बिभिन्न राजनितिक दलका नेता,कार्यकर्ता देखी उम्मेदवार पनि एमालेमा प्रबेश …

१६ मंसिर, नेपालगञ्ज/  कार्यकर्ता तथा जनता मात्र होक्ष्न अब उम्मेदवारहरुनै एमालेमा प्रबेश गर्न थालेका छन ।
अब नेपालमा एमालेको नेतृत्वमा बाम गठबन्धनले मात्र देश बिकासको खाका सहित अगाढी आएकाले क्षनिक लोभ र लालचमा नलागी यस पटक एमालेको चुनाब चिन्ह सूर्यमा मतदान गर्न आग्रह गदै शनिबार बांकेमा राजनितिक अगुवा कार्यकर्ता एमालेमा प्रबेश गरेका छन । 

नेपाल संघीय समाजवादी पार्टीको बाँके क्षेत्रनं २ प्रदेश सभा ‘क’ की प्रत्यक्ष उम्मेदवार रेखादेवी मिश्र सहित उम्मेदवारी त्याग्दै कार्यकर्ता सहित एमालेमा प्रवेश गर्नुभएको हो ।

आफनो चुनावी प्रचारकै क्रममा जनताको चाहना र आफु संलग्न पार्टीको व्यवहार र जनता बिपरित क्रियाकलापका कारण आफ्नो उम्मेदवारी त्यागेको घोषणागदै एमालेमा प्रबेश गर्नुभएको हो।
नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य दिनेशचन्द्र यादव, जिल्ला पार्टी अध्यक्ष अशोक कोइराला समेतको टोलीले उम्मेदवार रेखादेवी मिश्र र कार्यकर्ता लाई एमालेमा प्रवेश गराउनु भएको हो ।
उम्मेदवार रेखादेवी मिश्रले पार्टी प्रबेश कार्यक्रममा आयोजित कार्यब्रममा नेपाल संघीय समाजवादी पार्टीकै नेताहरु अर्को पार्टीको उम्मेदवारको पछि लागेको देखियो’–मिश्रले भनिन,–‘जब पार्टीको रणनीति र नेताहरुको व्यवहार राम्रो छैन भने त्यस्तो पार्टीमा बस्नुको औचित्य छैन ।’
मिश्रले देशमा बामपन्थीको स्थायी सरकार बन्ने निश्चित नै भएकाले जिल्लाको विकासमा हातेमालो गर्न आफू एमालेमा प्रवेश गरेको स्पष्ट पारिन ।
एमालेका बैकल्पिक केन्द्रीय सदस्य दिनेश चन्द्र यादवले अरु पार्टीका उम्मेदवार नै आफ्नो पार्टीमा प्रवेश गर्नु शुभ लक्षण भएको बताउनुभयो । यादवले पार्टीको विधि, पद्धती अनुरुप मिश्रलाई व्यवस्थापन गर्ने जानकारी दिनुभएको छ ।
जिल्ला अध्यक्ष कोइरालाले वामगठबन्धनले देशको विकास गर्छ भन्नेमा आम जनता सचेत हुँदै गएको बताउनु भयो । कोइरालालले अहिले वामगठबन्धनको लहर नै छ । देशको माहोलले पनि दुई तिहाई जित्ने लक्षण देखाएको छ र अब देशको विकास वामगठबन्धनले गर्छ । भन्नेमा जनताmे बिश्वास गरेर मत दिने बताउनु भया।

मिश्रसँगै एमालेमा प्रवेश गर्नेहरुमा पिछडा वर्ग संघका अध्यक्ष राधेश्याम मौर्य, नरेश सिंह, मोहन सिंह, रमेश सिंह, प्रल्हाद कोरी, गितादेवी कनौजिया, अन्नुदेवी खटिक, रिनादेवी खटिक, कवुतरादेवी, खटिक, केशरानी रैदास, गोविन्द सिंह, राम बौर्य, लोकेन्द्र वोगटी, लिलावती धोवी लगायत रहेका छन् ।

एमालेका बैकल्पिक केन्द्रीय सदस्य यादव र पार्टी अध्यक्ष कोइरालाले सबैलाई टिका लगाएर एमालेमा प्रवेश गराएका थिए । उम्मेदवार मिश्रको टोली एमालेमा प्रवेश गर्दा वामगठबन्धनलाई ठूलो फाइदा भएको नेताहरुले बताएका छन् ।

वाम गठबन्धनका उम्मेद्वार बाँके क्षेत्र नंं २ प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार पशुपतिदयाल मिश्र र बाँके क्षेत्र नं २ ‘ख’ प्रदेशसभाका उम्मेद्वार विजयकुमार गुप्ताले नेपालगञ्जको बाके गाउँ, गोसाइगाउँ, कारकाँदो लगायतका क्षेत्रमा कोणसभा तथा घरदैलो गरेका छन् ।

वामगठबन्धनले मतदाता शिक्षालाई पनि विशेष जोड गरेको छ । दुई पार्टीको चुनाव चिन्ह हुने भएकाले बदरको संभावना बढी रहेको भन्दै वाम गठबन्धनले घरघरमा टोली खटाएर मतदान गर्ने तरिका सिकाइरहेको क्षेत्र नं( २ प्रदेश सभा ‘ख’ का संयोजक रविन्द्र लम्सालले जानकारी उदनुभएको छ । ।