देशभरका विभिन्न ४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन (सूचीसहित)

 

११ माघ, काठमाडौं/  स्थानीय तहको विभिन्न ४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन ०७४ बमोजिम सम्बन्धित स्थानीय तहको निर्णय र सिफारिसका आधारमा मन्त्रिपरिषदले स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको हो ।

२३ वटा स्थानीय तहको नाम परिवर्तन भएको छ भने ३७ स्थानीय तहको केन्द्र परिवर्तन भएको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सभाले नाम परिवर्तन गर्न सक्छ । तर, नाम र केन्द्र फेर्ने निर्णयको अनुमोदन स्थानीय विकास मन्त्रालयले गर्छ ।