बाघ संरक्षणका लागी बाँके निकुञ्जमा अन्तरक्रिया

 

१३ साउन, ढकेरी/ अन्तराष्ट्रिय वाघ संरक्षण दिवसको अवसरमा बाँकेको ढकेरी स्थित बाँके राष्ट्रिय निकुञ्जले अन्तक्रिया तथा छलफल कार्यकम सम्पन्न गरेको छ ।

स्थानिय प्राकृतिक स्रोत र साधनहरुमा बाघको संरक्षण बिषयक  छलफलमा बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका सामूदायिक बनका उपभोक्ता समितिका पदाधिकारीहरु, उपभोक्ताहरु, निकुञ्ज सुरक्षार्थ खटिनु भएका सुरक्षाकर्मिहरु, निकुञ्जका कर्मचारीहरु एवम पत्रकारहरुको सहभागिता रहेको थियो ।

छलफलमा बाँकेमा विगत ४ बर्षमा ४ वटा बाघको संख्या वृद्धि भएर २५ वटा पुगेको जनाउदै बाघ र समुदाय वीच बेलाबखतमा द्वन्द् सृर्जना हुने गरेकोमा त्यसलाई निकुन्जले ब्यवस्थापनमा विशेष सजगता अपनाउनु पर्ने सहभागीहरुले आवाज उठाउनु भएको थियो ।

विगत ४ बर्ष यता बाघको संख्या बृद्धि भएर सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२८ बर्दियामा १२५ पर्सामा ४१ शुक्लाफाँटामा ३६ र बाँके निकुञ्जमा २५ गरी नेपालमा सन २०२२ सम्म ३५५ वटा पुगेको जानकार दिइएको छ ।

कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत, तराई भुपरिधि कार्यक्रमका संहायक प्रवन्धक कमल राज राई, बाँके निकुञ्ज मध्यवर्ती सामुदायिक वनका तर्फबाट हर्क बिष्ट, चोरी शिकारी नियन्त्रण समितिका तर्फबाट तारा केसी एवम पत्रकारको तर्फबाट गोपी बुढाले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

बाघ संरक्षण अन्तरक्रिया कार्यक्रम बाँके निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका संस्थापक अध्यक्ष साबित्रा पुन मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।