बांके प्रहरीद्धारा १ लाख ९९ हजार ८ सय ४३ रुपैया बराबरको समान पक्राउ

२३असोज,नेपालगञ्ज/भारतको रुपैडिहाबाट ब्यवसायीक रुपमा भन्सार छली नेपालगञ्ज तर्फ समान ल्याइरहेको अवस्थामा असोज २२ गते प्रहरीले १ लाख ९९ हजार ८ सय ४३ रुपैया बराबरको समान पक्राउ गरेको छ । 
बाँकेको नेपालगञ्ज उप-महानगरपालिकाको बिभिन्न स्थानबाट बिभिन्न ब्यक्तिहरुले भारतबाट भन्सार छली लुकाई छिपाई ल्याई प्रहरी देखेर बेवारिसे अवस्थामा छाडी भागेको र उक्त समान प्रहरीले पक्राउ गरी मध्य तथा सुदुर पश्‍चिम क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ।

पक्राउ परेको समान १ लाख ९९ हजार ८ सय ४३रुपैया ९ पैसा रहेको प्रहरीले जनाएको छ । पकउ परेका समानहरुमा बिभिन्न लत्ता कपडा तथा सर-सामानहरुरहेको प्रहरलिे जनाएको छ ।