नेपालगञ्ज उद्योग बाणिज्य संघको स्वर्ण जयन्ती तथा साधारण सभा सम्पन्न

११ कात्तिक, नेपालगञ्ज /  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अण्डरबिलीङ,अनुगमन र भन्सारका नाममा व्यवसायीलाई दुःख दिने प्रवित्तीको अन्त हुनुपर्नेमा बताउनु भएको छ ।  
नेपालगञ्ज उद्योग बाणिज्य संघको स्वर्णदिवस तथा वार्षिक साधारणसभाको उदघाटन गर्दै राणाले नेपालगञ्ज क्षेत्रलाई औद्योगिक र पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागि प्रयाप्त पूर्वाधार भएकोले नेपालगञ्जलाई औद्योगिक र पर्यटकिय शहरको रुपमा विकास गर्नसबैको ध्यान जानुपर्ने बिचार ब्यक्त गर्नुभएको छ ।
नेपालगञ्जमा उद्योगहरुको चाप बढ्दै गएकाले सरकारले छुट्याएको औद्योगिक क्षेत्रको पुर्वाधारको काम सकेसम्म चाँडो सक्नुपर्ने र भारतीय रेलवेसँग जोडेर नेपालगञ्ज नाकालाई पश्चिम नेपालको प्रमुख सुख्खा बन्दरगाह रुपमा बिकास गर्न सबैले सहयोग गर्नुपर्ने जोड दिनुभएको छ ।
अध्यक्ष राणाले नेपालगञ्जलाई पर्यटकिय शहरको रुपमा विकास गर्न र नेपालगञ्जलाई मानसरोवर जानको लागि मुख्य द्वारको रुपमा विकास गर्नको लागि विमानस्थलको स्तरोन्नती गर्न सर्बैको पहल हुन आवश्यक रहेको बताउनु भयो ।’
अध्यक्ष राणाले व्यवसायीलाई साथमा लिएर यस क्षेत्रको विकासमा जुट्न स्थानीय जनप्रतिनिधीलाई पनि आग्रह गर्नुभएको छ ।

नेपालगन्ज उप–महानरपालिकाका अध्यक्ष धवलसमशेर राणाले निजी क्षेत्रको सहयोगबिना स्थानीय सरकारले केहि गर्न नसक्ने बोल्नुभएको छ । राणाले उद्योगी व्यवसायीले खुला सिमाका कारण उत्पन्न समस्या, भन्सार राजस्वका समस्या न्युनीकरण्का लागि संघले ठोस कार्यक्रम ल्याउनुपर्ने सुझाब दिनु भएको छ ।

कार्यक्रममा संघका पुर्व अध्यक्षहरु, १० वर्ष निरन्तर सेवा गरेका संघका पदाधिकारी, उत्कृष्ठ निकासीकर्ता व्यवसायी, उत्कृष्ठ कर्मचारी लगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । संघले पूर्वअध्यक्षहरु स्वर्गीय गौरीशंकर मोहपाल, केदारनाथ टण्डन र ओमकार मल खेतानलाई समेत मरणोपरान्त सम्मान गरेकोे छ ।

सम्मान पाउने पूर्वअध्यक्षहरु कनैयालाल टण्डन, अच्युत पसाई, सतिश अग्रवाल, दामोदर आचार्य र सुनिल शर्मालाई सम्मान गरिएको छ । त्यसैगरी निर्वतमान उपाध्यक्ष कपिल देव अधिकारी, कोषाध्यक्ष विष्णु गौतम, प्रदिप गुप्ता, रचना श्रेष्ठलगायतलाई पनि सम्मान गरिएको छ ।

सोही कार्यक्रममा पूर्व एशोसियट सदस्यद्धय प्रदिप छाछेड र सन्तोष कनोडियापनि सम्मानित भएका थिएगरिएको छ । सिजि बायुटेक प्रालिलाई पनि सम्मान गरेको छ । कार्यक्रममा चर्चित हास्य कलाकार जितु नेपाल मुन्द्रेले राजनीति र समाजमा देखिएका विभिन्न विकृतिहरुमाथि व्यङ्ग्यात्मक शैलीमा प्रहार गरी आफनो प्रस्तुती गर्नुभएको थियो ।   

नेपालगन्ज उद्योग बाणिज्य संघले स्थापनाको स्वर्ण बर्ष तथा २५ र २६ औं बार्षिक साधारणसभा भव्य कार्यक्रमका संघका अध्यक्ष नन्दलाल बैश्यको सभापतित्वमा सम्पन्न भएको थियो ।