मनाङ र मुस्ताङमा प्रतिनिधि सभा सदस्यमा एमाले बिजयी,वाम गठबन्धन ३१ र नेपाली कांग्रेस ४ सिटमा अगाढी

२२ मंसिर नेपालगञ्ज / मुस्ताङमा वाम गठबन्धन-एमालेका उम्मेदवार प्रेम प्रसाद तुलाचन प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएको छ । उहाँले ३५४४ मत ल्याएर विजयी हुनुभएको हो । 
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रोमी गौचन थकालीले ३१८१ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभातर्फ एक क्षेत्र रहेको मुस्ताङमा कुल ९४२७ मतदाता रहेकोमा ६७७३ मत खसेको थियो ।
त्यस्तै प्रदेशसभा ‘क’ मा एमालेका इन्द्रधारा दाडु विष्ट विजयी हुनुभएको छ । उहाँले ११६७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मिक्युर गुरुङले ६५७ मत ल्याउनुभएको छ ।

मनाङबाट प्रतिनिधिसभा सदस्यमा वाम गठवन्धनका पाल्देन छोपाङ गुरुङ विजयी हुनु भएको छ ।

दिपक मनाङ्गे बिजयी
दिपक मनाङ्गे भनेर चिनिएका राजिव गुरुङ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ मनाङको प्रदेशसभा ‘ख’ मा विजयी हुनुभएको हो । उहाँ १४ सय १० मतका साथ निर्वाचित हुनुभएको हो । स्वतन्त्र उम्मेदवार मनाङेले कांग्रेसका कर्मा गुरुङलाई ३ सय ९० मत अन्तरले हराउनुभएको हो ।
यो क्षेत्रमा एमालेले उम्मेदवारी फिर्ता लिएर अप्रत्यक्ष रुपमा मनाङ्गेलाई सहयोग गरेको थियो ।

हाल गणना भइरहेको बिभिन्न जिल्लाको पछील्ले मत परिणाम अनु एमाले र माओबादी गठबन्धन धेरै अगाढी देखीएको छ । गठबन्धनमा एमाले पैतिनिधि सभा सदस्यमा १ सिटमा जित र १८ सिट अगाढी रहेको छ । माओबादी १३ सिट अगाढी रहेको छ । एमाले र माओबादी गठबन्धनको ३१ सिटमा अगाढी छ भने नेपाली कांग्रेस ४ सिटमा मात्र अगाढी देखिएको छ ।