नवलपरासीमा ट्याक्टर भीरबाट खस्यो, ८ जना घाइते

२३ कार्तिक, नवलपरासी/ नवलपरासीको दलदले डेढगाउँ सडकखण्डको बुलिङ्गटार गाउँपालिका–६ भारतीपुरमा बुधबार राति ट्याक्टर भिरबाट खस्दा ८ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दलदलेबाट बुलिङ्टार गाउँपालिका–६ शितलपुरका लागि सामान लिएर छुटेको लु ३ त ६८०३ नम्बर ट्याक्टर घुम्तीमा मोड्ने क्रममा सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घुम्ती साँघुरो भएका कारण मोड्ने क्रममा दुर्घटना भएका प्रहरीले बताएको छ ।