प्रहरीको ६८ प्रहरी दिवसमा नेपालगञ्ज स्थित अस्पतालमा रक्तदान

नेपालगञ्ज २५ असोज / नेपाल प्रहरी अन्तरगत नेपालगञ्जको कारकादो स्थित लुम्बिनी प्रदेश प्रहरी अस्पताले प्रहरी दिवसको अवसरमा अस्पताल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

पछील्लो समय लुम्बिनी प्रहरी अस्पतालको सोही ठाउँमा सुबिधा सम्पन्न भवन निर्माण भईरहेको छ भने अस्पतालले अस्पताल भित्रै रेडक्रसको सहकार्यमा रक्त सञ्चार सेवा फार्मेसी, ल्याव सेवाका साथ विभिन्न बिज्ञ डाक्टरहरू मार्फत चिकित्सा सेवा पर्दान गर्दै आइरहेको छ।

नेपाल प्रहरीको ६८औं स्थापना दिवसको अवसरमा बिहिबार बिहान ३ जना महिला प्रहरी र ३४ जना पूरुष प्रहरीले सो अवसरमा  सो-इच्छाले रक्तदान गर्नुभएको अस्पतालका प्रशासन एवम लेखा प्रमुख बम रावलले जानकारी दिनुभएको छ ।