।सह-प्रतिवादीहरूले मेरो नाम किन पोल गरे मलाई थाहा भएन।मैले अभियोग मागदावी बमोजिम कसूर नगरेका कारण मलाई सजाँय हुनु पर्ने होईन भनि प्रतिवादी दिपेन्द्र मल्लले शुरु अदालत समक्ष गरेको बयान।
  • मृतक चेतन मानन्धरलाई प्रतिवादी रिगल ढकालले खुँडाले प्रहार गरेका होईनन्।निजलाई अर्का प्रतिवादी बिशाल बस्नेतले खुँडाले मेरै आँखा अगाडी हानेका हुन।उक्त घटनामा मेरो कुनै संलग्नता छैन।जाहेरवालाले मेरो नाम किन लिए मलाई थाहा भएन।मैले अभियोग दावी बमोजिम कसूर नगरेकाले मलाई सजाँय हुनु पर्ने होईन भनि प्रतिवादी सोहनसिंह ढकालले शुरु अदालत समक्ष गरेको बयान।
  • म बिरामी भई मैले भेट्न बोलाएकाले मिति 2072/03/17 गते प्रतिवादी मनिष चौलागाई मलाई भेट्न आएका थिए।निजले मोबाईल लिएर आएका थिएनन।मेरो घरमा हुँदा निजले मेरो फोन प्रयोग गरेका थिए।निजलाई प्रहरीले मिति 2072/03/30 मा पक्राउ गरेका हुन।प्रहरीको डर, त्रास र धम्किले गर्दा मौकामा निजले कसूरमा साबिती रही बयान गरेको हुन सक्छ भनि प्रतिवादी मनिष चौलागाईका साक्षी नानीमैया चौलागाईले शुरु अदालतमा गरेको बकपत्र।
  • मिति 2072/03/19 गते प्रतिवादी रिगल ढकालले मलाई फोन गरेर भारत जाने मेरा 4 जना मान्छे आउँदैछन,20 गते राखी दिनु होला भनि फोन गरेका थिए र 20 देखि 28 गतेसम्म 4 जना मानिसहर कोठा नं.104 मा बसेका थिए।28 गते निजहरु 12:00 बजे कोठा छाडेर गएका हुन।त्यस पश्‍चात निजहरू फर्केर आएनन्।होटलमा निरन्तर 4 जना बस्दथे र एक जना कहिले काही आउने जाने गर्दथे।28 गते बेलुका प्रहरीहरु कोठामा चेकजाच गर्न आएपछि मैले घटना बारेमा थाहा पाएको हुँ भनि घटनाविवरण कागज गर्ने घनश्याम थापाले शुरु अदालतमा गरेको बकपत्र।
  • मिति 2072/03/28 गते काम बिशेषले म नेपालगञ्‍ज आएका बखत प्रतिवादी सोहनसिंह ढकालसँग कृषि बिकास बैंक अगाडी भेट भएको थियो।मृतक निज प्रतिवादी बिच कुनै पनि रिसईबी थिएन।प्रतिवादी सोहनसिंह ढकालको वादरातमा कुनै संलग्नता छैन।प्रहरीले डर, धम्की देखाएकाले सह-प्रतिवादी प्रेमध्वज समेतले प्रहरीमा बयान गर्दा निजलाई पोल गरेका होलान।निज प्रतिवादीले उक्त कसूर नगरेकाले निजलाई सजाँय हुनु पर्ने होईन भनि प्रतिवादी सोहनसिंह ढकालका साक्षी कुल बहादुर न्यौपानेले शुरु अदालतमा गरेको बकपत्र।
  • म र प्रतिवादी याम बहादुर बुढामगर विजनेस पार्टनर भएकाले मिति 2072/03/12 गते हामीहरु अफिसको कामले काठमाडौंका लागि प्रस्थान गरेका थियौं।हामीहरु बुटवल पुगेपछि प्रतिवादी याम बहादुर बुढाकी अन्टीले निजलाई फोन गरी काठमाडौं पछि जाउँला अहिले भईरहवा आउ भनेपछि निज बुटवलबाटै फर्की भईरहवा गए र म काठमाडौं गएँ। काठमाडौंमा 4/५ दिनपछि काम सकेर नेपालगञ्‍ज आई निज याम बहादुरलाई फोन गर्दा निजले श्रावणको पहिलो हप्‍तातिर आउँछु भनि भनेका थिए।मिति 2074/03/30 गते प्रहरीले निजलाई भैरहवाबाटै पक्राउ गरेका हुन।निज प्रतिवादी याम बहादुर बुढामगर वारदातको समयमा नेपालगञ्‍जमा नभई भईरहवामा भएकाले निजको वादरातमा कुनै संलग्नता छैन।यी प्रतिवादी रिगल ढकालको साथी भएकाले शंकाले निज उपर जाहेरी परेको हुनसक्छ भनि प्रतिवादी याम बहादुर बुढामगरका साक्षी अमित लामाले शुरु अदालतमा गरेको बकपत्र।
  • वादरात मितिमा प्रतिवादी विवाद पाठक काठमाडौंमा थिए।निज मिति 2072/03/1५ गते काठमाडौं गएका र मिति 2072/03/29 गते काठमाडौबाट हरि वलीसँग लुम्बिनी घुम्न आउने क्रममा बुटवल बसपार्कमा पक्राउ परेका हुन।निज प्रतिवादी वारदात मितिमा नेपालगञ्‍जमा नभई काठमाडौंमा भएकाले निजले जाहेरवालाको छोरालाई मारे मराएका होईनन्।निज उपरको किटानी जाहेरी र अभियोग दावी झुठ्ठा हो भनि प्रतिवादी विवाद पाठकका साक्षी बसन्त पोखरेलले शुरु अदालतमा गरेको बकपत्र।
  • प्रतिवादी विवाद पाठक उपरको जाहेरी तथा अभियोग दावी सबे झुठा हो।वारदात मितिमा निज प्रतिवादी मसँगै भक्तपुर कटुन्जयमा आफ्नै घरमा थिए।निज मिति 2072/03/16 गते काठमाडौं पुगेका र मिति 2072/03/29 गते काठमाडौंबाट फर्की आएका हुन। मिति 2072/03/29 गते काठमाडौंबाट लुम्बिनी घुम्न भनि हरि वलीसँग आई रहेको अवस्थामा निजलाई प्रहरीले पक्राउ गरेका हुन भनि प्रतिवादी विवाद पाठकका साक्षी जुद्वराज न्यौपानेले शुरु अदालतमा गरेको बकपत्र।
  • मिति 2072/03/28 गते बिहान देखी बेलुकासम्म प्रतिवादी दिपेन्द्र मल्ल घरमा नै थिए।मेरो पनि बर्षे बिदा भएकाले म पनि निजसँगै दिनभर थिए।निज दिनभर घरमै रहेकाले निजको वादरतमा कुनै संलग्नता छैन।निजलाई अभियोग दावी बमोजिम कुनै सजाँय हुनु पर्ने होईन।उक्त वारदात कसले गरेका हुन मलाई थाहा छैन भनि प्रतिवादी दिपेन्द्र मल्लका साक्षी हिक्मत थापा बोगटीले शुरु अदालतमा गरेको बकपत्र।
  • मिति 2072/03/1५ गते प्रतिवादी हरि वली आफ्नो फुपुको छोरा हरि के.सी.को उपचारका लागि काठमाडौं गएका थिए।निज हरि वली मिति 2072/03/28 सम्म हरि के.सी.को उपचार गराई रेखदेख गरी बसेका र मैले निजलाई फोन गर्दा बुटवल र लुम्बिनी घुम्न भोली आउँदैछौं, तिमीहरू पनि आई हामीहरुलाई घुमाई दिनु भनेकाले हामीहरु पनि नेपागञ्‍जबाट घुम्न बुटवल गएका बखत निजहरुसँग भेट भएको र त्यहाँ बसेर चिया खाने क्रममा हरि वली र विवाद पाठकलाई प्रहरीले पक्राउ गरेका हुन।उक्त वारदातमा निजको कुनै संलग्नता छैन।निजलाई सजाँय हुनु पर्ने होईन भनि प्रतिवादी हरि वलीका साक्षी लक्ष्मी देवी खड्काले शुरु अदालतमा गरेको बकपत्र।
  • म बैदेशिक रोजगारमा मलेशियामा रहेका बखत त्यहाँ म दुर्घटनामा परी मिति 2072/ 03/1५ गते दाहिने खुट्टा भाँचिएकाले म मिति 2072/03/20 गते काठमाडौं थिए र त्यहा मलाई हरि वली समेतले विमानस्थलमा लिन आई मलाई शिक्षण अस्पतालमा उपचार गराई मिति 2072/03/28 सम्म रेखदेख गरेका थिए।मेरो बुवा भारतबाट फर्केर काठमाडौं गएपछि मिति 2072/03/29 गते यी प्रतिवादी काठमाडौंबाट फर्किएका हुन। निज प्रतिवादी हरि वलीको वारदातमा कुनै संलग्नता छैन।निजलाई सजाँय हुनु पर्ने होईन भनि प्रतिवादी हरि वलीका साक्षी हरि बहादुर के.सी.ले शुरु अदालतमा गरेको बकपत्र।
  • मिति 2072/03/28 गते म शम्शेरगञ्‍जको परूवा खोलामा तटबन्ध बनाई रहेको स्थानमा प्रतिवादी रिगल ढकालसँग दिनभरसँगै थिए।उक्त साँझ ५:00 बजेपछि म घर फर्केर आए र रिगल ढकाल त्यही बसेका थिए।प्रहरीले डर, धम्की र कुटपीट गरी सह- प्रतिवादीहरुलाई बयान गराई रिगल ढकालले मृतकलाई मारेको भन्‍ने बयान गराएको हुन सक्छ।वारदातमा यी प्रतिवादीको कुनै संलग्नता नै छैन।सायद राजनैतिक कारणले गर्दा निज उपर जाहेरी परेको हुन सक्छ।निज निर्दोष भएकाले निजलाई सजाँय हुनु पर्ने होईन भनि प्रतिवादी रिगल ढकालका साक्षी निरज कार्कीले शुरु अदालतमा गरेको बकपत्र।
  • मिति 2072/03/28 गते प्रतिवादीहरु प्रितम थापा र माधव नेपालीसँग म प्रेम थापाको घरमा थिए।प्रतिवादीहरुसँग कुखुरा पालन र मासु व्यवसाय सम्बन्धी सल्लाह गर्दै थिए। चेतन मानन्धरको मृत्यु प्रतिवादीहरु मध्ये छविलाल बस्नेतले खुँडा प्रहार गरी भएको हो भन्‍ने कुरा मैले सुनेको हुँ।निजहरुले कुनै कसूर अपराध नगरेकाले सजाँय हुनु पर्ने होईन भनि प्रतिवादीद्वय प्रितम थापा र माधव नेपालीका साक्षी धर्मेश वि.सी.ले शुरु अदालतमा गरेको बकपत्र।
  • मिति 2072/03/28 गते बिहान म घरमा गई फर्की कोहलपुर जाने क्रममा गाडीमा प्रेमध्वज खत्रीसँग गाडीमा भेट भएको थियो।त्यसपछि कोहलपुरबाट नेपालगञ्‍ज गाडीमा म र निज प्रतिवादीसँगै गएका थियौ।प्रेमध्वज नर्सिङ्ग होम नजिक झरी मुक्तिपुरतिर जान लागेका अवस्थामा प्रहरीले निजलाई सोधपुछका लागि भनि पक्राउ गरेका हुन।निज भारतको पुनामा होटलमा काम गर्दथे र 3 महिना अघिमात्र नेपाल आएका हुन।प्रहरीले डर, धम्की र कुटपिट गरी यातना दिएकाले प्रतिवादीले चेतन मानन्धरलाई आफू समेत भई मारेका हौं भन्‍ने बयान दिएका हुन।वारदातमा निजको कुनै संलग्नता छैन भनि प्रतिवादी प्रेमध्वज खत्रीका साक्षी होमसुर्य खत्रीले शुरु अदालतमा गरेको बकपत्र।
  • वारदात मितिमा म र प्रतिवादी केशव बहादुर रोकाया दाँतको उपचार गर्न र घरायसी सामान किनमेल गर्न भनि दिउँसो 12:00 बजे बसुदेवपुरबाट नेपालगञ्‍ज बजार आई खजुरा रोडमा रहेको डेन्टल हस्पिटलमा करिब 2 घण्टा उपर गरेपछि 1 घण्टा जति बजारमा सामान किनी घर फर्किनका लागि साँझ 4:00 बजेतिर वि.पी.चोकमा गाडी कुरी बसेका अवस्थामा प्रतिवादी केशव बहादुर रोकायलाई सोधपुछका लागि भनि प्रहरीले पक्राउ गरी लिएका हुन। वारदातका मितिमा दिन यी प्रतिवादी मसंगै रहेकाले निजको घटनामा कुनै संलग्नता छैन।निजले प्रहरीमा बयान गर्दा डर, त्रास, धम्कीले गर्दा लेखाएका हुन् भनि प्रतिवादी केशव बहादुर रोकायका साक्षी मिश्री कुमारी गिरीले शुरु अदालतमा गरेको बकपत्र।
  • मिति 2072/03/28 गतेका दिन प्रतिवादी मोहन खड्का लगायत हामी सबै जना खेतमा धानको बिउ निकाली रहेका थियौ।दिउँसो 3:00 बजेतिर म र मोहन खड्का घरायसी सामान किन्‍न घरबाट निस्कि नेपालगञ्‍ज गएका र नेपालगञ्‍ज घरबारी टोलमा सामान किनी रहेका अवस्थामा प्रहरीले सोधपुछका लागि भनि पक्राउ गरेका हुन।निजको उक्त वारदातमा कुनै संलग्नता छैन।निज निर्दोष भएकाले निजलाई अभियोग दावी बमोजिम सजाँय हुनु पर्ने होईन भनि प्रतिवादी मोहन खड्काका साक्षी शेर बहादुर के.सी.ले शुरु अदालतमा गरेको बकपत्र।
  • मिति 2072/03/28 गते दिउँसो 2:00/3:00 बजेतिर सिम्ताली होटल अगाडी घटना घटेको हो।म र मेरो अर्को साथी सिद्वार्थ कटेजको गेटमा थियौ।त्यहाँ बाटोमा सिम्ताली होटल अगाडी मान्छे काटेको भन्‍ने हल्ला सुन्यौ।घटना घटाउने मान्छेहरु सिद्वार्थ होटलको पार्ङ्किङ्ग एरियाबाट हतियार वासको भर्‍याङ्गमा लुकाएर भागेको र राती 12:00 बजेतिर सर्जिकल गर्दा हतियार त्यहीबाट बरामद गरेको हो।उक्त घटनामा कस कसको संलग्नता थियो मलाई थाहा भएन भनि घटनाविवरण कागज गर्ने डम्बर बहादुर थापाले शुरु अदालतमा गरेको बकपत्र।
  • मिति 2072/03/28 गतेका दिन रिगल ढकालले आफूसँग ल्याएको फलामको खुँडाले चेतन मानन्धरको दाहिने हातमा प्रहार गरी काटेको अवस्थामा नर्सिङ्ग होममा ल्याउँदा चेतन मानन्धर होसमा रहँदा चिनेका मानिसहरु रिगल ढकाल, प्रतिम थापा, माधव परियार, केशव रोकाय, नबराज खत्री, विशाल बस्नेत, प्रशान्त गौतम, मोहन खड्का, हरि वली, यम बहादुर बुढामगर, विवाद पाठक, मनिष चौलागाई, दिपेन्द्र मल्ल, सोहनसिंह ढकाल समेतले चारै तिरबाट घेरा हाली रिगल ढकालले आफूसँग ल्याएको फलामको खुँडाले प्रहार गरी बढी रक्तश्राव भई बेहोस हुँदा शिक्षण अस्पताल,नेपालगञ्‍जले काठमाडौं रिफर गरेको र निज चेतन मानन्धरलाई एम्बुलेन्समा राँझा एयरपोर्टमा लाग्दा निजको बाटोमा नै मृत्यु भएको हो।होसमा रहँदा छोरा चेतन मानन्धरले रिगलले मलाई खुँडाले प्रहार गरेका हुन भनि भनेको थियो भनि जाहेरवाला किशोर कुमार मान्‍नधरले शुरु अदालतमा गरेको बकपत्र।
  • वारदातमा प्रतिवादी नबराज खत्रीको संलग्नता छैन।को कस्ले घटना घटाए मलाई थाहा छैन भनि प्रतिवादी नबराज खत्रीका साक्षी भीम बहादुर विश्‍वकर्माले शुरु अदालतमा गरेको बकपत्र।
  • घटनाविवरण कागज व्यहोरा मेरो होईन।सहिछाप मात्र मेरो हो।कागज व्यहोरा मलाई पढी बाँची नसुनाई प्रहरीले तैले कागजमा सही गरेनस भने तलाई समेत फसाई दिन्छु भनि डर, त्रास देखएकाले मैले सही गरेको हुँ।प्रहरीले मलाई डर,त्रास देखाएको सम्बन्धमा मैले जिल्ला प्रहरी कार्यालयका तत्कालिन एस.पी.बसन्त पन्तसँग उजूरी गर्न जाँदा मुद्दा फाँटको कार्य कक्षमा मलाई गालामा दुई थप्पड हानी यस सम्बन्धमा कहिकतैं उजूरी गर्ने गरिस भने तेरो बास उठाएर छाड्छु भनि मेरो उजूरी लिनु भएन।जसरी मलाई प्रहरीले डर,त्रास देखाए त्यसै गरी मेरो छोरा मनिष चौलागाईलाई पनि प्रहरीले डर,त्रास देखाई वारदातमा संलग्न छु भन्‍ने व्यहोरा लेखाई सहिछाप गराएका होलान।मिति 2072/03/17 गते मनिष चौलागाई आफ्नो फुपुको घर भैरहवा गएको र निजको मोबाईल घरमै छुटेको थियो भनि घटनाविवरण कागज गर्ने भेषराज चौलागाईले शुरु अदालतमा गरेको बकपत्र।
  • घटनाविवरण कागजको सही मात्र मेरो हो।कागजको व्यहोरा प्रहरी आफैले लेखी मलाई जबरजस्ती हस्ताक्षर गराएका हुन्।जि.प्र.का.का एस.पी.बसन्त पन्तले कहिकतैं उजूरी गरेको खण्डमा तपाईहरुको नेपालगञ्‍जबाट उठिबास गरिदिन्छु भनि डर, त्रास, धम्की दिएका र मेरा पति र मलाई समेत पिटेका कारण मैले कहिकतैं उजूरी गरेकी होईन।मिति 2072 /03/17 देखि ऐ.30 गतेसम्म प्रतिवादी मनिष चौलागाई आफ्नो फुपुको घरमा थिए, मनिष चौलागाईको वारदातमा संलग्नता नभएको हुँदा निज निर्दोष हुन भनि मैले कागज गर्दा भनेकी हुँ भनि घटनाविवरण कागज गर्ने अन्जु चौलागाईले शुरु अदालतमा गरेको बकपत्र।
  • घटनाविवरण कागजको सही मेरो हो।व्यहोरा मेरो होईन।प्रहरीले उक्त कागजको व्यहोरा मलाई पढीवाँची सुनाएनन् र पढ्न पनि दिएनन्।मलाई सही गर्नु भनेपछि मैले सही गरेकी हुँ भनि घटनाविवरण कागज गर्ने केशु पोख्रेल वलीले शुरु अदालतमा गरेको बकपत्र।  
  • जाहेरवालाको किटानी जाहेरी, मौकामा तयार भएको घटनास्थल मुचुल्कामा उल्लेखित व्यहोरा, प्र.ना.नि.मणिराम लामिछाने समेतको प्रतिवेदनमा उल्लेखित व्यहोरा, वारदातमा प्रयोग भएको रगत लागेको खुँडा, घटनास्थल तथा लाशजाँच मुचुल्का र शव परिक्षण प्रतिवेदनमा उल्लेखित तथ्य, नबराज खत्री समेतका सह-प्रतिवादीहरुले मौकाको बयानमा खुलाएको व्यहोरा, प्रत्यक्षदर्शी मनोज विश्‍वकर्मा समेतले घटनाविवरण कागजमा खुलाई दिएको व्यहोरा, होसमा रही आएको अवस्थामा चेतन मानन्धरले आफूलाई रिगल ढकालले खुँडा प्रहार गरेको भनि जाहेरी दरखास्तमा खुलाएको व्यहोराको समर्थन हुने गरी अदालत समक्ष गरेको बकपत्रमा उल्लेखित व्यहोरा समेतका आधार र कारणहरु समेतबाट प्रतिवादी रिगल ढकालले मुलुकी ऐन, ज्यान सम्बन्धी महलको 1 र 13(1) नं.अनुसारको अपराध गरेको ठहर भई निजलाई सोही ऐन नं.अनुसार सर्वस्व सहित जन्म कैदको सजाँय हुने ठहर्छ।प्रतिवादीहरु विशाल भन्‍ने छविलाल बस्नेत, प्रशान्त भन्‍ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नबराज खत्रीले होटलमा बसी रिगल ढकालको निर्देशनमा चेतन मानन्धरलाई घेरा हाली भाग्न उम्कन नदिई समाती रिगल ढकालका सामु पुर्‍याई दिएको र चेतन मानन्धरलाई मार्ने क्रियामा संयोग पारिदिएको पुष्‍टी हुन गएकाले अभियोग मागदावी बमोजिम मुलुकी ऐन, ज्यान सम्बन्धी महलको 1 र 13(4) नं.अनुसारको कसूर गरेको ठहर भई निजहरुलाई सोही ऐन, नं.बमोजिम जन्म कैदको सजाँय हुने ठहर्छ।प्रतिवादी सोहनसिंह ढकाल वारदात भै रहेको ठाउँमा हतियार साथमा लिई वादरातस्थलमा मौजुद रहेकाले निजले मुलुकी ऐन, ज्यान सम्बन्धी महलको 17(1) नं.मा उल्लेखित कसुर गरेको ठहर भई निजलाई सोही नं.बमोजिम 10(दश) बर्ष कैद सजाँय हुने ठहर्छ।प्रतिवादी दिपेन्द्र मल्ल बिना हतियार सहयोगी भूमिकाका रुपमा वारदातस्थल गै चेतन मानन्धर समेतलाई घेरा दिई मार्न संयोग पारी दिने सम्मको कसूर गरेको देखिन गएबाट निजले मुलुकी ऐन, ज्यान सम्बन्धिको 17(2) अनुसारको कसूर गरेको ठहर भई निजलाई सोही ऐन नं.बमोजिम ५(पाँच) बर्ष कैद सजाँय हुने ठहर्छ।प्रतिवादीहरु केशव रोकाय, प्रितम थापा, माधव परियार, मनिष चौलागाई, विवाद पाठक, हरि वली र याम बहादुर बुढामगरले मुलुकी ऐन, ज्यान सम्बन्धी महलको 17(3) नं.अनुसारको कसूर गरेको ठहर भई निजहरुलाई सोही नं.अनुसार 3(तीन) बर्षका दरले कैद सजाँय हुने ठहर्छ।प्रतिवादी दिपक के.सी.ले अभियोग दावी पुग्न नसक्ने भई निजले अभियोग दावीबाट सफाई पाउने ठहर्छ भन्‍ने व्यहोराको शुरु बाँके जिल्ला अदालतबाट मिति 207५/01/11 मा भएको फैसला।
  • प्रमाण ऐन,2031 को दफा ८ मा प्रमाणमा लिन हुने कुराहरु र साक्षी अदालत समक्ष बकेका कुराहरु मात्र कुराहरु मात्र प्रमाणमा लिन हुन्छ भनि उल्लेखित छ।त्यसैगरी सोही ऐनको दफा 18 मा विवाद शव परिक्षण प्रतिवेदन वाहेक अनुसन्धानका क्रममा तयार भएको जुनसुकै लिखतका व्यक्तिहरुले अदालत समक्ष उपस्थित भै बकपत्र नगरेसम्म निजहरुको कथन प्रमाणमा नलाग्ने निर्विवाद छ।सो कानूनी व्यवस्थाहरुको ठिक बिपरित जिल्ला अदालतको फैसलामा अदालत समक्ष उपस्थित नै नभएको र बकपत्र नै नगरेको व्यक्तिहरुको कथनलाई महत्वपूर्ण प्रमाणको रुपमा ग्रहण गरीएको पाइन्छ।प्रमाण ऐन, 2031 मा उल्लेखित कानूनी व्यवस्थाको बिपरित जिल्ला अदालतले जे जुन व्यक्तिहरुको व्यहोरालाई म पुनरावेदक समेत बिरुद्धको प्रमाणभनि नामाकरण गरेको छ।सो सम्मानित सर्वोच्‍च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको बिपरित सह-अभियोगको पोलको सम्बन्धमा कानूनी व्यवस्था नभएको सम्बन्धमा कानूनी व्यवस्था नभएको कारणबाट      यसलाई आधारभूत प्रमाणको रुपमा ग्रहण नमिल्ने स्पष्‍ट छ।ग्रहण गर्न नमिल्ने प्रमाणलाई ग्रहण गरी म पुनरावेदकलाई कसूरदार कायम गरेको फैसला त्रुटिपूर्ण छ।बरामद खुँडामा म पुनरावेदकको औंलाको छाप भेटिएको भए वा संकलित रगतसँग म पुनरावेदको कपडा वा शरिरमा पाइएको रगतको नमूना मिलेको अवस्था भएको भए निश्‍चय नै ती बस्तुहरु म पुनरावेदकको विरुद्ध प्रमाण कायम हुन सक्थे।बरामदी बस्तुसँग म पुनरावेदकको कुनै सम्बन्ध नै स्थापित नभएको अवस्थामा ती बस्तुहरुलाई म पुनरावेदकको बिरुद्ध प्रमाणको रुपमा ग्रहण गरी गरिएको फैसला मनोगत छ।जाहेरवालाले अदालत समक्ष गर्नु भएको बकपत्र र शुरु जाहेरी दरखास्तमा उल्लेखित व्यहोरा एक आपसमा दाजेर हेर्ने हो भने जाहेरवालाको कथन कपोलकल्पित छ।प्रमाण ऐन,2031 बमोजिम साक्षी हुन योग्य मेरो साक्षीले अदालत समक्ष गरेको बकपत्रमा मेरो एलबीको जिकिरलाई प्रमाणित गर्दा गर्दै पनि बिना आधार र कारण उक्त व्यहोरालाई प्रमाणमा ग्रहण नगरी मेरो बिरुद्धको प्रमाण भनि गरिएको फैसला मनोगत एवं त्रुटिपूर्ण छ।यसै मुद्दाको प्रतिवादी छविलाल बस्नेतले अदालत समक्ष बयान गर्दा मृतकलाई आफुले हतियार प्रयोग गरेको र सो गर्नु पर्ने कारण समेत स्पष्‍ट गरी खुलाई लेखाई दिनु भएको छ।अदालत समक्ष गर्नु भएको बयानमा म पुनरावेदकले मृतकलाई प्रहार गरेको होइन भनि वास्तविक व्यहोरा लेखाई सक्नु भएको छ।निजले अदालत समक्ष गरेको बयानलाई अन्य स्वतन्त्र प्रमाणहरुले समर्थित गरिराखेको छ।मृतकलाई आफुले हतियार प्रयोग गरेको हुँ भनि छविलाल बस्नेतले गरेको बयानलाई लत्याएर कहिकतैंबाट समर्थित एवं पुष्‍टी हुन नसकेको आधारलाई मनन गरिएको छ। अनुसन्धानको क्रममा तैयार पारिएको कागजातहरुमा उल्लेखित कतिपय व्यक्तिहरुले प्रमाण ऐन,2031 को दफा १८ बमोजिम अदालत समक्ष गरेको बकपत्र एवं मेरा साक्षीहरुले अदालत समक्ष गरेको बकपत्र समेतबाट वादी दावी स्पष्‍टसँग खण्डित हुन पुगेको छ। मलाई कसूरदार कायम गरी गरेको शुरुको फैसला त्रुटिपूर्ण र बदर भागी छ बदर गरिपाउँ भन्‍ने समेत व्यहोराको पुनरावेदक वादी रिगल ढकालको पुनरावेदन-पत्र।
  • प्रतिवादीहरु रिगल ढकाल, प्रशान्त भन्‍ने प्रेमध्वज खत्री, विकास भन्‍ने छविलाल बस्नेत, नवराज खत्री, मोहनलाल खड्का उपर अभियोग मागदावी बमोजिम नै कसूर ठहर हुने गरी फैसला भएकोले सो उपर पुनरावेदन जिकिर लिएको छैन।अभियोग दावीको कसूरमा ईन्कार रहेतापनि प्रतिवादी मध्येका छविलाल बस्नेतले वारदातमा निजले आफ्नो, प्रतिवादी सोहनसिंह ढकाल र दिपेन्द्र मल्लको प्रत्यक्ष संलग्ता रहेको भनि बयान गरेको लगायतका मिसिल संलग्‍न कागजात तथा बस्तुगत प्रमाणबाट यी सम्पूर्ण प्रतिवादीहरुले संगठित भई आपराधिक गतिविधीहरु ठेक्‍कापट्टा, चन्दा असुली, यातायात व्यवसायमा हस्तक्षेप लगायतका आपराधिक गतिविधिबाट रकम कलम असुलीमा संलग्न रही आफ्नो आपराधिक साम्राज्य कायम गर्ने उद्देश्यले एकातिर पूर्व रिसइवी साध्ने अर्कोतिर खुलेआम दिन दाहाडे शहरको मुटुमा रहेको स्थानमा चार/चार वटा साघाँतिक खुँडा जस्तो हतियार प्रर्दशन गरी सार्वजनिक रुपमा मृतक माथी प्रहार गरी समाजमा भयावह र आँतक फिजाई आफ्नो बर्चश्‍व कायम गर्ने उद्देश्यबाट यी प्रतिवादी हरेकको बराबरी भूमिका र सक्रयतामा उक्त वारदात घटाएको पुष्‍टी भएको छ।आपाराधिक उद्देश्य प्राप्‍तिका लागी प्रतिवादी रिगल ढकाल तथा निजका भाई सोहनसिंह ढकाल समेतका प्रतिवादीहरुले आपराधिक (Killer Group) जसमा प्रतिवादी छविलाल बस्नेत, प्रेमध्वज खत्री, नवराज खत्री, मोहनलाल खड्का समेतका प्रतिवादीहरु बेलबहादुर डाँगीको जाहेरीले वादी नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा बाँके जिल्ला अदालतको मिति 2073/09/18 को फैसलाबाट निजहरुलाई सर्वस्व सहित जन्मकैदको सजाँय समेत भैसकेको छ।यिनै तथ्य प्रमाण, वारदात र घटनाक्रमलाई समेत बाँके जिल्ला अदालतबाट भएको फैसला समेत स्वीकार्दा स्विकार्दै बिना कारण र आधार वारदात तथा अपराधमा बराबरी तथा समान कसूरका समान साझेदार मध्ये प्रतिवादी सोहनसिंह ढकाललाई १० बर्ष, दिपेन्द्र मल्ललाई ५ बर्ष, प्रत्यक्ष वारदातमा स्थलमा संलग्‍न रही हतियार प्रयोग गरी मार्नलाई घेरा हाली, लछार-पछार गर्ने, उम्कन फुत्कन नदिने, वारदातको संयोग पारी दिने, बन्दोबस्ती संगठित हुने, गर्ने गराउने कार्यका मद्दकार र भूमिका निर्वाहका रुपमा प्रत्यक्ष संलग्‍न रहेका प्रतिवादीहरु केशव बहादुर रोकाया, मनिष चौलागाई, विवाद पाठक, याम बहादुर बुढामगर, हरि वली, प्रितम थापा, माधव परियारलाई बाँके जिल्ला अदालतबाट मनोगत व्याख्या गरी निजहरु प्रति उदारता र सदास्यता देखाई निजहरुले मृतकलाई मार्ने मर्न सम्मको संयोग पारेको नदेखिएकोले निजहरुलाई बिना आधार र कारण कसूरको मात्रा र गम्भिरता भन्दा अत्यन्त न्यून तीन बर्ष कैदको सजाँय हुने गरी भएको फैसला त्रुटिपूर्ण छ।निज प्रतिवादीहरुलाई समेत मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(४) नं.बमोजिम सजाँय गरिपाउँ भन्‍ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन-पत्र।
  • प्रस्तुत मुद्दामा फैसला गर्दा प्रत्यक्षदर्शी अदालतमा उपस्थित हुन नसकेको कारणले मात्र तात्विक असर पर्न सक्ने अवस्था देखिन भनि न्याय निरोपण गर्दा प्रमाण मूल्याङ्कन विवेचना बिश्‍लेषण भन्दा आत्मगत आधारले प्राथमिकता पाएको छ।मृतकलाई मार्नु सम्मको पूर्व रिसइवी मनसाय मार्ने पूर्व योजना तैयारी र सो अनुरुप वारदात घटनाएको पुष्‍टी हुँदैन। मृतकलाई मार्ने योजना भएको भए एक पटक मात्र प्रहार हुने थिएन।पटक/पटक प्रहार हुने थियो।सो भएको छैन मृतकलाई लछार-पछार गरिएको भनि दावी गरेको भएपनि मृतकको शरिरमा कुनै पनि चिन्ह घाउचोट छैन।बरामद गरेको खुँडामा कुनै पनि प्रतिवादी फिङ्गर प्रिन्ट छैन।शुरुको फैसला प्रमाण ऐन,2031 को दफा 3,10,१८,2५,27 ५4 को प्रतिबन्धात्मक वाक्याँशको गम्भिर कानूनी त्रुटिपूर्ण छ।शुरुको फैसला बदर गरी अभियोग दावीबाट सफाई दिलाई पाउँ भन्‍ने समेत व्यहोराको प्रतिवादी प्रितम थापा र माधव परियार भन्‍ने माधव नेपालीको पुनरावेदन-पत्र।
  • प्रस्तुत मुद्दामा फैसला मृतकलाई मार्नु सम्मको पूर्व रिसइवी मनसाय मार्ने पूर्व योजना तैयारी र सो अनुरुप वारदात घटाएको पुष्‍टी हुँदैन।मृतकलाई मार्ने योजना भएको भए एक पटक मात्र प्रहार हुने थिएन।पटक/पटक प्रहार हुने थियो।सो भएको छैन मृतकलाई लछार-पछार गरिएको भनि दावी गरेको भएपनि मृतकको शरिरमा कुनै पनि चिन्ह घाउचोट छैन।बरामद गरेको खुँडामा कुनै पनि प्रतिवादी फिङ्गर प्रिन्ट छैन।शुरुको फैसला प्रमाण ऐन,२031 को दफा 3,10,१८,2५,27 ५4 को प्रतिबन्धात्मक वाक्याँशको गम्भिर कानूनी त्रुटिपूर्ण छ।म पुनरावेदक अदालतमा बयान गर्दा कसूर ईन्कार रही बयान गरी मेरो सो ईन्कारी बयानलाई मेरो साक्षी प्रमाणबाट पुष्‍टी भैरहेको अवस्थामा समेत मेरो प्रमाणको मूल्याङ्कन नगरी भएको शुरुको फैसला बदर भागी छ सफाई दिलाई पाउँ भन्‍ने समेत व्यहोराको प्रतिवादी याम बहादुर बुढामगरको पुनरावेदन-पत्र।
  • मैले मृतकलाई मार्नु पर्ने कारण र विवाद अवैध रकम असुलको विवाद रहेको कारणले मृतकलाई मारिएको भनिएपनि कुनै पनि प्रमाणबाट सो विवाद रहेको भन्‍ने तथ्य पुष्‍टी हुँदैन।बरामदी मुचुल्कामा ढुङ्गा र हडडीमा रगत लागेको भनि सो बस्तु बरामद गरिको छ। तर दशिको रुपमा पेश गरिएको छैन।मैले मृतकलाई मार्नु पर्ने सम्मको पूर्व रिसइवी मनसाय पूर्व योजना तैयारी र सो अनुरुप वारदात घटाएको तथ्य पुष्‍टी हुँदैन।मृतकलाई मार्ने योजना भएको भए एक पटक मात्र प्रहार हुने थिएन।पटक/पटक प्रहार हुने थियो।सो भएको छैन मृतकलाई लछार-पछार गरिएको भनि दावी गरेको भएपनि मृतकको शरिरमा कुनै पनि चिन्ह घाउचोट छैन।बरामद गरेको खुँडामा कुनै पनि प्रतिवादी फिङ्गर प्रिन्ट छैन। शुरुको फैसला प्रमाण ऐन,२031 को दफा 3,10,१८,2५,27 ५4 को प्रतिबन्धात्मक वाक्याँशको गम्भिर कानूनी त्रुटिपूर्ण छ।म पुनरावेदक अदालतमा बयान गर्दा कसूर ईन्कार रही बयान गरी मेरो सो ईन्कारी बयानलाई मेरो साक्षी प्रमाणबाट पुष्‍टी भैरहेको अवस्थामा समेत मेरो प्रमाणको मूल्याङ्कन नगरी भएको शुरुको फैसला बदर भागी छ सफाई दिलाई पाउँ भन्‍ने समेत व्यहोराको प्रतिवादी हरि वलीको पुनरावेदन-पत्र।
  • मैले मृतकलाई मार्नु पर्ने सम्मको पूर्व रिसइवी मनसाय पूर्व योजना तैयारी र सो अनुरुप वारदात घटाएको तथ्य पुष्‍टी हुँदैन।मृतकलाई मार्ने योजना भएको भए एक पटक मात्र प्रहार हुने थिएन।पटक/पटक प्रहार हुने थियो।सो भएको छैन मृतकलाई लछार-पछार गरिएको भनि दावी गरेको भएपनि मृतकको शरिरमा कुनै पनि चिन्ह घाउचोट छैन।बरामद गरेको खुँडामा कुनै पनि प्रतिवादी फिङ्गर प्रिन्ट छैन।फैसला गर्दा रिगल समूह र चेत समूहका बीचमा विवाद भई वारदात घटेको भनि लिएको आधार कानून सम्मत छैन।सो समूह कुनै निकायमा दर्ता भई कानूनले मान्यता दिएको छैन।बरामदी मुचुल्कामा ढुङ्गा र हडडीमा रगत लागेको भनि सो बस्तु बरामद गरिको छ।तर दशिको रुपमा पेश गरिएको छैन।शुरुको फैसला प्रमाण ऐन,२031 को दफा 3,10,१८,2५,27 ५4 को प्रतिबन्धात्मक वाक्याँशको गम्भिर कानूनी त्रुटिपूर्ण छ।म पुनरावेदक अदालतमा बयान गर्दा कसूर ईन्कार रही बयान गरी मेरो सो ईन्कारी बयानलाई मेरो साक्षी प्रमाणबाट पुष्‍टी भैरहेको अवस्थामा समेत मेरो प्रमाणको मूल्याङ्कन नगरी भएको शुरुको फैसला बदर भागी छ सफाई दिलाई पाउँ भन्‍ने समेत व्यहोराको प्रतिवादी सोहनसिंह ढकालको पुनरावेदन-पत्र।
  • मैले मृतकलाई मार्नु पर्ने कारण र विवाद अवैध रकम असुलको विवाद रहेको कारणले मृतकलाई मारिएको भनिएपनि कुनै पनि प्रमाणबाट सो विवाद रहेको भन्‍ने तथ्य पुष्‍टी हुँदैन।बरामदी मुचुल्कामा ढुङ्गा र हडडीमा रगत लागेको भनि सो बस्तु बरामद गरिको छ। तर दशिको रुपमा पेश गरिएको छैन।मैले मृतकलाई मार्नु पर्ने सम्मको पूर्व रिसइवी मनसाय पूर्व योजना तैयारी र सो अनुरुप वारदात घटाएको तथ्य पुष्‍टी हुँदैन।मृतकलाई मार्ने योजना भएको भए एक पटक मात्र प्रहार हुने थिएन।मृतकलाई लछार-पछार गरिएको भनि दावी गरेको भएपनि मृतकको शरिरमा कुनै पनि चिन्ह घाउचोट छैन।बरामद गरेको खुँडामा कुनै पनि प्रतिवादी फिङ्गर प्रिन्ट छैन।शुरुको फैसला प्रमाण ऐन,२031 को दफा 3,१८,2५,27 र ५4 को प्रतिबन्धात्मक वाक्याँशको गम्भिर कानूनी त्रुटिपूर्ण छ।म पुनरावेदक ईन्द्रेणी होटरको कोठा नं.4 मा बसेको भनि गरिएको आधार कानून सम्मत छैन।म उक्त होटलको कोठामा बसेको छैन।सो कुरा होटर सञ्‍चालको बकपत्रबाट समेत पुष्‍टि भएको छ।शुरु अदालतमा मैले स्वतन्त्र रुपमा बयान गर्दा कसूर ईन्कार रही बयान गरी मेरो सो ईन्कारी बयानलाई मेरो साक्षी प्रमाणबाट पुष्‍टी भैरहेको अवस्थामा समेत मेरो प्रमाणको मूल्याङ्कन नगरी भएको शुरुको फैसला बदर भागी छ सफाई दिलाई पाउँ भन्‍ने समेत व्यहोराको प्रतिवादी मनिष चौलागाईको पुनरावेदन-पत्र।
  • मैले मृतकलाई मार्नु पर्ने कारण र विवाद अवैध रकम असुलको विवाद रहेको कारणले मृतकलाई मारिएको भनिएपनि कुनै पनि प्रमाणबाट सो विवाद रहेको भन्‍ने तथ्य पुष्‍टी  हुँदैन।बरामदी मुचुल्कामा ढुङ्गा र हडडीमा रगत लागेको भनि सो बस्तु बरामद गरिको छ। तर दशिको रुपमा पेश गरिएको छैन।मैले मृतकलाई मार्नु पर्ने सम्मको पूर्व रिसइवी मनसाय पूर्व योजना तैयारी र सो अनुरुप वारदात घटाएको तथ्य पुष्‍टी हुँदैन।मृतकलाई मार्ने योजना भएको भए एक पटक मात्र प्रहार हुने थिएन।पटक/पटक प्रहार हुने थियो।सो भएको छैन मृतकलाई लछार-पछार गरिएको भनि दावी गरेको भएपनि मृतकको शरिरमा कुनै पनि चिन्ह घाउचोट छैन।बरामद गरेको खुँडामा कुनै पनि प्रतिवादी फिङ्गर प्रिन्ट छैन। शुरुको फैसला प्रमाण ऐन,२031 को दफा 3,10,१८,2५,27 ५4 को प्रतिबन्धात्मक वाक्याँशको गम्भिर कानूनी त्रुटिपूर्ण छ।म पुनरावेदक अदालतमा बयान गर्दा कसूर ईन्कार रही बयान गरी मेरो सो ईन्कारी बयानलाई मेरो साक्षी प्रमाणबाट पुष्‍टी भैरहेको अवस्थामा समेत मेरो प्रमाणको मूल्याङ्कन नगरी भएको शुरुको फैसला बदर भागी छ बदर गरी मलाई सफाई दिई शुरुको कैदको लगत कट्टा हुने गरी न्याय निरोपरण गरिपाउँ भन्‍ने समेत व्यहोराको प्रतिवादी विवाद पाठकको पुनरावेदन-पत्र।
  • मैले मृतकलाई मार्नु पर्ने सम्मको पूर्व रिसइवी मनसाय पूर्व योजना तैयारी र सो अनुरुप वारदात घटाएको तथ्य पुष्‍टी हुँदैन।मृतकलाई मार्ने योजना भएको भए एक पटक मात्र प्रहार हुने थिएन।पटक/पटक प्रहार हुने थियो।सो भएको छैन मृतकलाई लछार-पछार गरिएको भनि दावी गरेको भएपनि मृतकको शरिरमा कुनै पनि चिन्ह घाउचोट छैन।बरामद गरेको खुँडामा कुनै पनि प्रतिवादी फिङ्गर प्रिन्ट छैन।मैले मृतकलाई मार्नु पर्ने कारण र विवाद अवैध रकम असुलको विवाद रहेको कारणले मृतकलाई मारिएको भनिएपनि कुनै पनि प्रमाणबाट सो विवाद रहेको भन्‍ने तथ्य पुष्‍टी  हुँदैन।बरामदी मुचुल्कामा ढुङ्गा र हडडीमा रगत लागेको भनि सो बस्तु बरामद गरिको छ।तर दशिको रुपमा पेश गरिएको छैन।शुरुको फैसला प्रमाण ऐन,२031 को दफा 3, 10, १८, 2५, 27 ५4 को प्रतिबन्धात्मक वाक्याँशको गम्भिर कानूनी त्रुटिपूर्ण छ।म पुनरावेदक अदालतमा बयान गर्दा कसूर ईन्कार रही बयान गरी मेरो सो ईन्कारी बयानलाई मेरो साक्षी प्रमाणबाट पुष्‍टी भैरहेको अवस्थामा समेत मेरो प्रमाणको मूल्याङ्कन नगरी भएको शुरुको फैसला बदर भागी छ बदर गरी मलाई सफाई दिई शुरुको कैदको लगत कट्टा हुने गरी न्याय निरोपरण गरिपाउँ भन्‍ने समेत व्यहोराको प्रतिवादी दिपेन्द्र सिंह भन्‍ने दिपेन्द्र मल्लको पुनरावेदन-पत्र।
  • जाहेरी दरखास्त अपराध सूचनासम्म हो पहिले जाहेरीमा ९ जना नाम रहेको छ भने पछिल्लो जाहेरीमा ७ जनाको नाम थपिनुबाटै जाहेरी शंकास्पद भई पछि उम्रेको विचारको आधारमा म समेतलाई फसाउने नियतले जाहेरी परेको प्रष्‍ट छ।मृतकलाई मार्नु सम्मको पूर्व रिसइवी मनसाय मार्ने पूर्व योजना तैयारी र सो अनुरुप वारदात घटनाएको पुष्‍टी हुँदैन। मृतकलाई मार्ने योजना भएको भए एक पटक मात्र प्रहार हुने थिएन।पटक/पटक प्रहार हुने थियो।सो भएको छैन मृतकलाई लछार-पछार गरिएको भनि दावी गरेको भएपनि मृतकको शरिरमा कुनै पनि चिन्ह घाउचोट छैन।बरामद गरेको खुँडामा कुनै पनि प्रतिवादी फिङ्गर प्रिन्ट छैन।शुरुको फैसला प्रमाण ऐन,2031 को दफा 3,10,१८,2५,27 ५4 को प्रतिबन्धात्मक वाक्याँशको गम्भिर कानूनी त्रुटिपूर्ण छ।शुरुको फैसला बदर गरी मलाई सफाई दिई कैदबाट उन्मुक्ति दिई कैदको लगत कट्टा हुने ठहर्‍याई न्याय निरोपण गरिपाउँ समेत व्यहोराको प्रतिवादी मोहन खड्का भन्‍ने मोहनलाल खड्काको पुनरावेदन-पत्र।
  • मैले मृतकलाई मार्नु पर्ने सम्मको पूर्व रिसइवी मनसाय पूर्व योजना तैयारी र सो अनुरुप वारदात घटाएको तथ्य पुष्‍टी हुँदैन।मृतकलाई मार्ने योजना भएको भए एक पटक मात्र प्रहार हुने थिएन।पटक/पटक प्रहार हुने थियो।सो भएको छैन मृतकलाई लछार-पछार गरिएको भनि दावी गरेको भएपनि मृतकको शरिरमा कुनै पनि चिन्ह घाउचोट छैन।बरामद गरेको खुँडामा कुनै पनि प्रतिवादी फिङ्गर प्रिन्ट छैन।मैले मृतकलाई मार्नु पर्ने कारण र विवाद अवैध रकम असुलको विवाद रहेको कारणले मृतकलाई मारिएको भनिएपनि कुनै पनि प्रमाणबाट सो विवाद रहेको भन्‍ने तथ्य पुष्‍टी हुँदैन।बरामदी मुचुल्कामा ढुङ्गा र हडडीमा रगत लागेको भनि सो बस्तु बरामद गरिको छ।तर दशिको रुपमा पेश गरिएको छैन। शुरुको फैसला प्रमाण ऐन,२031 को दफा 3, 10, १८, 2५, 27 ५4 को प्रतिबन्धात्मक वाक्याँशको गम्भिर कानूनी त्रुटिपूर्ण छ।म पुनरावेदक अदालतमा बयान गर्दा कसूर ईन्कार रही बयान गरी मेरो सो ईन्कारी बयानलाई मेरो साक्षी प्रमाणबाट पुष्‍टी भैरहेको अवस्थामा समेत मेरो प्रमाणको मूल्याङ्कन नगरी भएको शुरुको फैसला बदर भागी छ बदर गरी मलाई सफाई दिई शुरुको कैदको लगत कट्टा हुने गरी न्याय निरोपरण गरिपाउँ भन्‍ने समेत व्यहोराको प्रतिवादी प्रशान्त गौतम भन्‍ने प्रेमध्वज के.सी.को पुनरावेदन-पत्र।
  • अभियोग-पत्रमा उल्लेखित गोश्‍वारा रुपमा पूर्व रिसइवीका कारण कथित किटानी जाहेरीमा नाम उल्लेख हुँदैमा अपराध गरेकै होला भन्‍ने कुरा पूर्व अनुमान र सम्झन मिल्ने होइन।म पुनरावेदकको उपरको वादी दावी शंकारहित र स्वतन्त्र तवरबाट बिपक्षी वादीले प्रमाणित गर्न नसकेको हुँदा म पुनरावेदक निर्दोष भएको कुरा प्रमाणित भएको छ।जाहेरवाला समेत घटनाविवरणका व्यक्तिहरु घटनाका प्रत्यक्षदर्शी होइनन्।मैले मौकामा गरेको बयान मेरो राजीखुशी नभई करकापबाट सहिछाप गराएका हुन।मैले शुरु अदालतमा बयान गर्दा कसूरमा ईन्कार रही बयान गरेको मेरो सो ईन्कारी व्यहोरालाई मेरो साक्षी भिम बहादुर विश्‍वकर्माले पुष्‍टी गरिदिएको अवस्थामा मलाई जन्मकैदको सजाँय हुने ठहरि गरिएको शुरुको फैसला बदर गरी सफाई पाउने गरी न्याय निरोपण गरिपाउँ भन्‍ने समेत व्यहोराको प्रतिवादी नवराज खत्रीको पुनरावेदन-पत्र।
  • जाहेरी दरखास्त अपराधको सूचना सम्म हो।स्वयम प्रमाण होइन।घटनाका प्रत्यदर्शी मनोज बिश्‍वकर्मा♦ विपल भन्‍ने दिपेन्द्र लामाले अदालतमा आई बकपत्र नगरी घटनाविवरणको कागज प्रमाणित नभएको अवस्थामा प्रमाण ग्रहण गर्न मिल्ने होइन।घटनाविवरण कागज गर्ने अन्य व्यक्तिहरु प्रत्यक्षदर्शि नभएको अवस्थामा प्रमाण ऐन,2031 को दफा १० र १८ ले प्रमाणमा ग्रहण गर्न मिल्ने होइन।म पुनरावेदकले मौकामा गरेको बयान मेरो ईच्छा बिपरित भै करकापबाट सहिछाप गराइएको हो।मैले अदालतमा स्वतन्त्रपूर्वक बयान गर्दा मैले नै मृतकलाई खुँडा प्रहार गरी मारेको भनि बयान गरेको अवस्था छ।मैले न्याय निरोपणको कर्ममा अदालतलाई सहयोग नै गरी गुमराह समेत नगरेको अवस्था मलाई सजाँयमा कमी गरी न्याय निरोपण गर्नु पर्नेमा मलाई ज्यान सम्बन्धीको १३(४) बमोजिम सजाँय गरेको फैसला त्रुटिपूर्ण छ।सो बमोजिम सजाँय गर्दा मर्का पर्ने भएकोले साविक मुलुकी ऐन, अ.वं.188 नं.बमोजिम सजाँयमा घटी हुने राय लगाई न्याय निरोपण गरिपाउँ भन्‍ने व्यहोराको विशाल भन्‍ने छविलाल बस्नेतको पुनरावेदन-पत्र।
  • यस प्रतिवादी रिगल ढकाललाई अभियोग मागदावी अनुरुप सर्वस्व सहित जन्मकैदको सजाँय हुने र ज्यान सम्बन्धीको १३(४) नं.बमोजिम सजाँय गरिपाउँ भनिएका अन्य प्रतिवादी मध्ये केहीलाई ऐ.महलको १३(४) नं.बमोजिम केहीलाई ऐ.महलको १७(१),१७(२) र १७(३) नं.बमोजिम सजाँय ठहर भए उपर केही प्रतिवादीहरुको र अभियोग दावी बमोजिम सजाँय नपाएकाहरुको हकमा नेपाल सरकारको पुनरावेदन परी दोहोरो पुनरावेदन परेको र सर्वस्व गरेको फैसला समेत हाल प्रचलनमा रहेको कानूनी व्यवस्थाको रोहमा फरक पर्न सक्ने देखिंदा मुलुकी फौजदारी कार्यविधी संहिता,2074 को दफा १४०(३) को प्रयोजनार्थ एक अर्काको पुनरावेदनको जानकारी एक अर्का पक्षलाई दिई पुनरावेदन नगर्ने एवं सफाई पाउने प्रतिवादी समेतलाई म्याद दिई झिकाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्‍ने यस अदालतबाट मिति 2076/02/28 मा भएको आदेश।

ठहर खण्ड

  1. नियम बमोजिम साप्‍ताहिक तथा दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहित सक्‍कल मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित उच्च सरकारी वकिल कार्यालय,नेपालगञ्‍जका विद्बान सह-न्यायाधिवक्ता श्री दमन सिंह बिष्‍ट एवं पुनरावेदक प्रतिवादीहरुका तर्फबाट उपस्थित कानून व्यवसायी विद्बान वरिष्‍ठ अधिवक्ता श्री भोला सिंह हमाल, विद्बान अधिवक्ता श्री शालिकराम सापकोटा,  विद्बान अधिवक्ता श्री लोक बहादुर शाह, विद्बान अधिवक्ता श्री इश्‍वरी प्रसाद ज्ञवाली, विद्बान अधिवक्ता श्री प्रहलाद बहादुर कार्की, विद्बान अधिवक्ता श्री टीकाजंग सिंह, विद्बान अधिवक्ता श्री रुपनारायण बि.सी.ले गर्नु भएको बहस सुनियो। 
  2. प्रतिवादी रिगल ढकाललाई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(१) बमोजिम सर्वस्व सहित जन्म कैद, प्रतिवादीहरु प्रशान्त गौतम भन्‍ने प्रेमध्वज खत्री, विशाल भन्‍ने छविलाल बस्नेत, नवराज खत्री र मोहन खड्का भन्‍ने मोहनलाल खड्कालाई ऐ.महलको १३(४) नं.बमोजिम जनही जन्म कैद प्रतिवादी सोहनसिंह ढकाललाई ऐ.महलको १७(२) बमोजिम १० बर्ष कैद, प्रतिवादी दिपेन्द्र सिंह भन्‍ने दिपेन्द्र मल्ललाई ५ वर्ष कैद, प्रतिवादीहरु माधव परियार भन्‍ने माधव नेपाली, प्रितम थापा, केशव बहादुर रोकाय, विवाद पाठक, हरि वली, मनिष चौलागाई र याम बहादुर बुढा मगरलाई ऐ.१७(३) नं.बमोजिम जनही ३ बर्ष कैद सजाँय हुने ठहर गरी भएको शुरुको फैसलामा पुनरावेदक प्रतिवादीहरुले चित्त नबुझाई यस अदालतमा पुनरावेदन दायर गरेको देखियो भने प्रतिवादीहरु सोहनसिंह ढकाल, दिपेन्द्र सिंह भन्‍ने दिपेन्द्र मल्ल, माधव परियार भन्‍ने माधव नेपाली, प्रितम थापा, केशव बहादुर रोकाय, विवाद पाठक, हरि वली, मनिष चौलागाई र याम बहादुर बुढा मगरलाई अभियोग दावी बमोजिम सजाँय नगरिएको र प्रतिवादी दिपक के.सी.लाई अभियोग दावीबाट सफाई दिने गरी ठहर गरिएको शुरुको फैसलामा वादी नेपाल सरकारले चित्त नबुझाई निजहरु उपर अभियोग मागदावी बमोजिम सजाय हुन यस अदालतमा पुनरावेदन दायर भएको देखियो।   
  3. उल्लेखित तथ्य, पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दामा शुरु अदालतको फैसला मिलेको छ, छैन ? वादी नेपाल सरकार र पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? सोही बिषयमा निर्णय दिनु पर्ने देखियो।
  4. निर्णय तर्फ विचार गर्दा, मिसिल संलग्न वादी नेपाल सरकार र प्रतिवादी रिगल ढकाल समेत जना १३ को पुनरावेदन अध्ययन गरी वादी नेपाल सरकारका तर्फबाट खटी आउनु भएका विद्बान सह-न्यायाधिवक्ताले बहसका क्रममा नेपाल सरकारको पुनरावेदन-पत्रमा उल्लेख भएका सोहन सिंह ढकाल, दिपेन्द्र मल्ल, केशव बहादुर रोकाया, प्रितम थापा, माधव परियार, मनिष चौलागाई, विवाद पाठक, हरि वली र याम बहादुर बुढा उपर मुलुकी ऐन,ज्यान सम्बन्धी महलको १, १३(४) को कसूरमा ऐ.13(४) बमोजिम सजाय हुन माग दावी रहेकोमा अन्यथा भई कम सजाय भएको शुरु फैसला मिलेको छैन मिसिल प्रमाणबाट यी प्रतिवादीहरु वारदातका समयमा घटना स्थलमा मौजुद रही आ-आफ्नो तर्फबाट चेतन मानन्धरलाई कर्तव्य गरी मार्नमा सहयोग गरेका हात हतियार लिई उपस्थित रहेका प्रत्यक्षदर्शी- हरुको कागजबाट उक्त कुरा पुष्‍टि भई रहेकोले यी प्रतिवादीहरु कसूरदार रहेको पुष्‍टि भई रहेकोले अभियोग मागदावी बमोजिम होस भनि र पुनरावेदक प्रतिवादी याम बहादुर बुढामगर, प्रितम थापा, माधव परियार, सोहन ढकाल र रिगल ढकालका तर्फबाट उपस्थित विद्बान बरिष्‍ठ अधिवक्ता श्री भोला सिंह हमालले प्रत्यक्षदर्शीहरुले अदालतमा उपस्थित भएर पनि बकपत्र नगरेकाले त्यस्तो कागजलाई प्रमाणमा लिन मिल्दैन प्रतिवादीहरुले मौकामा घा जाँच गरिपाउँ भनि निवेदन दिएकोमा घा जाँच नभएको, सह-अभियुक्तको पोलको भरमा दोषी करार गर्न मिल्ने होइन, बरामद भएको खुँडामा फिङ्गर प्रिन्ट छैन भएको भए परीक्षण गरी प्रतिवेदन (Report) आउनु पर्ने मिसिलबाट देखिदैंन।होटल कोठा घनश्याम थापाको नाममा बुक गरिएको छ जाहेरवाला प्रत्यक्षदर्शी नभएकाले त्यस्तो व्यक्तिको बकपत्रलाई प्रमाणमा ग्रहण गर्न मिल्दैन।गैर न्यायिक निकायमा भएको बयानलाई प्रमाणमा लिन मिल्दैन दुई समूह बिच वारदात भएको भनिएकोमा त्यो कस्तो समुह हो ? अवैध रकम असुलीको बिषयमा वारदात भएको भनिएकोमा त्यस्तो रकम असुल गरेको भन्‍ने आधार कारण देखिन आउँदैंन भनि र पुनरावेदक प्रतिवादी मनिष चौलागाईका तर्फबाट उपस्थित विद्बान अधिवक्ता श्री इश्‍वरी प्रसाद ज्ञवालीले मेरो पक्षलाई ज्यान सम्बन्धिको १३(४) नं.को अभियोग रहेकोमा १७(३) नं.को कसूर कायम गरी सजाय गरिएको छ।मेरो पक्षबाट वारदातका बखत अन्यत्र रहेको भनि Alibi को Defence लिएकोमा सो कुरा पुष्‍टि भएको छ।प्रहरीमा भएको बयान कागज इच्‍छा बिरुद्ध गराएको हो, अवैध रकम असुली गरेको भन्‍ने देखिन आउँदैन मार्न पर्ने कारण छैन बाबु भेषराज चौलागाईले रुपन्देहीमा लगि छाडेको भन्‍ने देखिन आउँछ प्रहरीमा भएको बयान जबरजस्ती भएको हो जाहेरवालालको बकपत्रको प्रकरण ६ प्रष्‍ट हुन सकेको छैन।वारदातको लामो समय पछि दोश्रो जाहेरी परेको छ।नेपाल सरकारको पुनरावेदन जिकिर अनुसार हुनु पर्ने होइन भनि र पुनरावेदक प्रतिवादीहरु प्रितम थापा, माधव परियार र याम बहादुर बुढा मगरको तर्फबाट उपस्थित विद्बान अधिवक्ता श्री रुपनारायण बि.सी.ले मेरा पक्षहरु उपर १३(४) नं.को दावी रहेकोमा १७(३) नं.को कसूर कायम गरी ३ बर्ष कैद भएको छ जुन मिलेको छैन, जाहेरवाला प्रत्यक्षदर्शी होइनन्।मृतकको मृत्यु कालिन घोषण (Dying decleration) हुन सकेको छैन, वादी पक्षका प्रत्यक्षदर्शी भनिएका व्यक्तिहरु प्रतिवादीहरुलाई देखेर डरले भागेका भन्‍ने छ भागेका व्यक्तिले कसरी वारदात देखे ? वादी पक्षको साक्षी परीक्षण भएको छैन, हात हालेर लछार पछार गरेको हो, होइन खुल्दैन।मृतक चेतन मानन्धरको दाहिने हात काटिएको बाहेक अरु चोट छैन, फौजदारी मुद्दामा दावी पुष्‍टि गर्ने भार वादी पक्षमा निहित रहन्छ।यस बिषयमा सिद्धान्त प्रतिपादन भएको छ (ने.का.प.2046 नि.नं.39५8) शरीर जाँचको माग भएकाले त्रासबाट लेखिएको बयान नसुनाई सही गराइएको हो।साक्षीको बकपत्र गरी कागज व्यहोरा पुष्‍टि गर्नु पर्छ शंकाको सुविधा अभियुक्तले पाउने हो भनि गर्नु भएको बहस, पुनरावेदक प्रतिवादी दिपेन्द्र मल्ल, हरि वलीका तर्फबाट उपस्थित विद्बान अधिवक्ता श्री प्रहलाद बहादुर कार्कीले जाहेरवाला प्रत्यक्षदर्शी होइनन् मौकाको बयान कागज इच्‍छा बिरुद्ध भएको होटल सञ्‍चालक अदालतमा उपस्थित भएका छैनन्।माग गर्दा पनि प्रतिवादीहरुको घा जाँच गराइएन १३(४) नं.को कसूर गरेको भन्‍ने देखिन आउँदैन।अदालतले मनोगत रुपमा व्याख्या गरी निर्णयमा पुग्‍न मिल्दैन अभियोग गोश्‍वारा रहेको र वारदातका बखत अन्यत्र रहेको भन्दा त्यसलाई प्रमणमा लिइएन भनि र पुनरावेदक प्रतिवादी रिगल ढकालका तर्फबाट उपस्थित विद्बान अधिवक्ता श्री शालिकराम सापकोटाले छविलाल बस्नेतको अदालतमा भएको बयानबाट वारदात स्पष्‍ट भएको छ होटल इन्ट्रीमा रिगल ढकालको नाम छैन भनि र पुनरावेदक प्रतिवादी प्रितम थापा र माधव नेपालीको तर्फबाट उपस्थित विद्बान अधिवक्ता टीकाजंग सिंहले १३(४) नं.को दावी भएकोमा १७(३) नं.ठहर भएको छ।मिसिलबाट १७(३) नं.को अवस्था पनि देखिन आउँदैन।छविलाल बस्नेतको अदालतमा भएको बयानले वारदात र कसूरदार खुलाएको छ प्रथम जाहेरिमा सबैले प्रहार गरेको भनिएकोमा सो पुष्‍टि हुन सकेको छैन कथनको सार्थक सम्बन्ध (Reveloncy) हुनु पर्छ भनि र पुनरावेदक प्रतिवादी विवाद पाठकका तर्फबाट उपस्थित विद्बान अधिवक्ता श्री लोक बहादुर शाहले १३(४) नं.को दावीमा १७(३) नं.कसूर ठहर भएको छ, प्रमाणको भार वादी पक्षमा रहन्छ वादी पक्षले स-प्रमाण मेरो पक्षको संलग्नता पुष्‍टि गर्न सकेको छैन हचुवा अभियोग मागदावीकै भरमा मनोगत व्याख्या गरी कसूर कायम गर्न मिल्दैन।ने.का.प. २०६६ नि.नं.१९४३ समेतका सिद्धान्तलाई पालना गर्नु पर्ने हुन्छ भनि गर्नु भएको बहस समेत सुनियो।
  5. पुनरावेदक प्रतिवादी रिगल ढकालको हकमा मुलुकी ऐन,ज्यान सम्बन्धी महलको १३(१) नं.को कसूरमा ऐ.13(१) नं.बमोजिम सजाँय हुन अभियोग मागदावी रहेकोमा निज उपर १३(१) नं.को कसूर कायम भई सर्वस्व सहित जन्मकैदको सजाँय भएको, त्यस्तै यसै वारदातमा १३(४) अनुसारको कसूर कायम गरी ऐ.13(४) नं.बमोजिम सजाँय हुन माग दावी रहेका पुनरावेदक प्रतिवादीहरु प्रशान्त भन्‍ने प्रेमध्वज खत्री, विशाल भन्‍ने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्काको हकमा अभियोग मागदावी बमोजिम १३(४) नं.को कसूर कायम भई ऐ.13(४) नं.बमोजिम सजाँय भएको अन्य ऐ.१३(४) नं.को कसूर कायम गरी ऐ.१३(४) नं.बमोजिम सजाँयको हुन मागदावी रहेका सोहनसिंह ढकाल, दिपेन्द्र मल्ल उपर मुलुकी ऐन,ज्यान सम्बन्धी महलको १७(२) नं.को कसूर कायम गरी ऐ.17(२) नं.अनुसार सजाय भएको अन्य पुनरावेदक, प्रतिवादी प्रितम थापा, माधव परियार, मनिष चौलागाई, विवाद पाठक, हरि वली र याम बहादुर बुढामगर र केशव बहादुर रोकाया उपर मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(४) नं.को कसूरमा ऐ.१३(४) नं.बमोजिम सजाँय हुन मागदावी रहेकोमा १७(३) नं.को कसूर कायम गरी सजाँय भएकोमा प्रतिवादी केशव बहादुर रोकायाको पुनरावेदन परेको देखिन नआएको व्यहोरा मिसिलबाट खुलेको पाइयो।
  6. प्रस्तुत मुद्दाको वारदात तर्फ विचार गर्दा, वारदातको समष्‍टि रुपमा मिसिल संलग्‍न कागजातको अध्ययन गर्दा चेतन मानन्धरको मृत्यु कर्तव्यबाट भएको भनि शुरुले कर्तव्य ज्यानको वारदात कायम गरी भएको फैसला मिसिल संलग्‍न घट्‍ना स्थल मुचुल्का, लाशजाँच मुचुल्का, चेतन मानन्धर नामको शव परिक्षण प्रतिवेदन Severe blood loss leading to hypovolemic shock was the cause of death भन्‍ने समेत (Aatopsy Report) बाट पुष्‍टि भएकाले निजको मृत्यु कर्तव्यबाट भएको तथ्यमा विवाद रहेन।
  7. प्रस्तुत कर्तव्य ज्यानको वारदात किन हुन गयो भनि हेर्दा- मृतक चेतन मानन्धरले प्रतिवादी रिगल ढकाल र निजका समूहमा हिड्ने व्यक्तिहरुले गर्ने गरेको दादागिरीको विरोध गर्ने गरेको हुँदा निजहरुले सोही कारणले चेतन मानन्धरसँग रिसइबी राखेका र मिति 2072/ 03/28 का दिन वारदात स्थल ज्योती सम्ताली होटल अगाडी रिगल ढकाल समेतका व्यक्तिहरुले चेतन मानन्धरलाई सिध्याउने योजना बनाई धारिलो हतियार खुँडा प्रहार गरी कर्तव्य गरी मारेकाले भनि जाहेरी दरखास्त (2072/03/29) परेको, सो जाहेरी व्यहोरा समर्थित हुने गरी मौकामा वारदात स्थलबाट पिछा गर्दै यी प्रतिवादी पक्राउ परेको प्र.ना.नि. मणिराज लामिछाने समेतको प्रतिवेदनबाट चेतन मानन्धरलाई रिगल ढकालको नेतृत्वमा आएका समूहले धारिलो हतियार खुँडा प्रहार गरेको वारदातका सम्बन्धमा संलग्‍न व्यक्तिहरुको पहिचान गर्नका लागि प्रहरी टोली खटिई गई वारदातमा संलग्‍न व्यक्तिहरुको खोजतलास गर्ने क्रममा वारदात पश्‍चात निजहरु सिद्धार्थ कटेजको दक्षीण तर्फको गेटबाट भागी गएको भन्‍ने जानकारी हुन आए अनुसार पिछा गर्दै जाँदा प्रशान्त गौतम, नवराज खत्री, विशाल बस्नेत, केशव रोकाय, मोहन खड्कालाई भाग्दै गर्दाको अवस्थामा मानपुरबाट, प्रितम थापा, माधव परियारलाई वडा नं.16 बाट लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी दाखिला गरेको र घटनामा संलग्‍न रिगल ढकाल, मनिष चौलागाई, विवाद पाठक, हरि वली, याम बहादुर बुढा मगर, सोहन सिंह ढकाल, दिपेन्द्र मल्ल फरार रहेकाले निजहरुको खोजी भई रहेको भन्‍ने उक्त प्रतिवेदनबाट देखिन आउँछ।मिति 2072/03/28 का दिन चेतन मानन्धरलाई धारिलो हतियार खुँडा प्रहार गरी कर्तव्य गरी मारी वारदात स्थलबाट भागी फरार रहेका प्रतिवादीहरु हरि वली, विवाद पाठक, यामबहादुर बुढा मगर र मनिष चौलागाईलाई रुपन्देही जिल्लाको वडा एरियामा लुकिछिपी बसेको सूचनाको आधारमा रुपन्देही प्रहरीसँग समन्वय गरी निजहरुलाई पक्राउ गरी दाखिला गरेका छौं भन्‍ने प्रहरी प्रतिवेदन समेतबाट जाहेरी दर्खास्त दर्ता हुनु पूर्व नै प्रतिवादीहरु पहिचान भई सकेको भन्‍ने देखिन्छ।वारदात घट्‍नुको कारण रिगल ढकाल समूहको दादागिरी कार्यको चेत मानन्धरले बिरोध गर्नु नै कारक तत्व रहेको भन्‍ने देखिन आयो।
  8. घट्ना स्थलबाट २५ मिटर दक्षिण पश्‍चिममा रहेको ऋषिराज खनालको घर भुई तल्लाको पश्‍चिम पट्टी युनिभर्सल मनि ट्रासफर रहेको उक्त मनि ट्रान्सफरको अगाडी भित्ता नजिक भुईमा ६.५ इञ्‍च काठको बिंड भएको १५ इञ्‍चको धारिलो खुँडाको भाग उक्त भागमा सल्यान 2072 लेखेको धारिलो भागको दुबै साइडमा रगत जस्तो पदार्थ लागेको खुँडा थान-१ मिति 2072/03/28 मा बरामद भएको, सोही मितिमा २ थान खुँडा बरामद भएको, होटलको इन्ट्री रजिष्‍टर्ड, बरामदी मुचुल्काको प्रकरण ३ मा देखाइएका छरपष्‍ट अवस्थामा रहेका सामानहरु 2072/03/3१ मा बरामद भएका, बरामदी मुचुल्काहरु  मौकामा पक्राउमा परी दाखिला गरिएका व्यक्तिहरुको अधिकार प्राप्‍त अधिकारी समक्ष भएको बयान कागज हेर्दा प्रतिवादी नवराज खत्रीले म लगायतका छविलाल बस्नेत, प्रेमध्वज खत्री, मोहनलाल खड्का, यस पूर्व पनि पूर्ण बहादुर डाँगीलाई कर्तव्य गरी मारेको कर्तव्य ज्यानको कसूर गरी फरार रही आएकोमा रिगल ढकाल र सोहन ढकालाई पहिले देखिनै चिन्‍ने र निजहरुले लगाएको ठेक्‍का पट्टाको काममा हामीहरुले निजले भनेका मानिसहरुलाई धम्क्याउने, कुट्‍ने गर्दथियौं सो वापत हामीलाई पैसा दिन्थे, यो वारदात भन्दा केही दिन अघि रिगल ढकाल र सोहन सिंह ढकालले हामीलाई सम्पर्क गरी होटलमा कोठा बुक गरी दिन्छौं भनि म, प्रशान्त गौतम भन्‍ने प्रेमध्वज खत्री, विशाल बस्नेत भन्‍ने छविलाल बस्नेत, मोहनलाल खड्का र केशव रोकाय 2072/03/20 मा नेपालगञ्‍ज आई होटल इन्द्रेणीको कोठा नं.104 बुक गरिदिएकोले सोही मिति देखि हामीहरु उक्त कोठामा बसेका थियौं।सोहन सिंह र दिपेन्द्र मल्ल हामीलाई भेट्न आई रहन्थे यस्तैमा मिति 2072/ 03/2५ गते सोहन सिंह र दिपेन्द्र मल्लले चार वटा धारिलो खुँडा ल्याई हामी बसेको होटलको कोठामा राखेका थिए मिति 2072/03/26 गते रिगल ढकाल हामी बसेको होटल कोठामा आई ल केटा हो म तिमीहरुलाई भोली एउटा फोटो देखाउँछु त्यो व्यक्तिलाई सिध्याउने हो मौका मिल्ना साथ तिमीहरुलाई लिनका लागि सोहनलाई पठाउँछु भनि सो को भोलीपल्ट पनि रिगल ढकाल, सोहन सिंह र हरि वली हामीहरुलाई भेट्न आई फोटो देखाई यही हो चेतन मानन्धर भन्‍ने यसलाई नै सिध्याउने हो भनि हामीलाई चिनाई गएकोमा भोलीपल्ट अर्थात 2072/03/28 गते दिउँसो सोहन ढकालले केटा हो अब जाउँ रिगल दाइले बोलाउनु भएको छ भने पश्‍चात हामीहरु होटलमा राखेको धारिलो खुँडाहरु बोकी ज्योति सिम्ताली होटल नजिक रहेको चिया पसलमा पुगी उक्त स्थानमा हामीहरु रिगल ढकाल, सोहन सिंह, दिपेन्द्र मल्ल, माधव परियार, प्रितम थापा, हरि वली, विवाद पाठक, याम बहादुर थापा, मनिष चौलागाई म, प्रेमध्वज खत्री, धविलाल बस्नेत, मोहनलाल खड्का र केशव बहादुर रोकाया जम्मा भए पश्‍चात रिगल ढकाल, सोहन सिंह, प्रेमध्वज खत्री, छविलाल बस्नेतले हातमा एक-एक वटा धारिलो खुँडा समाई ज्योती सिम्ताली होटल अगाडी रहेका चेतन मानन्धरको समूहलाई दोड्‍दै हामी सबैले घेरा हाली हान्‍न खोजेको अवस्थामा निजका समूहका केही व्यक्तिहरुले बिरोध गर्दा पनि हामीले निजलाई समाती लछार-पछार गर्दै रिगल ढकालको अगाडी पुर्‍याई दिएकोमा रिगल ढकालले आफ्नो साथमा ल्याएको धारिलो खुँडाले चेतन मानन्धरको टाउको ताकी प्रहार गर्दा चेतन मानन्धरले आफ्नो दायाँ हातले छेकेकोमा निजको उक्त हातको कुहिनाको जोर्नीबाट काटिएको हो भनि र प्रतिवादी हरि वली, याम बहादुर बुढा मगर, प्रितम थापा, माधव परियार, मनिष चौलागाई, विवाद पाठक समेतले सोही व्यहोरा समर्थन हुने गरी वारदातका बारेमा प्रकाश पारी गरिदिएको आ-आफ्नो पृथक-पृथक बयान,कागज व्यहोरा। 
  9. यस्तै वारदातमा आ-आफ्नो भूमिका र वारदात बारे घट्नाक्रम उल्लेख गरी प्रशान्त भन्‍ने प्रेमध्वज खत्री, मोहनलाल खड्का, छविलाल बस्नेत समेतले वारदातमा संलग्‍न रहेकोमा साबित रही घटनामा आ-आफ्नो भूमिका बारे प्रकाश पारी गरेको बयान कागज।
  10. वारदातमा संलग्‍न रहेका व्यक्तिहरुको थप पहिचान भई निजहरुलाई समेत कार्वाही हुन नाम समेत खोली परेको किशोर कुमार मानन्धरको दोश्रो जाहेरी दर्खास्त।
  11. प्रत्यक्षदर्शी मनोज विश्‍वकर्मा, दिपेन्द्र लामा, विनय लामा, सुरत बहादुर खत्रीले वारदातका बारेमा प्रकाश पारी वारदात घटेको र कर्तव्यवाला प्रतिवादीहरु समेत खुलाई गरेको कागज र इन्द्रेणी होटलका मैनेजर मित्रलाल शर्मा र प्रज्‍जवल श्रेष्‍ठको मिसिल संलग्‍न रहेको घट्नाविवरण कागज। 
  12. अदालत समक्ष भएको बयानमा प्रतिवादी छविलाल बस्नेतले चेतन मानन्धरलाई दाहिने हातमा खुँडा प्रहार गर्ने व्यक्ति म नै हुँ रिगल ढकालले नभई मैले खुँडा प्रहार गरेको हुँ सोहन सिंह र दिपेन्द्र मल्लको संलग्नता रहेको छ भनि बयान गरेकोमा अन्य प्रतिवादीहरु माधव नेपाली, विवाद पाठक, मनिष चौलागाई, याम बहादुर बुढामगर, हरि वली, केशव बहादुर रोकाय, नवराज खत्री, प्रशान्त भन्‍ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र निवेदन साथ अदालतमा उपस्थित भएका प्रतिवादी रिगल ढकालले वारदातमा ईन्कार रही बयान गरेको देखिन आयो।
  13. मौकामा फरार रही म्यादमा हाजिर भई बयान गर्ने सोहन सिंह ढकाल पनि कसूर गरेमा ईन्कार रही बयान गरेको देखिन आउँछ भने म्यादमा हाजिर भएका दिपेन्द्र मल्ल, पनि आफु वारदातमा संलग्‍न नरहेको भनि कसूरमा ईन्कार रही बयान गरेको देखिन आउँछ।
  14. प्रतिवादीहरुका साक्षीले निजहरुको बयान पुष्‍टि गरी बकपत्र गरेको मिसिल संलग्‍न बकपत्रबाट देखिन आउँछ।
  15. प्रत्यक्षदर्शी मनोज विश्‍वकर्मा, दिपेन्द्र लामा, घनश्याम थापा, विनय लामा र प्रहरीमा कागज गर्ने सुरत बहादुर खत्री र इन्द्रेणी होटलका मैनेजर मित्रलाल शर्माको बकपत्र हुन सकेको देखिदैंन भने प्रत्यक्षदर्शी मनोज विश्‍वकर्मा समेतले प्रतिवादी चुक्ता नहुँदैका अवस्थामा निवेदन साथ अदालतमा उपस्थित भई बकपत्र गराई पाउँ भनि दिएको निवेदनमा इजलासबाट प्रतिवादी चुक्ता नभएकाले बकपत्र गराउन नमिल्ने आदेश गरे पश्‍चात अदालतको आदेशानुसार वादी पक्षका साक्षीको रोहमा अदालतमा उपस्थित भई बकपत्र नगरी हिडेको देखिन आउँछ। जाहेरवाला किशोर कुमार मानन्धरले आफ्नो जाहेरी व्यहोरा समर्थन गरी यी प्रतिवादीहरुको समूहले चेतन मानन्धरलाई घेरामा हाली चारैतिरबाट घेरी रिगल ढकालले खुँडा प्रहार गर्दा उक्त प्रहारबाट टाउकोमा लाग्ने चोट दाहिने हातले छेक्दा दाहिने हात चटक्‍कै काटिई चेतन मानन्धरको मृत्यु भएको भनि उक्त वारदात आरोपित प्रतिवादीहरुले नै गरेका हुन भनि किटान साथ बकपत्र गरेको बकपत्रबाट देखिन आउँछ।
  16. जहाँसम्म छविलाल बस्नेतको अदालतमा भएको बयान छ उक्त वारदातमा मैलेनै चेतन मानन्धरलाई खुँडाले हानेको हुँ भन्‍ने उक्त बयान मिसिल संलग्न कागजबाट पुष्‍टि हुन सकेको छैन।यी छविलाल बस्नेत यस पूर्वको ज्यान सम्बन्धी मुद्दाका प्रतिवादी भएका र वारदातको तथ्यलाई परिणत (Convert) गरी प्रतिवादी रिगल ढकाललाई अभियोगबाट जोगाउन त्यस्तो बयान गरेका भन्‍ने देखिन आउँछ।एउटा ज्यान मुद्दामा ठहर हुनु र अर्कोमा पनि ठहर हुँदा सजाँयमा खासै अन्तर नहुने हुँदा रिगल ढकाललाई सजाँयबाट जोगाउन र अन्य कारणले समेत त्यस्तो बयान गरेको भन्‍ने देखिन्छ।
  17. मिसिलबाट रिगल ढकाल समूहको क्रियाकलापको बिरोध गरेकै कारण आफ्नो वर्चस्व राख्‍न बिरोधी सिध्याउन पूर्व योजना तयारी साथ 2072/03/20 देखिनै योजना बद्ध रुपमा तयार रही वारदात घटाएको र वारदातमा खुँडा प्रहार गर्ने रिगल ढकाल भएको मिसिल संलग्‍न कागजबाट पुष्‍टि भएको पाइन्छ।
  18. प्रस्तुत वारदात रिगल ढकालको समूहले गराएको भन्‍ने एकिन भएपछि समग्रमा मिसिल संलग्‍न कागज प्रमाणको विवेचना गर्दा, मौकामा अधिकार प्राप्‍त अधिकारी समक्ष भएको बयान कागज स्वइच्‍छा बिपरित जबरजस्ती गराएको भन्‍ने पुष्‍टि हुन सकेको छैन भने हाम्रो सामाजिक परिपाटी अदालतमा ईन्कारनै हुनु पर्ने भन्‍ने रहेको छ अदालतमा बयान गर्दा आफ्नो सहभागिता यति सम्म भनि बयान गरेको अवस्थामा कानूनतः निजहरुको कसूरको मात्रा अनुसार सजाँय हुने हुन्छ तर ईन्कार भएबाट ईन्कारीकै भरमा ज्यान जस्तो जघन्य कसूरबाट उन्मुक्ति मिल्छ भन्‍न मिल्दैन।
  19. मिसिल संलग्‍न कागजातले रिगल समूहका व्यक्तिहरुको सहयोगमा रिगल ढकालले खुँडा प्रहार गरेको खुली रहेकै देखिन्छ भने वारदात घटाउनु पर्ने कारण पनि पुष्‍टि भएकै छ अनुसन्धानको क्रममा खडा भएका कागजात बनावटी भन्‍ने पनि देखिन आउँदैन भने होटलमा कोठा बुक गरेको, Entry  गरेको, लत्ता कपडा आदि बरामद भएको देखिन्छ।बरामद भएको खुँडा जखमी प्रकृतिको रहेको र खुँडामा लागेको रगत Human Blood भन्‍ने देखिन्छ र जस्तो हतियार त्यस्तै साँघातिक चोट लागि चेतन मानन्धरको मृत्यु भएको देखिन्छ।
  20. यी प्रतिवादीहरुले पुर्व योजना तयारीका साथ प्रस्तुत वारदात घटाएको अपराधले कानूनी शासन (Ruleof Law  Law and Order) को उपहास भएको छ।
  21. एउटै अवस्थाका प्रतिवादी मध्ये कसैलाई ज्यान सम्बन्धिको १३(४), कसैलाई १७(२) र कसैलाई १७(३) को कसूर कायम गरी सजाँय भएको छ जुन मिलेको भन्‍ने देखिन आउँदैन।
  22. फौजदारी मुद्दामा समुहगत अपराध (Gang delinqency) को कसूरमा यो-यो प्रकृतिको कसूर गरेको भनि प्रति व्यक्ति पिच्‍छेको कसूर खुट्‍याउन कठिन हुन्छ, अदालत राज हँश होइन प्रमाणले जता डोर्‍याउँछ उतै जाने हो। यिनीहरुको उद्देश्य, योजना, कार्य चेतन मानन्धरलाई सिध्याउने नै भएकोले हरतवरबाट उक्त कार्य सम्पन्‍न गर्न यी प्रतिवादीहरु तम्तयार रहेको देखिन आउँछ।
  23. मृतक चेतन मानन्धर भर्खरका जवान शारिरिक रुपमा शक्त व्यक्ति भन्‍ने देखिन्छन आफ्नो जीवन रक्षार्थ अवश्य प्रयत्‍न गरे होलान ज्यान मार्नमा अन्य प्रतिवादीहरुको सहयोग नभएको भए ज्यान बचाउँन पनि सक्थे वा प्रतिकार गर्ने सक्थे तर अन्य प्रतिवादीहरुले घेरी लखेटी रिगल ढकालको अगाडी पुर्‍याएपछि रिगल ढकालले निज उपर खुँडा प्रहार गरेको देखिन्छ भने यस्तो अवस्थामा यी प्रतिवादीहरुको सहयोगी भूमिकाकै कारण ज्यान मर्न गएको भन्‍ने देखिन्छ।
  24. मिसिलबाट खुली देखिन आएको वारदातको पिक्यराइजड (Picturised) गर्दा अत्यन्त अमानविय क्रुर तरिकाले पूर्ण मनसाय, तयारीका साथ वारदात घटाएको देखिन्छ भने एउटा हात छिन्दैमा मान्छे मर्दैन भन्‍न मिल्ने होइन त्यही चोटबाट चेतन मानन्धरको मृत्यु भएको छ।
  25. दोश्रो जाहेरीतर्फ विचार गर्दा पहिलो जाहेरीको अवस्थामा जानकारीमा नआएको विवरण, तथ्य दोश्रो जाहेरीबाट खुलाउन कानूनतः बाधा देखिन आउँदैन उक्त जाहेरीले मान्यता पाउने नै देखिन्छ।
  26. कानूनले गुहार माग्दा सुनि नजाने समेतलाई सजाँयको व्यवस्था गरेको छ भने चेतन मानन्धरलाई कर्तव्य गर्न ताल तलैयामा माछा मार्न जाँदा निर्वाह गर्नु पर्ने जस्तो आ-आफ्नो भूमिका निर्वाह गर्ने प्रतिवादीहरुलाई कसूरदार होइनन् भन्‍न निजहरुको बयान अन्य प्रमाणबाट पनि पुष्‍टि हुनु पर्छ त्यस्तो हुन सकेको देखिनैंन। He Who Claims Most Prove भन्‍ने सिद्धान्त रहि आएको छ।
  27. समूहले गरेको समुहगत अपराघ (Gang Deliquency) मा समूहको तर्फबाट सहभागी सबैले कसूरको  जिम्मा लिनु पर्ने हुन्छ  सजाँयको भागीदार हुन्छन त्यस्ता व्यक्ति कसूरदार ठहर्छन अदालत मिसिल संलग्‍न कागज प्रमाणको अध्ययन विवेचना मूल्याङ्कन गरी निर्णयमा पुग्दछ।
  28.  जहाँसम्म वादी पक्षका साक्षी प्रत्यक्षदर्शीहरुको बकपत्र हुन सकेको छैन भन्‍ने छ निजहरु बकपत्रका लागि निवेदन लिएर अदालत गएबाट बकपत्र गर्ने इच्‍छा प्रकट गरेका र अदालतका आदेशानुसार पुनः उपस्थित हुँदा बकपत्र नगरी हिडेको भन्‍ने देखिन्छ।मानिसले आफ्नु सुरक्षाको प्रत्याभूति नभएसम्म आफैं माथि आई लाग्ने समस्याको सामना गर्न चाहदैंन।वादी पक्षले आफ्ना साक्षीलाई सुरक्षाको प्रत्याभूति दिई आश्‍वस्त पार्न नसक्नु उदेक लाग्ने बिषय हुन गएको छ।समुहगत रुपमा भएको कसूरमा फरक-फरक कसूर कायम गरी भएको शुरु फैसला सो हदसम्म मिलेको देखिन आएन।आ-आफ्नो पक्षहरुले प्रस्तुत मुद्दाबाट सफाई पाउनु पर्छ भनि उपस्थित विद्बान अधिवक्ताहरुले गर्नु भएको बहस र पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर हेर्दा अपराध गरेर भाग्दैमा अदालतमा ईन्कार भई बयान गरेकै भरमा निर्दोष भन्‍न मिल्ने होइन ईन्कारी बयानव ठोस प्रमाणबाट पुष्‍टि हुनु पर्छ।त्यस्तो नभएबाट उल्लेखित आधार, प्रमाणबाट पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन।
  29. तसर्थ माथि विवेचित आधार, कारणबाट बाँके जिल्ला अदालतको मिति २०७५/0१/११ को फैसला मिलेको नदेखिंदा केही उल्टी भई वादी नेपाल सरकारको पुनरावेदन जिकिर अनुसार पुनरावेदक प्रतिवादीहरु सोहनसिंह ढकाल, दिपेन्द्र सिंह भन्‍ने दिपेन्द्र मल्ल, प्रितम थापा, माधव परियार भन्‍ने माधव नेपाली, मनिष चौलागाई, विवाद पाठक, याम बहादुर बुढामगर, हरि वली, केशव बहादुर रोकाय समेतको कसुरमा संलग्नता निजहरुले चेतन मानन्धरको हत्यामा निर्वाह गरेको भूमिका समेतका आधारमा निजहरुको उक्त कार्य मुलुकी ऐन,ज्यान सम्बन्धी महलको १ र १३(४) मा व्यवस्थित कानूनी प्रावधान विपरितको देखिन आउँदा निजहरु सोहनसिंह ढकाल, माधव परियार भन्‍ने माधव नेपाली, मनिष चौलागाई, विवाद पाठक, याम बहादुर बुढामगर, हरि वली, केशव बहादुर रोकायलाई उक्त ज्यान सम्वन्धी महलको १३(४) बमोजिम जन्म कैद हुने ठहर्छ।प्रतिवादी दिपक के.सी.को हकमा वादी नेपाल सरकार र पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्तैन।पुनरावेदक प्रतिवादी रिगल ढकाललाई तत्कालिन मुलुकी ऐन,ज्यान सम्बन्धी महलको १३(१) बमोजिम सर्वस्व सहित जन्म कैद भएकोमा प्रचलित मुलुकी अपराध संहिता,२०७४ को दफा १७७(२) ले सर्वस्व तर्फको सजाँय कायम नराखी सर्वस्वबाट उन्मुक्ती दिएकोले सर्वस्व गरी रहनु परेन।श्री सर्वोच्‍च अदालतमा साधक जाहेर गर्नु।अरुमा तपसिल बमोजिम गर्नु।

तपसिल

माथी ठहर खण्डमा लेखिए अनुसार प्रतिवादी रिगल ढकाललाई सर्वस्व सहित जन्म कैदको सजाय भएकोमा प्रचलित मुलकी फौजदारी संहिता,2074 ले सर्वस्वको सजाँय नहुने भई जन्म कैदको सजाँय मात्र हुने भएकाले सोही अनुसार लगत कायम गरी कैदी पूर्जि दिनु भनि फैसलाको प्रतिलिपि साथै राखी बाँके जिल्ला अदालतको तहसिल शाखामा लेखि पठाउनु———————————————————–१

शुरुको फैसला केही उल्टी भई प्रतिवादी सोहनसिंह ढकाल र दिपेन्द्र सिंह भन्‍ने दिपेन्द्र मल्ललाई जन्म कैदको सजाँय हुने ठहर भएकाले सोही अनुसार लगत कायम गरी कैदी पूर्जि दिनु भनि बाँके जिल्ला अदालतको तहसिल शाखामा लेखि पठाउनु——–२ 

शुरुको फैसला केही उल्टी भई प्रतिवादीहरु माधव परियार भन्‍ने माधव नेपाली, प्रितम थापा, केशव बहादुर रोकाय, विवाद पाठक, हरि वली, मनिष चौलागाई र याम बहादुर बुढा मगरलाई जन्म कैदको सजाँय हुने ठहर भएकोले शुरुको फैसला अनुसार थुनामा रहेको दिन कटाई बाँकी कैदको लगत कसी असुल गर्नु भनि बाँके जिल्ला अदालतको तहसिल शाखामा लेखि पठाउनु—————————————————३

फैसलाको प्रतिलिपी साथै राखी जानकारी उच्च सरकारी वकील कार्यालय,नेपालगञ्‍ज- लाई दिनु———————————————————————–४

यस अदालतको फैसलामा चित्त नबुझे ऐनका म्याद भित्र सर्वोच्च अदालतमा पुनरावेदन गर्नु भनि प्रतिवादी दिपक के.सी.बाहेकका सम्पूर्ण प्रतिवादीहरुलाई पुनरावेदनको म्याद दिनु—————————————————————————–५

पुनरावेदन परे पुनरावेदनको रोहमा र नपरे साधक निकासाको लागि मिसिल श्री सर्वोच्‍च अदालतमा पठाई दिनु—————————————————-६

फैसला बिद्युतीय प्रणालीमा अपलोड गरी सो को जानकारी फैसलाको पीठमा जनाई दिनु—————————————————————————–७

फैसलाको नक्‍कल माग्ने सरोकारवालालाई नियमानुसार लाग्ने दस्तुर लिई नक्‍कल दिनु—————————————————————————–८ 

  • दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनु——–9

उक्त रायमा म सहमत छु ।

फैसला तयार पार्न सहयोग गर्नेः-

इजलास अधिकृतः- सन्तबहादुर पौडेल

कम्प्युटर सेटिङ्ग गर्ने:- रमा श्रेष्‍ठ

इति सम्वत् २०७६ साल माघ महिना २८ गते रोज 3 शुभभ्——————————-।