नेपालगञ्जमा आयोजना गरिएको आठौ राष्ट्रिय पुस्तक प्रर्दशनि तथा शैक्षिक महोत्सव मंगलबार समापन

५ पुस,नेपालगञ्ज / नेपालगञ्जमा आयोजना गरिएको आठौ राष्ट्रिय पुस्तक प्रर्दशनि तथा शैक्षिक महोत्सव मंगलबार समापन गरिएको छ ।

गत मंसिर २८ गते उप-राष्ट्रपति नन्दबहादुर पुनले उद्दघाटन गर्नुभएकोमहोत्सवको मध्यपश्चिम विश्वबिद्यालयका उपकुलपति उपेन्द्रकुमार कोइरालाले मंगलबार एक समारोह बीच सम्बोधन समापन गर्नु भएको छ ।  

समापन सो अवसरमा प्रमुख अथितीको रुपमा बिचार ब्यक्त गर्दै शिक्षा नीति समय अनुसार परिवर्तन हुनुपर्ने बताउनु भएको छ ।
उपकुलपति काईरालाले पुरानो शिक्षा नीतिले राष्ट्रलाई अघि बढ्नबाट रोक्ने भएकोले तत्काल समयको माग अनुसारको शिक्षा नीति निर्माण गर्न आवश्यक भएको बताउनु भएको छ ।

उपकुलपति काईरालाले समाजलाई सही मार्गमा डो-याउने शिक्षा नीतिहरु सरोकारावाला निकायका तर्फबाट समायानुकुल बनाउंदै लैजानु पर्ने र समाजमा शिक्षाको जागरण फैलिएकाले शिक्षा नीति परिवर्तन गर्न सरोकारावाला निकाय पनि गम्भीर बन्नुपर्ने औल्यानु पर्ने बताउु भयो ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ बांकेले पहिलो पटक आयोजना गरेको सो महोत्सवको समापनमा बोल्ने क्रममा यस क्षेत्रमै पहिलो पटक शैक्षिक महोत्सव आयोजना गरेर आयोजकले शिक्षा क्षेत्रमा जागरण ल्याउने काम गरेको भन्दै बक्ताहरुले प्रशंसागरेका छन ।

सोही समारोहमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय महासचिव नवनीधि पन्तले राज्यले पाठ्यपुसतक उत्पादन तथा बिक्री बितरणमा नीजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो ।
महासचिव नवनीधि पन्तले अस्पष्ट सरकारी नीतिका कारण पाठ्यपुस्तकको उत्पादन, बिक्री बितरण र ढुवानीमा समस्या नै समस्या झेल्नुपरेको र साझा प्रकाशनको मुल्य मै नीजि क्षेत्रलाई समेत पाठ्यपुस्तक उत्पादनमा प्रोत्साहन गर्न आग्रह गर्नुभयो ।

बांकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदले शैक्षिक जागरणका लागि शैक्षिक महोत्सवले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।
नेपालगञ्ज उलेग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले नीजि क्षेत्रमा गरिने मेला, महोत्सवले जागरणका साथै व्यवसाय प्रर्बधद्धनमा प्रभावकार भुमिका खेल्ने बताउनु भयो । सो अवसरमा राजनीतिक दलका तर्फबाट बोल्दै नेकपा एमाले बांकेका अध्यक्ष अशोक कोईरालाले महोत्सवहरुलाई शैक्षिक जागरणको माध्यमका रुपमा प्रयोग गरेकोमा आयोजकलार्य धन्यबाद धन्यबादको पवत्र भउको बताउनु भयो ।

नेपालगञ्ज उप-महानगरपालिकाका मेयर उमा थापामगर, नेपाल पत्रकार महासंघ बांकेका अध्यक्ष ठाकुरसिंह थारु, प्याब्सन बांकेका अध्यक्ष राजेश केशर खनाल, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी बजार प्रतिनिधी संघका अध्यक्ष हरिकृष्ण भट्राईले पढौं र पढाउ संस्कृतिको विकासका लागि सबै लाग्नुपर्नेमा बिचार ब्यक्त गर्नु भएको थियो ।

समापन समारोहको अध्यक्षता महोत्सव आयोजक पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बांकेका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक बुद्धिप्रसाद अधिकारीले गर्नुभएको थियो । जिल्ला सचिव सागर ज्ञवालीले सञ्चालन गरेको समारोहमा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष सालिक सुवेदीले गर्नुभएको थियो ।
पश्चिम क्षेत्रको ऐतिहासिक पक्ष, शिक्षाको अवस्था लगायतका बिषयमा समेटिएको अभियान नामक गरेको महोत्सव स्मारिका समेत सो अवसरमा बिमोचन गरिएको महोत्सव आयोजक महासंघ बांकेका संथापक अध्यक्ष बसन्त लामिछानेले जानकारी दिनुभयो ।

सो अवसरमा मुख्य प्रायोजक, प्रायोजक, सह–प्रायोजक, बिभिन्न प्रतियोगितामा बिजयी भएका बिद्यार्थीहरु, महोत्सव सञ्चालनमा योगदान पु-याएका बिभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो ।
७ दिनसम्म सञ्चालन भएको महोत्सवमा १ सय ५० बढि स्टलहरु रहेका थिए । स्टलहरुमा विभिन्न मसलन्द तथा शैक्षिक सामाग्रीका राष्ट्रिय उत्पादनहरु, बैदेशिक उच्च शिक्षाका लागि क्रियाशील कन्सल्टेन्सीहरु, सूचनामूलक कम्प्युटर सम्बन्धी एजेन्सीहरु राखिएका थिए ।