कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित रेशम चौधरीद्धारा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण

 

  • दिनेश पाण्डे१

१४ फागुन, धनगढी, कैलाली/  मधेश आन्दोलनका क्रममा कैलालीको टीकापुरमा स्थानिय जनता र प्रहरी बीच भएका घटनामा अभियुक्त अभियोग लगाइएका प्रतिनिधि सभा सदस्य सांसद रेशम चौधरीले सोमबार जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गर्नुभएको छ ।

कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरीले सोमबार बिहान ११ बजे जिल्ला अदालत कैलाली, धनगढीमा हाजिर भएर आत्मसर्पण गदै कैलाली जिल्ला अस्पतालमा चौधरी माथी थुनछेक बहस चलिरहेको छ ।

राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बनी भारी मतले निर्वाचित भएका चौधरीले जितेको प्रमाणपत्र  लिन सम्म पाएका छैनन् ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीले ‘वारेन्ट नोटिस’ जारी भएको व्यक्तिले वारेसबाट प्रमाणपत्र लिन पाउनुपर्ने भन्दै दर्ता हुन आएको मुद्दा सुनुवाइ गर्न नसकिने उल्लेख गर्दै दरपीठ गरेको आदेश दिएका थिए।

चौधरीले फरार अवस्थामा वारेसनामार्फत उम्मेदवारी दिएर निर्वाचन जितेपछि रञ्जिता चौधरीलाई वारेस दिँदै प्रमाणपत्र लिन पठाएको र जिल्ला निर्वाचन कार्यालयले आफैँ उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो।

गत २०७२ भदौ ७ मा थरुहट आन्दोलनका क्रममा टीकापुरमा १ जना बालक सहित नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित ७ सुरक्षाकर्मीको हत्या भएको थियो । घटनाको अभियुक्त चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि चौधरी फरार सुचिमा रहेका थिए ।

चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् । घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका अर्का थारु नेता लक्ष्मण चौधरी भने अहिले कारागारमै रहेका छन् ।