दोलखाको जिरीमा ५.२ रेक्टर स्केलको भूकम्पको झटका

२२ मंसिर, नेपालगञ्ज/ दोलखाको जिरी केन्द्र विन्दु भएर परकम्प गएको छ । शुक्रबार ८ बजेर ३६ मिनेटमा ५ दशमलव २ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  

परकम्पको धक्का दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ आसपासका जिल्लामा महसुस भएको छ । केन्द्रका अनुसार यो २०७२ सालमा गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प हो ।