नेपाल-भारत सीमा सुरक्षाअधिकारीहरु बीच बैठक : निर्वाचनको क्रममा ७२ घण्टा सिमा नाका बन्द

५ मंसिर नेपालगञ्ज/ पहिलो चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गरी नेपाल र भारतका सिमावर्ति जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आपसी समन्न्वयमा सिमावर्ती क्षेत्रमा निवाचनको क्रममा हुनसक्ने अबाञ्छीत क्रियाकलाप रोक्न र परेको समस्या आपसमा मिलेर समाधान गर्ने उदेश्यले सिमावर्ती क्षेत्रका सुरक्षा अधिकारीहरु बीच बैठक तथा छलफल गर्ने क्रम जारी रहेको छ । मंगलबार नेपालगञ्जमा बांके र भारत बहराइचका सुरक्षा अधिकारीहरु बीच सुरक्षा बैठक सम्पन्न भएको छ ।  

नेपाल-भारत सीमा ७२ घण्टा बन्द

बैतडीमा शुक्रबार बिहानदेखि आइतबार साँझसम्म नेपाल-भारत सीमा ७२ घण्टा बन्द  सीमा नखुल्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैतडीको झुलाघाट, दक्षिणी क्षेत्रका महाकाली किनारका घाट र दार्चुलाको खलंगा, दत्तु र जोलजिवी नाका बन्द हुने छन् ।

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको स्थानीय प्रशासनले जनाएको छ । सीमा बन्दको समयमा बिरामी र आपतकालीन काममा आवतजावतमा सहज बनाउने बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनुभएको छ । ।

मतगणनासम्म मदिरा निषेध

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मंसिर ५ गतेदेखि मतगणना नसकिएसम्म जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो ।

मदिराका कारण चुनावी सुरक्षा प्रभावित हुने भएकाले बिक्री र सेवनमा रोक लगाउने निर्णय गरेको स्थानीय प्रशासनले जनाएको छ । मदिराको कारोबार रोक्न सबै स्थानीय तह र प्रहरी युनिटमा परिपत्र गरेको प्रजिअ जोशीले बताउनुभएको छ  ।