नेपालगञ्ज उप–महानगरपालीकाको मेयरमा को–को उठदैछन ?

 

मध्य तथा सदुर पश्चिमको केन्द्र नेपालगञ्जमा बिशेष ध्यान सबैको आकर्षित हुनु स्वभाबिक नै हो । नेपालगञ्ज उप–महानगरपालीकाको मेयर र उप–मेयर को बन्ने होला धेरैको चासो र चिन्ताको बिषय पनि बनेको छ । राज्यका तिनै तह कार्यपालीका,ब्यवस्थापिका र न्यायपालीका समेतको अधिकार सम्पन्न स्थानिय निकाय गठन भएपछी स्थानिय निकायमा राजनितीक दलहरु उम्मेदवार छनौटको अन्तीम चरमा पुगेका छन ।

नेपालगञ्जमा नेपाली कांग्रेसबाट मेयर पदको लागी डा. सुरेश कनोडिया र सुरेन्द्र हमालको जिल्लाबाट सिफासिर गर्ने कांगे्स पार्टीमा छलफल भएको छ । मेयरमा कांग्रेसबाट  डा. सुरेश कनोडिया नै मेयर पदका उम्मेदवार हुने प्रया निश्चित छ । 
त्यस्तै मेयर वा उप–मेयरमा महिला अनिबार्य ब्यवस्था भएकोले त्यसमा नारायणी रुपाखेती, ऋचा दवाडी, कमला भटट, भारती जोशी, रत्ना राणा र पत्रकार उमा थापा मगर समेत उम्ेदवार प्राप्तीको दौडमा छन । कांग्रेसले पनि समाबेशीलाई ध्यानमा राख्दै मेयरमा मधेशी र उप–मेयरमा महिला तथा जनजातीलाई समेटनुपर्ने अवाज उठेकोले हाल सम्म सिफासिर भइनसकेको बताएको छ ।

त्यसैगरी नेकपा एमालेबाट मेयर पदमा बिभिन्न ब्यक्तीले चर्चामा ल्याएर रमाउनेहरुको संख्या धेरै छ । एमालेले बिशेष गरी मधेशी र अल्पसख्यक मुस्लीमहरुको बाहुल्यता भएको ठाउंमा सम्वन्धीत क्षेत्र र समुदायकै ब्यक्तिलाई उम्मेदवारमा प्रथामिकता दिने कार्यनिती अनुसार नेपालगञ्ज उप–महानगरपालीकाको मेयर पदमा मुस्लिमहरुको साझा उम्मेदवारका रुपमा समसुद्धिन सिद्धिकीलाइ अगाढी सार्ने स्रोतको दाबी छ । मधेशीको नेतृत्व गर्न बिजय गुप्तालाई पनि अगाढी सार्न सक्ने सम्भावना छ । उप–मेयर पदमा बिभिन्न संघ÷सस्था मार्फत समाजसेवामा लागेकी राझा निवासी शान्ती ढकाललाई उठाउने तयारी गरेको छ ।
पटक–पटक बिभिन्न निर्वाचनमा बिभिन्न पार्टीबाट निर्वाचनमा भाग लिएर जित्न असफल भएका र स्थानिय निकायको ०५४ निर्वाचनमा नेकपा एमालेबाट मेयर पदमा भारी मतले बिजयी डा. धवलशमशेर राणा यस पटक कमल थापा वाला राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरको पदमा  उम्मेदवार बन्ने निश्चित छ । उप–मेयरमा पनि दाबी गर्ने महिला धेरै भएकाले यसै भन्न नसकिने तर आफनो उम्मेदवारी पक्का भएको डा. राणाले टेलीफोन मार्फत हाम्रो संरचनालाई जानकारी दिनु भएको छ ।
त्यसैगरी प्रचण्डवाला नेकपा माओबादीबाट मेयर पदमा पुराना कार्यकर्ता अतहर हुसेननबीन शर्मा, र दामोदर आर्चायको  नाम आएको पार्टीका नेताहरुले जनाएका छन । दामोदर आर्चाय यस अघि पनि सोही पार्टीबाट संबिधान सभा सदस्यको लागी टिकट पाएका थिए । पटक–पटक आर्चायले मात्र अवसर पाउने भए अरु कार्यकर्ता माओबादी केन्द्रमा किन ला्ग्ने माओबादी स्रोतले टेलीफोनमा हाम्रो संरचनालाई बताउनु भयो ।
नेपालगञ्ज उप–महानगरपालीका क्षेत्रका केही भाग मधेशी समुदाय बाहुल्यता छ भने केही मुस्लिम बाहुल्यता छ । नेपालगञ्जमा पहाडिया मुलका बासिन्दा भोट संख्याको अधारमा केही कम छ ।
मधेशबादी दलहरु मध्य तराई–मधेशबादी लोकतान्त्रीक पार्टीको बिशेष पकड रहेको छ । राजनितीक सहमती भएमा मधेशी नेता पशुपतीदयाल मिश्रा पनि मेयर पदमा उठने तयारीमा हुनुहुन्छ ।

प्रचार गर्न ९ दिन मात्रै

स्थानीय तह निर्वाचनमा उम्मेदवारले प्रचारप्रसारका लागि ९ दिन मात्रै पाउने भएका छन् । निर्वाचन आयोगबाट चुनाव चिह्न पाएपछि मौन अवधि सुरु हुनुअघिसम्म बीचका दिनमा मात्र प्रचार गर्न पाइनेछ । उम्मेदवारले वैशाख १९ गते चिह्न पाउनेछन् भने चुनावको ४८ घण्टापूर्व नै मौन अवधि सुरु हुनेछ । मौन अवधिमा दल वा उम्मेदवारले प्रचारका कुनै काम गर्न पाउने छैनन् ।

‘२० देखि २८ गते राति १२ बजेसम्म मात्र उम्मेदवार र दलले प्रचारप्रसार गर्न पाउनेछन्,’ आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘स्थानीय तहका लागि यो अवधि पर्याप्त नै हो ।’ स्थानीय तह निर्वाचन ऐनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि बढीमा १५ दिन प्रचारप्रसारका लागि पाउनेछ । अघिल्लो स्थानीय निकायको निर्वाचनमा बढीमा ७ दिनको व्यवस्था थियो ।

वैशाख ३१ को चुनावका लागि वैशाख १६ देखि निर्वाचन कार्यक्रम सुरु हुनेछ । वैशाख १६ मा उम्मेदवारी मनोनयन, १७ गते उम्मेदवारीमाथि विरोध उजुरी, १८ गते उम्मेदवारको नामावली प्रकाशन र नाम फिर्ता लिने समय तोकिएको छ । १९ गते अन्तिम नामावली प्रकाशन र चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

गाविस महासंघका अध्यक्ष घनश्याम खतिवडाले स्थानीय तहको क्षेत्रफल र संख्या बढेकाले ९ दिनको अवधि प्रचारका लागि कम भएको बताए । ‘एकदमै टाइट अवधि हो, मधेसतिर केही हदसम्म सम्भव होला । तर उम्मेदवारलाई पहाडी जिल्लामा सबैतिर पुग्न कठिन हुन्छ,’ उनले भने, ‘उम्मेदवारले मतदातामाझ पुग्ने विकल्प रोज्नुपर्छ । घरदैलो त सम्भव हुन्न ।’ यस्ता केही कठिनाइका बाबजुद २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचन सफल बनाउन सबै जुट्नुपर्ने उनले बताए ।

‘नयाँ संरचनामा प्रचारका लागि समय भ्याइनभ्याई हुनेछ,’ जिविस महासंघका पूर्वअध्यक्ष कृष्णप्रसाद सापकोटाले सुझाए, ‘नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले घरदैलोभन्दा पनि वडासभामा जोड दिनुपर्छ ।’