चैत्र २७ देखी २९ सम्म नेपालगञ्जमा थप २ हजार युवाहरुको चहलपहल बढने

युवा संघको ९औं महाधिबेशन 

नेपालगञ्ज २४ चैत्र / दुई दिन पछी अर्थात यहि चैत्र २७ गते देखी २९ गते सम्म राष्ट्रिय युवा संघको ९औं राष्ट्रिय महाधिबेशन नेपालगञ्जमा सम्पन्न गर्न नेपालका ७७ वटै जिल्लाबाट करिब २ हजार युवाहरु नेपालगञ्जमा जम्मा हुदैछन ।

नेकपा एमालेको भात्रृसंगठनको रुपमा रहेको राष्ट्रिय युवा संघ नेपालले आफनो ९औं राष्ट्रिय महाधिबेशन नेपालगञ्जमा गर्ने तयारी अन्तीम चरणमा पुगेको पत्रकार सम्मेलन गरि सार्वजनिक गरिसकेको छ ।

महाधिबेशनमा भाग लिन बाहिरी जिल्लाबाट नेपालगञ्ज आउने क्रम सुरुभईसकेको र महाधिबेशनको ब्यवस्थापकिय तयारी अन्तीम चरणमा पुगेको नेकपा एमाले बांकेका पार्टी इन्चार्ज एवम युवा संघका पूर्व नेता सूर्य ढकालले जानकारी दिनुभएको छ ।

नेपालगञ्जमा महाधिबेशनको लागी आउने युवा प्रतिनिधि तथा पर्यबेक्षकहरुको लागी बांकेका बिभिन्न होटेल तथा घरहरुमा बसोबासको ब्यवस्था मिलाइएको र कार्यक्रम नेपालगञ्जको स्नेह होटेल परिसरमा ब्यवस्था मिलाईएको नेता सूर्य ढकालले जानकारी दिनुभएको छ ।

युवा संघको महाधिबेशनमा आउने प्रतिनिधि तथा पर्यवेक्षकहरुको चहलपलले नेपालगञ्जको आर्थिक र पर्यटन प्रर्वधनमा पनि टेवा पुग्ने भएकाले यसलाई सफल बनाउन सबैको साथ र सहयोगको उत्तिकै खांचो रहेको ढकालले बताउनु भएको छ ।

युवा संघको महाधिबेशन उदघाटन नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले गर्ने र महाधिबेशन अघि युवा संघले आ–आफना जिल्ला तथा क्षेत्रहरुमा बिभिन्न रचनात्मक क्रियाकलाप गर्दै आइरहेको र महाधिबेशनबाट नयां नेतृत्वको समेत चयन गरिने भएकाले इच्छुकहरुले त्यसको आन्तरिक तयारी पनि गरिरहेको नेपालगञ्ज आईसकेका महाधिबेशन प्रतिनिधहरुले बताउने गर्नुभएको छ ।