पहिलो र दोस्रो चरणको निर्वाचनको मत एक साथ मंसिर २१ पछी गणना गरिने

२४ कात्तिक,नेपालगञ्ज/  निर्वाचन आयोगले मंसिर १० गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको पहिलोचरण निर्वाचनको मतगणना मंसिर २१ गते दोस्रो चरणको मतदान सकिए पछि मात्र गर्ने जनाएको छ। 

निर्वाचन आयोगले पहिलो चरणको मत दान पछी लामो समय सम्म मतपेटिकाको सुरक्षामा चिन्ता तथा आशंका थपिने काम गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले मतपेटिकाको सुरक्षाको प्रबन्ध गर्ने काम सरकारको भएको र अन्य व्यवस्थापन आयोगले गर्ने बताउनु भएको छ ।

राजनितिक दलहरुसंग परामर्श गरिएको पहिलो चरणको मतगणना दोस्रो चरणको निर्वाचनपछि मात्र गर्न दलहरू तयार रहेको प्रमुख आयुक्त यादवले बताउनु भयो ।  सरकार र राजनितिक दलहरू तयार भएकाले पहिलो चरणको मतदान सम्पन्न भएको मत गणना दोस्रो चरणको मतदान सम्पन्न भएपछी मात्र गणना गर्ने निर्णय आयोगले गरेको जनाएको छ ।

पहिलो चरणको निर्वाचन परिणामले दोस्रो चरणको निर्वाचन प्रभावित पार्ने देखेर दलहरूले आफ्नो सुविधा अनुसारको अडान लिने गरेका छन्।
मतपेटिका ११ दिनसम्म ‘होल्ड’ मा राख्नु निकै जोखिम र चुनौतीपूर्ण हुने काम भएको छ ।